NE/Prabhupada 0542 - गुरुको योग्यता के हो ? कसरी सबैजना गुरु बन्न सक्छन् ?

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


Janmastami Lord Sri Krsna's Appearance Day Lecture -- London, August 21, 1973


त्यसैले कृष्णले भन्नुहुन्छ कि आचार्यं मां विजानीयान्: (श्री भा ११।१७।२७) "तिमी म जसरी आचार्य स्वीकार |" किन ? म देख्छु कि उनी एक मानिस हुन् | उनको पुत्रले उनलाई पिता भन्छन, वा उनी एक मानिस जस्तै देखिन्छन्, त्यसैले किन उनी भगवान जस्तै हुनु ? किनकि उनी भगवान बोल्नुभएको जसरी बोल्छन्, त्यति हो | तसर्थ | उनले केहि परिवर्तन गर्दैनन् | जस्तै भगवान भन्नुहुन्छ, कृष्ण भन्नुहुन्छ सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज (भ गी १८।६६) | गुरु भन्नुहुन्छ कि तपाई कृष्ण वा भगवानमा शरणागत हुनुहोस् | उही शब्द | भगवान भन्नुहुन्छ मन्-मना भव मद्-भक्तो मद्-याजी मां नमस्कुरु (भ गी १८।६५) | गुरु भन्नुहुन्छ कि तपाई सधैं कृष्णको बारेमा सोच्नुहोस्, तपाई उहाँमा शरणागत हुनुहोस्, तपाई उहाँलाई प्रार्थना गर्नुहोस्, तपाई उहाँको भक्त बन्नुहोस् | कुनै परिवर्तन छैन | किनकि उहाँले भगवानले भन्नुभए जसरी भन्नुहुन्छ, तसर्थ उहाँ गुरु हुनुहुन्छ | तपाईले उहाँ भौतिक रुपमा जन्मेको देखे पनि, उहाँको स्वभाव अरु मानिसको जस्तै भए पनि | तर किनकि उहाँले वेदमा भनिएको जसरी उही सत्य भन्नुहुन्छ, वा भगवानद्वारा, तसर्थ उहाँ गुरु हुनुहुन्छ | किनकि उहाँ आफ्नो इच्छाले कुनै परिवर्तन गर्नुहुनन, तसर्थ उहाँ गुरु हुनुहुन्छ | त्यो व्याख्या हो | यो धेरै सरल छ | चैतन्य महाप्रभुले सबैलाई गुरु बन्न भन्नुभएको छ | सबजना | किनकि गुरुको खाँचो छ | संसार धुर्तले भरिएको छ, तसर्थ तिनीहरुलाई सिकाउन धेरै गुरुको खाँचो छ | तर गुरुको योग्यता के हो ? कसरी सब गुरु बन्न सक्छन् ? यो प्रश्न हुन सक्छ, अर्को प्रश्न | किनकि चैतन्य महाप्रभु भन्नुहुन्छ, आमार आज्ञाय गुरु हञा तार एइ देश (चै च मध्य ७|१२८) | एइ देश भनेको जहाँ तपाई बस्दै हुनुहुन्छ, तपाई गुरु बन्नुहोस् र तिनीहरुको उद्वार गर्नुहोस् | मानौं तपाई सानो क्षेत्रमा बस्दै हुनुहुन्छ, तपाई त्यस क्षेत्रको गुरु बन्न सक्नुहुन्छ र तिनीहरुको उद्वार गर्न सक्नुहुन्छ | "यो कसरी सम्भव छ ? मेरो कुनै शिक्षा छैन, मेरो कुनै ज्ञान छैन | म कसरी गुरु बन्न सक्छु र तिनीहरुको उद्वार गर्न सक्छु ?" चैतन्य महाप्रभुले भन्नुभयो कि यो थोरै पनि कठिन छैन | यारे देख तारे कह ऽकृष्ण​ऽ-उपदेश (चै च मध्य ७|१२८) | यो तपाईको योग्यता हो | यदि तपाई केवल कृष्णद्वारा दिइएको संदेश दिनुहुन्छ तपाई गुरु बन्नुहुन्छ | कृष्णले भन्नुभयो, सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज (भ गी १८|६६) | तपाई प्रचार गर्नुहोस्, तपाई सबैलाई अनुरोध गर्नुहोस्,"महाशय, तपाई कृष्णमा शरणागत हुनुहोस् |" तपाई गुरु बन्नुहोस् | धेरै सजिलो कुरा | कृष्णले भन्नुभयो, मन्-मना भव मद्-भक्तो मद्-याजी मां नमस्कुरु (भ गी १८।६५) । तपाई भन्नुहोस् कि "तपाई कृष्णको भक्त बन्नुहोस्, तपाई प्रणाम गर्नुहोस् | यहाँ एक मन्दिर छ, यहाँ कृष्ण हुनुहुन्छ | कृपया यहाँ आउनुहोस् | तपाई प्रणाम गर्नुहोस्, र यदि तपाई पत्रं पुष्पं फलं तोयं (भ गी ९|२६) अर्पण गर्न सक्नुहुन्छ | तपाई अर्पण नगर्नुहोस्.....तर यो धेरै सजिलो कुरा छ | जसले पनि थोरै फुल, थोरै फल, थोरै जल पाउँ सक्छ | यो थोरै पनि कठिन छैन |" त्यसैले यो गुरुको योग्यता हो | गुरुले कुनै जादु देखाउदैनन् वा कुनै आश्चर्यजनक वस्तु उत्पादन गर्ने तब उनी गुरु बन्छन् | त्यसैले व्यवहारिक रुपमा मैले यो गरेको छु | मानिसले मलाई श्री दिन्छन् कि मैले जादु गरें, तर मेरो जादु भनेको मैले चैतन्य महाप्रभुको सन्देश लिएँ | यारे देख तारे कह ऽकृष्ण​ऽ-उपदेश (चै च मध्य ७|१२८) | त्यसैले यो रहस्य हो | तसैले तपाईहरु जो पनि, तपाई गुरु बन्न सक्नुहुन्छ | यो होइन कि म असाधारण मानिस हुँ, एक असाधारण भगवान कुनै रहस्यमय स्थानबाट आएको |यों होइन- यो धेरै सजिलो कुरा हो |