NE/Prabhupada 0363 - कोहि तिम्रो मित्र हुनेछ, र कोहि तिम्रो शत्रु हुनेछ

Revision as of 08:42, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0363 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on SB 7.9.17 -- Mayapur, February 24, 1976


यस्मात प्रिय अप्रिय​-वियोग​-संयोग​-जन्म​- शोकाग्निना सकल​-योनिषु दह्यमान:​ दु:ख्औषधं तद अपि दुःखम अतद्-धियाहं भूमन भ्रमामि वद मे तव दास्य​-योगम ( श्री भ ७|९|१७) प्रह्लाद महाराज, पूर्व श्लोकमा भनिएको छ, उहाँले भन्नुभएको छ, " मलाई धेरै डर लागिरहेको छ यो भौतिक अस्तित्वको शर्तमा, दुःखालयम अशाश्वतम ( भ गी ८|१५) | अब उहाँले विभिन्न स्थितिका कष्टहरुको पीडाको बारेमा ब्याख्या गर्नुभएको छ, यस्मत, यो भौतिक अस्तित्वको कारण | जब हामी यो भौतिक दुनियामा आयौ त्यहाँ हाम्रो धेरै मानिसहरु सँग सम्बन्द बन्यो | भूताप्त​-पितृणाम्, नृणाम् | जब हामि आमाको कोखबाट बाहिर आयौ, त्यहाँ धेरै साथी र नातेदारहरु हुन्छन्, भूत​-आप्त​, पितृ, भूताप्त​, ऋषि, पितृणाम नृृणाम् | हामी जोडिएका छौ | तर कोहि धेरै नजिकको प्रिय हुन्छन् र कोहि धेरै अनुकूल हुदैनन् - शत्रु | त्यसैले यस्मात प्रियाप्रिय​-वियोग​-सम्योग​-जन्म । वियोग​-सम्योग​-जन्म ​। जसरि नै एउटा बालकको जन्म हुन्छ, ऊ आफ्नो पहिलो जीवन बाट छुटिएको हुन्छ, र ऊ अर्को नयाँ जीवन, नयाँ शरीरसँग जोडिएको हुन्छ, वियोग​-सम्योग​ | सायद पहिलो शरीर धेरै आकर्षक थियो तर यो शरीर त्यस्तो आकर्षक हुन्छ, अपमानित | त्यो सम्भव छ | देहान्तर​-प्राप्ति:( भ गी २|१३) | यो हैन कि तिमीले सधै यस्तै आकर्षक शरीर पाउछौ | तर यो भ्रामक शक्तिशाली छ, सबैजनाले सुँगुरको शरीर पाउनसक्छ | उसले सोच्छ, " यो धेरै राम्रो हो |" यसलाई प्रक्षेपात्मिक​-शक्ति भनिन्छ | मायाले विशेष तरिकाले दुईटा शक्तिहरु छन् : आवरणात्मिक र प्रक्षेपात्मिक | साधारण तया मायाले हामीलाई भ्रममा राख्छिन्, र जब एक थोरै प्रबुद्ध हुन्छ, मायाको हातबाट निस्किन खोज्छ, त्यहाँ मायाको अर्को शक्ति हुन्छ, प्रक्षेपात्मिक​ को हो | यदि कसैले सोच्छ, " अब म कृष्ण भावना भावित हुन्छु | यो साधारण भौतिक चेतनाले मलाई धेरै गारो बनाएको छ | मलाई कृष्ण भावना भवित हुन्छु |" त मायाले भन्छिन् ," यसले के गर्छौ, राम्रो भौतिक चेतनामा बस |" यसलाई प्रक्षेपात्मिक​-शक्ति भनिन्छ | त्यसैले कहिलेकाही कोहि मानिसहरु हाम्रो समाजमा आउँछन्, अलि दिन बस्छन्, र जान्छन् | यो प्रक्षेपात्मिक​ हो, फ्याकिएको |जब सम्म ऊ इमान्दार हुदैन, ऊ हामीसँग बस्न सक्दैन, ऊ निस्किने छ | त्यसैले प्रह्लाद महाराज भन्नुहुन्छ यी दुई स्थानहरु - कोहि राम्रो छन्, कोहि राम्रो छैनन् - यो नित्य चलिरहेको छ | त्यो हैन कि " यदि मैले यो शरीर परिवर्तन गरे भने, यो प्रक्रिया पनि रोकिने छ |" हैन त जबसम्म यो भौतिक दुनियामा तिम्रो शरीर छ, यी दुई प्रक्रिया चलिरहन्छन् | कोहि तिम्रो साथी हुन्छ, र कोहि शत्रु | योग​-सम्योग​-जन्म | र जब सम्म शत्रु हुन्छन्, त्यहाँ विलाप र चिन्ता हुन्छ | सोकाग्निना | त्यस्तो विलाप एउटा विलापको आगो जस्तै हुन्छ | सोकाग्निना | सोकाग्निना सकल​-योनिषु | यदि तिमीले केवल मानव समाजमा मात्रै कसैको शत्रु, कसैको मित्र हुन्छ भनेर सोच्छौ भने - हैन | हरेक समाजमा, हरेक योनी मा....... तिमीले त्यो भंगेरामा पनि देख्छौ, चराको समाजमा, उनीहरु पनि झगडा गर्दै छन् | तिमीले त्यो देखेको छौ | उनीहरु पनि धेरै घनिष्टताका साथ बस्छन्, फेरी झगडा गर्छन | चाहे तिमि चार हेर कि कुकुर | उनीहरु झगडाको लागि धेरै प्रख्यात छन् | यो सबै चल्दै छन् : कोहि धेरै प्रिय, कोहि विरोधी र उनीहरुमा झगडा हुन्छ | सकल​-योनिषु दह्यमान​: तिमीले एउटा समाजलाई छोडेर अर्कोमा जान सक्दैनौ | त्यो सम्भव छैन | असहमतिको आगो, दुश्मनी र मित्रता, यो चलिरहन्छ, यहाँ मात्रै हैन, स्वर्गीय लोकमा पनि | स्वर्गीय लोकमा देव र असुरबीच झगडा हुन्छ | असुरहरु देवहरुको ईर्ष्या गर्छन् , र देवहरु असुरको ईर्ष्या गर्छन् | जहाँ पनि | राजा इन्द्रपनि, उहाँ धनि भएतापनि उहाँको धेरै शत्रुहरु थिए | हामी स्वर्गीय लोखारुमा गएर ऐश्वर्य भोग गर्न चाहान्छौ, तर त्यहाँ पनि त्यहि कुरा छ |