NE/Prabhupada 0543 - यो होइन कि गुरु बन्ने विशाल प्रदर्शनी गर्नुपर्छ

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


Janmastami Lord Sri Krsna's Appearance Day Lecture -- London, August 21, 1973


चैतन्य महाप्रभु भन्नुहुन्छ कि यारे देख तारे कह कृष्ण​ऽ-उपदेश (चै च मध्य ७।१२८) | त्यसैले म तपाईलाई अनुरोध गर्छु- कृपया चैतन्य महाप्रभुको उपदेश पालन गर्नुहोस्, कि तपाई पनि, तपाई आफ्नो घरमा गुरु बन्नुहोस् | यो होइन कि तपाईले गुरु बन्ने विशाल प्रदर्शनी गर्नुपर्छ | पिता गुरु बन्नुपर्छ, आमा गुरु बन्नुपर्छ | वास्तवमा, शास्त्रमा भनिएको छ, कोहि पिता बन्नुहुन्, कोहि आमा बन्नुहुन्, यदि ऊ आफ्नो बच्चाहरुको गुरु बन्दैन | न मोचयेद् यः समुपेत​-मृत्युम् | यदि एक मानिस आफ्नो बच्चालाई जन्म र मृत्युको बन्धनबाट बचाउन असक्षम छ, उ पिता बन्नुहुँदैन | यो वास्तविक गर्व निरोधक विधि हो | यो होइन कि बिरालो र कुकुर जसरी यौन सम्बन्ध राख्ने, र जब बच्चा हुन्छ उसलाई मार्ने र गर्भपतन | होइन | त्यो सबभन्दा ठुलो पाप हो | वास्तविक गर्भ निरोधक विधि भनेको, यदि तपाई आफ्नो पुत्रलाई जन्म र मृत्यु को बन्धनबाट मुक्त गर्न सक्नुहुन्न, पिता नबन्नुहोस् | यो चाहिएको छ | पिता न स स्याज् जननी न स स्यात् गुरु न स स्यात् न मोचयेद् यः समुपेत​-मृत्युम् | यदि तपाई आफ्नो बच्चालाई जन्मको बन्धन बाट बचौं सक्नुहुन्न..... यो सारा वैदिक साहित्य हो | पुनर् जन्म जयय: | आफ्नो अर्को जन्ममाथि कसरी जित्ने, अर्को भौतिक जन्म, तिनीहरुलाई थाहा छैन | मुर्ख मानिसहरुले वैदिक संस्कृति बिर्सिसके, वैदिक संस्कृति के हो | वैदिक संस्कृति भनेको अर्को जन्म माथि जित्नु हो, त्यति हो | तर तिनीहरु अर्को जन्ममा विश्वास गर्दैनन् | उनान्सय प्रतिशत मानिसहरु, तिनीहरु वैदिक संस्कृतिबाट यति तल झरिसके | भगवाद गीतामा पनि उही दर्शन छ | त्यक्त्वा देहं पुनर् जन्म नैति माम् एति कौन्तेय (भ गी ४|९) | यो वैदिक संस्कृति हो | वैदिक संस्कृति भनेको, विकासवादी प्रक्रियाबाट हामी यस मानव जीवनमा आउँछौँ | यहाँ आत्माको एक शरीरबाट अर्कोमा स्थानान्तरण रोक्ने मौका छ | तथा देहान्तर प्राप्तिर्, र तपाईलाई थाहा छैन मैले अर्को जन्ममा कस्तो प्रकारको शरीर प्राप्त गर्दै छु | यस शरीर मन्त्रि हुन सक्छ, वा केहि, र अर्को शरीर कुकुर हुनसक्छ, प्रकृतिको नियमले | प्रकृतेः क्रियमाणानि गुणैः कर्माणि सर्वशः अहङ्कार​-विमूढात्मा कर्ताहम् (इति मन्यते) (भ गी ३।२७) तिनीहरुलाई थाहा छैन | तिनीहरुले यो संस्कृति बिर्सिएका छन् | पशु जसरी खाने, सुत्ने, मैथुन गर्ने र रक्षा गर्ने कार्यमा व्यस्त भएर यस मानव शरीरको दुरुपयोग गर्दैछन् | यो सभ्यता होइन | यो सभ्यता पुनर् जन्म जयय हो, कसरी अर्को भौतिक जन्ममाथि जित्नु हो | यो हो कृष्ण भावनामृत अभियान | तसर्थ हामी यति धेरै साहित्यहरु प्रस्तुत गर्दै छौं | यो सारा संसारभरि स्वीकारिएको छ, विद्वान क्षेत्रमा | यस अभियानको फाइदा लिनुहोस् | हामीले खोल्ने प्रयास गरेका छौं, एक केन्द्र खोल्ने हाम्रो विनम्र प्रयास | हामीमाथी इर्ष्या नगर्नुहोस् | कृपया हामीमाथी कृपा गर्नुहोस् | हामी...., हाम्रो विनम्र प्रयास | र यसको फाइदा उठाउनुहोस् | त्यो हाम्रो अनुरोध हो |

धेरै धेरै धन्यवाद |