NE/Prabhupada 0364 - घर फर्कन, भगवद्-धाम फर्कनका लागि योग्य बन्न त्यति सजिलो छैन

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


Lecture on SB 5.5.23 -- Vrndavana, November 10, 1976


जबसम्म हामीले तमोगुण र रजोगुणमाथि जित प्राप्त गर्न सक्दैनौं, हामी खुसी हुन सक्दैनौं | यो सम्भव छैन | ततो राजस्-तमो-भावा: | राजस तमो-भावा: भनेको काम र लोभ | र जबसम्म मसँग कामवासना हुन्छ, र जबसम्म मसँग धेरै-धेरै सङ्कलन गर्ने लोभ हुन्छ, इन्द्रियहरु धेरै-धेरै भोग गर्ने....त्यो लोभ हो | हामी न्युनतम स्तरमा पनि सन्तुष्ट हुनुपर्छ | आहार​-निद्रा-भय​-मैथुनमं च सामान्यम एतत पशुभिर नराणाम | आहार​ भनेको खानु हो | आहार​, निद्रा, सुत्नु र डराउनु, र इन्द्रियतृप्ति | यी आवश्यक छन्, तर यिनीहरुलाई बढाउने होइन घटाउनुपर्छ | जस्तै, एउटा मानिस रोगि हुँदा उसले चाहेको अनुसार खानु हुँदैन | ऊ रोगी भएकाले, चिकित्सकले सल्लाह दिन्छन् कि " तिमी थोरै जौको पानी वा ग्लूकोज खाऊ , यदि तिमी निको हुन चाहन्छौ भने ठोस खानेकुरा नखाऊ |" त्यसैगरी, यो शरीर भएसम्म मात्र यी कुराहरु आवश्यक हुन्छन् | अहार​-निद्रा-भय​-मैथुन् | तर यसलाई घटाउन जरुरि छ, बढाउनु हुँदैन | तब त्यो मनुष्य सभ्यता हुन्छ | जस्तै वृन्दावनका गोस्वामीहरु | उहाँहरु यहाँ अहार​-निद्रा-भय​-मैथुन् बढाउन आउनुभएको थिएन | होइन | | उहाँहरु यहाँ घटाउन आउनुभएको थियो | निद्राहार​-विहारकादि-विज्तौ | यो जरुरि छ | यो नै वृन्दावन​-वासीको गुण हो, केवल आहार​-निद्रा-भय​-मैथुन् बढाउनका लागि वृन्दवानमा बस्ने होइन | त्यो वृन्दावन वास हैन | वृन्दावनमा त बाँदरहरु पनि बसिरहेका छन्, कुकुरहरु पनि छन्, सुँगुरहरु पनि छन् | तर उनीहरुलाई आहार​-निद्रा-भय​-मैथुन् कसरि घटाउने भन्ने बारेमा केहि थाहा छैन | तिमीले बाँदरहरु देखेका छौ | तिनीहरु पनि वृन्दावनमा छन् | तर तिमीले तीन दर्जन बाँदरनीहरु एउटा भाले बाँदरको पछि लागिरहेको देख्न सक्छौ | त्यो वृन्दावन-वास होइन | आहार​-निद्रा | यसको अर्थ यो हो कि ब्राम्हण संस्कृति वा शमो-दमो निकै आवश्यक हुन्छ | यो अावश्यक हुन्छ | यो ब्राह्मण संस्कृति हो | दुर्भाग्यवश वर्तमान सभ्यता उनीहरु घटाउनका लागि प्रयास गर्दैनन् | उनीहरुले केवल वृद्धि गरिरहेका छन् | पश्चिमी सभ्यता भनेको इन्द्रियतृप्ति बढाउनका लागि हो, " यन्त्र, यन्त्र, यन्त्र |" तर ब्राह्मण संस्कृति भनेको शमो दमो तितिक्ष​ हो | तितिक्ष​ भनेको केहि कुराको कमीले मैले दुःख पाउँछु | दुःख पाउनका लागि अभ्यास गर्नुपर्छ | त्यसलाई तपस्या भनिन्छ | तपसा ब्रह्मचर्येण (श्री भा ६|१|१३) | तपस्या ब्रहाचर्यबाट सुरु हुन्छ | हामी यौन जीवन वा इन्द्रियतृप्तिमा अनुभवी छौं | तपस्या भनेको सबभन्दा पहिले यसलाई रोक्नुपर्छ | तपसा ब्रह्मचर्येण (श्री भा ६|१|१३) | यस्तो अभ्यास गर्नुपर्छ | त्यसैले घर फर्कन, भगवद्-धाम फर्कनका लागि योग्य बन्न त्यति सजिलो छैन | यो त्यति सजिलोसँग हुँदैन......हामीले आफ्नो भौतिक जीवन लगभग शुन्य बनाउनुपर्छ | लगभग शुन्य होइनन - पूर्णतः शुन्य | अन्याभिलाषिता-शून्यम् ( भ र सि १|१|११) | यस्तो अभ्यास आवश्यक हुन्छ | तसर्थ हाम्रा कृष्ण भावनामृत अभियान यस शमो दमो तितिक्षको अभ्यास गर्नका लागि खोलिएको छ | हामी हेर्न चाहन्छौं कि मानिस कतिसम्म शमो दमो तितिक्षको​ आभ्यास गर्न योग्य छ | कोहि नयाँ युवा आउँछ, र जब उसलाई केहि कार्य दिइन्छ, त्यो इन्द्रियतृप्तिका लागि त्यति राम्रो नभएकाले ऊ छाडेर जान्छ | यसको अर्थ यो हो कि उनीहरु तयार छन् | उनीहरु छाडेर जानु नै राम्रो हुन्छ | बंगालमा भनिन्छ, दुष्ट गोरुते शुन्य गोअलोअ: "यदि गाईले दुःख दिन्छ भने गोठलाई खाली राख्नु नै राम्रो हुनेछ | गाई नपाले पनि हुन्छ |" यस कृष्णभावनामृत अभियानले स्तरोन्नति गरिरहेको छ, पशु स्तरका मानिसहरुलाई ब्राह्मणको स्तरसम्म लैजानका लागि | त्यसैले ब्राह्मण दिक्षाको समयमा जनई धारण गराइन्छ, " उसले अब शमो दमो तितिक्ष आर्जव​को अभ्यास गर्दैछ, र उसले कृष्णलाई बुझेको छ, कृष्णसँग आफ्नो सम्बन्ध बुझेर कृष्णको सन्तुष्टिको लागि कसरि कार्य गर्ने भनेर बुझेको छ |" यी ब्राह्मणका योग्यताहरु हुन्छ | यदि कोहि यस स्तरमा उक्लिएको छ भने उक्त स्तरलाई सत्त्व गुण भनिन्छ |