NE/Prabhupada 0375 - भजहू रे मन तात्पर्य-भाग २

Revision as of 08:38, 16 December 2018 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0375 - in all Languages Category:NE-Quotes - 1967 Category:NE-Quotes - Pu...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Purport to Bhajahu Re Mana -- San Francisco, March 16, 1967


त जीवन धेरै ढुलमुल छ र डरलाग्दो विष हो | त्यसैले एकले तो मानव जीवनको फाइदा लिनुपर्छ र तुरुन्तै कृष्ण चेतनामा संलग्न हुनुपर्छ | यो सबैजनाको मनसँग बिन्ति हुनुपर्छ, " मेरो प्यारो मन, मलाई यो डरलाग्दो विषमा लिएर नजाऊ | कृपया मलाई कृष्ण चेतनामै राख्नुहोस |" त्यसैले कृष्ण चेतना, यो कसरि पाउँन सकिन्छ, त्यो पनि गोविन्द दासले ब्याख्या गर्नुभएको छ | उहाँ भन्नुहुन्छ, श्रवण​, कीर्तन​, स्मरण​, वन्दन​, पाद​-सेवन​, दास्य रे, पूजन​, सखी-जन​, आत्म​-निवेदन गोविन्द​-दास​-अभिलाष रे | अभिलाष भनेको आकांक्षा, आशा वा महत्वाकांक्षा हो | उहाँको आकांक्षा नौ प्रकारले भक्त बन्ने हो | पहिलो कुरा श्रवण हो | श्रवण भनेको सुन्नु | एकले अधिकारीहरु बाट सुन्नुपर्छ | त्यो अध्यात्मिक जीवन वा कृष्ण चेतनाको सुरुवात हो | जस्तै अर्जुन | उहाँले आफ्नो अध्यात्मिक चेतना,वा कृष्ण चेतना कृष्णबाट सुनेर पाए | त्यसरी नै, एकले कृष्णबाट वा उहाँको प्रतिनिधिबाट सुन्नुपर्छ | जसले कृष्णको वाणी जस्ताको त्यस्तै प्रस्तुत गर्छ - ऊ बाट सुन्नुपर्छ | किनकि अहिलेको समयमा हामीसँग सिधै सुन्ने मौका छैन | कृष्णबाट सिधै सुन्न | त्यहाँ व्यवस्था हुन्छ | कृष्ण सबैको ह्रदयमा हुनुहुन्छ र सबैले उहाँबाट सजिलै सुन्न सक्छन् , जहाँ पनि र जहिले पनि, तर ऊ सँग कसरि सुन्ने भन्ने तालिम हुनुपर्छ | त्यसको लागि उसलाई कृष्णको प्रतिनिधिको मद्धत चाहिन्छ | त्यसैले चैतन्य महाप्रभु भन्नुहुन्छ एकले कृष्णको भक्तिमय सेवा पाउन सक्छ, जब कृष्ण र गुरुको मिस्रित कृपा आउँछ | गुरु-कृष्ण​-कृपाय पाय भक्ति लता-बीज ( चै च मध्य १९|१५१)| अध्यात्मिक गुरुको कृपा, र कृष्णको कृपाबाट, एकले कृष्णलाई भक्तिमय सेवा गर्ने मौका पाउँछ | त्यसैले चैतन्य चरिताम्रितमा भनिएको छ,कि, अध्यात्मिक गुरु कृष्णको अभिव्यक्ति हुनुहुन्छ | कृष्ण भक्तहरुको माझमा अध्यात्मिक गुरु बनेर आउनुहुन्छ जसरि सुर्य तिम्रो कोठामा प्रकाशको रुपमा आउँछ | यद्यपि सुर्य तिम्रो कोठा वा तिम्रो शहर वा तिम्रो देश भित्र पस्दैन - ऊ धेरै करोडौ मिल टाढा छ- त्यहि पनि, ऊ जहाँ पनि छिर्न सक्छ उसको शक्तिबाट, प्रकाश | त्यसरी नै कृष्ण उहाँको विभिन्न शक्तिबाट जहाँपनि छिर्न सक्नुहुन्छ | र कृष्णबाट प्रकाश लिन, एकले सुन्नु पर्छ | श्रवन धेरै महत्वपूर्ण छ | त्यसैले गोविन्द दास भन्नुहुन्छ, श्रवण​ | श्रवण​ भनेको सुन्नु | र जसले राम्ररी सुनेको छ, उसको अर्को चरण भनेको किर्तानम हुन्छ | जस्तै हाम्रा युवाहरु जसले अलि राम्ररी सुनेका छन्, अहिले उनीहरु जप गर्न धेरै आतुर छन्, सडक सडकमा गएर | यो प्राकृतिक प्रक्रिया हो | यो हैन कि तिमि सुन, तर त्यसलाई बन्द गर | हैन | अर्को चरण भनेको किर्तनम् हुन्छ | चाहे जप गरेर हुन्छ, वा लेखेर हुन्छ, वा बोलेर हुन्छ, वा प्रचार गरेर हुन्छ, किर्तन त्यहाँ हुन्छ | त श्रवणं कीर्तनम्, पहिले सुन्नुपर्छ अनि जप | र सुन्ने र जप कसको गर्ने ? विष्णुको, अरु बेकारहरुको हैन | श्रवणम् किर्तानम् विष्णो:( श्री भ ७|५|२३) | यी कुराहरु शास्त्रमा भनिएको छ | साधारण मानिसहरु, उनीहरु पनि सुन्न र जप गर्न संलग्न छन् | उनीहरुले पत्रिकामा कोहि राजनीतिज्ञको सुनेका छन्, र पुरै दिन उनीहरु विचार-विनिमय गर्छन् र जप, " ओ, यो मानिस नियुत हुने छ | यो मानिस नियुत हुने छ |" त सुन्ने र बोल्ने जहाँ पनि छ | तर यदि तिमीलाई अध्यात्मिक मुक्ति चाहिन्छ भने तिमीले विष्णुको बारेमा सुन्ने र जप गर्नुपर्छ, अरु कसैको नि हैन | श्रवणम् किर्तानम् विष्णो: त्यसैले कविहरुले गाउँनु भएको छ, श्रवणम् , किर्तनम्, स्मरणम्, वन्दनम् , पाद​-सेवन​, दास्य रे. त यी विभिन्न प्रक्रियाहरु हुन् : श्रवण गर्नु, जप गर्नु, सम्झिनु , मन्दिरमा पुजा गर्नु, आफुलाई सेवामा संलग्न गराउनु | त उहाँले इच्छा गर्नुभएको छ सबै नौ प्रकारका भक्तिमय सेवा | अन्तमा, पूजन सखी-जन​ | सखी-जन​ भनेको जो गुप्त भक्त हुन्छन्, उनीहरुलाई संतुस्ट बनाउन | र आत्म​-निवेदन​ | आत्म​ भनेको आफु , र निवेदन भनेको ​समर्पण | गोविन्द​-दास​-अभिलाष​ | कविको नाम गोविन्द​-दास हो, र उहाँले भन्नु भएको छ उहाँको इच्छा यी हुन् | उहाँ यो मानव जीवन यसरि प्रगोय गर्न चहानुहुन्छ | यो नै यो भजनको सार हो |