NE/Prabhupada 0349 - मैले केवल आफ्नो गुरु महाराजको वाणीमा विश्वास गरें

Revision as of 11:46, 27 June 2017 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0349 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Ar...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Arrival Address -- New York, July 9, 1976


त्यसैले बुद्धिमान मानिसलाई थाहा हुनुपर्छ कि धेरै परिस्थितिको बारेमा, धेरै जीवनको बारेमा | तिनीहरुलाई थाहा छैन | अर्को दिन डाक्टर स्वरूप दामोदार बोल्दै हुनुहुन्थ्यो, तिनीहरुले जति वैज्ञानिक अथवा शैक्षिक विकाश गरेपनि, यी दुई चिज आवश्यक छ | तिनीहरुलाई यी लोकको बारेमा थाह छैन | तिनीहरुलाई थाहा छैन | तिनीहरु मात्रै अनुमान गरिरहेका छन् | तिनीहरु चन्द्र ग्रह, मंगल ग्रह जना प्रयाश गरिरहेका छन् | त्यो पनि सम्भव छैन | यदि तिमि एउटा अथवा दुईटा जान्छौ, त्यहाँ लाखौँ छन् ? तिमीलाई तिनीहरुको बारेमा के थाहा छ ? त्यो ज्ञान हो | र अर्को ज्ञान तिनीहरुलाई थाहा छैन : यो जीवनको समस्या के हो भनेर | दुई चिज तिनीहरुमा कमि छ | र हामी यी दुई चिजको चिन्ता लिँदै छौँ | यो जीवनको समस्या भनेको हामीमा कमि छ, हामी कृष्ण भन्दा धेरै टाढा छौँ, त्यसैले हामीले दुख भोगीरहेका छौँ | यदि तिमीले कृष्ण भावना अपनायौ भने, सबै समस्या समाधान हुनेछ | र जहाँसम्म ग्रहहरुको कुरा छन्, त्यसैले कृष्णले तिमीलाई मौका दिनुभएको छ कि, तिमीलाई जहाँ जान मन छ, त्यहिँ जाउ | तर बुद्धिमान व्यक्ति सधैँ, मद्-याजिनो ऽपि यान्ति माम् (भा गी ९|२५)| "जो कृष्ण चेतनामा छन्, तिनीहरु मसँग आउँछन् |" त्यसैले यी दुइबीच के फरक छ ? यदि म चन्द्रलोक, मंगल ग्रह अथवा ब्रह्मलोक, गएँ भने, कृष्ण भन्नुहुन्छ, आ-ब्रह्म​-भुवनाल् लोकाः पुनर् आवर्तिनो ऽर्जुन (भा गी ८|१६)| र कृष्ण पनि भन्नुहुन्छ, यद् गत्वा न निवर्तन्ते तद् धाम परमं मम (भा गी १५|६)| मद्-याजिनो ऽपि यान्ति माम् | त्यसैले तिमीले यो कृष्णचेतनाको मौका पाएका छौ, सबै कुरा भागवत गीतामा भनिएको छ, यो मौका नगुमाउ | धेरै मुर्ख नबन, तथाकथित वैज्ञानिक अथवा दार्शनिक अथवा राजनीतिकको पछि नलाग | यो कृष्णचेतना अभियान अपनाउ | र त्यो मात्र सम्भव छ गुरु-कृष्ण​-कृपाय (चै च अध्य १९|१५१)| गुरु र कृष्णको कृपाले तिमीले सबै ज्ञान पाउन सक्छौ | यो गोप्य हो | यस्य देवे परा भक्तिर् यथा देवे तथा गुर्औ तस्य्ऐते कथिता ह्य् अर्थाः प्रकाशन्ते महात्मनः (शू ६|२३) त्यसैले यो गुरु पुजा जुन हामीले गर्दै छौँ, यो मनोमानी होइन ; यो वास्तविक शिक्षा हो | तिमी सधैँ गाउँछौ ? गुरु-मुख​-पद्म​-वाक्य​... आर ना करिया ऐक्य​ | यो अनुवाद हो | म तिमीलाई स्पस्ट भन्छु , यो कृष्ण चेतनामा जति थोरै सफलता छ, म मात्र बुझ्छु कि यो मेरो गुरु महाराजले भन्नुभएको थियो | तिमि पनि त्यो जारि राख | अनि हरेक सफलता आउँछ |

धेरै धन्यवाद |