NE/Prabhupada 0545 - वास्तविक कल्याणकारी कार्य भनेको आत्माको फाइदा हेर्नु



His Divine Grace Srila Bhaktisiddhanta Sarasvati Gosvami Prabhupada's Appearance Day, Lecture -- Mayapur, February 21, 1976


प्रभुपाद: जब चैतन्य महाप्रभु केहि पर-उपकार गर्न चाहनुहुन्थ्यो...... भारत भूमिते मनुष्य​-जन्म हैल यार मनुष्य जन्म सार्थक करिऽ कर पर​-उपकार (चै च आदि ९।४१) यी कल्याण गतिविधिहरुको मतलब यस शरीरको कल्याण होइन | यो आत्माको लागि भनिएको हो, उही कुरा जुन कृष्णले अर्जुनमाथि प्रभाव पार्न चाहनुहुन्थ्यो, कि "तिमी यो शरीर होइन | तिमि आत्मा हौ |" अन्तवन्त इमे देहः नित्यस्योक्ताः शरीरिणः, न हन्यते हन्यमाने शरीरे (भ गी २|२०) | त्यसैले वास्तविक कल्याण गतिविधि भनेको आत्माको चाहना हेर्नु हो | आत्माको चाहना के हो ? आत्माको चाहना यो हो, कि आत्मा कृष्ण, भगवानको अंश हो | जस्तै आगोको सानो झिल्को ठुलो आगोको अंश हो, त्यसैगरी, हामी जीवहरु, हामीहरु धेरै साना छौँ, परम ब्रह्म वा कृष्णको सानो झिल्को | त्यसैले जसरी आगो भित्रको झिल्को धेरै सुन्दर देखिन्छ, आगो पनि सुन्दर देखिन्छ, र झिल्को पनि सुन्दर देखिन्छ, तर जब झिल्को आगोबाट तल झर्छ, त्यो निभ्छ | त्यसैले हाम्रो परिस्थिति यो छ, कि........ हाम्रो वर्तमान परिस्थिति यो छ कि हामी पूर्ण आगो, कृष्णबाट झरेका छौं | यो सरल बंगाली भाषामा व्याख्या गरिएको छ: कृष्ण भूलिया जीव भोग वाञ्छा करे पसते माया तारे जापटिया धरे माया भनेको अन्धकार, अज्ञानता | त्यसैले यो उदाहरण धेरै राम्रो छ | आगोसँग धेरै राम्ररी नाचिरहेको आगोको झिल्का, त्यसको पनि प्रकाश हुन्छ | तर जब यो जमिनमा झर्छ, यो खरानी बन्छ, कालो खरानी, प्रज्वलित गुण रहँदैन | त्यसैगरी, हामी नाच्नको लागि हो, र खेल्न र हिंड्न र कृष्णसँग बाँच्न | त्यो हाम्रो वास्तविक स्थिति हो | त्यो वृन्दावन हो | सबजना......सबजना कृष्णसँग जोडिएका छन् | त्यहाँ रुख, फुल, पानि, गाई, बाच्छा, ग्वाल्बाल, वा ज्येष्ठ गोठाला, नन्द महाराज, उहाँको उमेरका अरु व्यक्तिहरु, अनि यशोदामयी, माता, अनि गोपीहरु - यस प्रकारले, वृन्दावन जीवन, वृन्दावन तस्विर | कृष्ण सम्पूर्ण वृन्दावन तस्विरसँग आउनुहुन्छ, र उहाँले आफ्नो वृन्दावन जीवन प्रदर्शन गर्नुहुन्छ, चिन्तामणि-प्रकर​-सद्मसु, केवल हामीलाई आकर्षित गर्न, कि "तिमी यो भौतिक जगतमा रमाउने प्रयास गर्दैछौ, तर यहाँ तिमी रमाउन सक्दैनौ किनकि तिमि शाश्वत छौ | तिमी यहाँ शाश्वत जीवन प्राप्त गर्न सक्दैनौ | त्यसैले तिमी मकहाँ आउ | त्यक्त्वा देहं पुनर् जन्म नैति माम् एति कौन्तेय (भ गी ४|९) | यो कृष्ण भावनामृत अभियान हो | (छेउमा:) कृपया तिनीहरुलाई प्रसादम् पर्खन भन | त्यक्त्वा देहं पुनर् जन्म नैति माम् एति | यो आमन्त्रण हो | माम् एति: "ऊ घर फर्कन्छ, भगवद धाम आउँछ |" यो भगवद गीताको सम्पूर्ण उपदेश हो | र अन्तिममा उहाँले भन्नुभयो, सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज (भ गी १८|६६) | किन तपाई आफुलाई झन्झट दिंदै हुनुहुन्छ, भौतिक जीवन समायोजन गर्न यति धेरै योजनाहरु उत्पादन गर्दै ? यो सम्भव छैन | यहाँ यो सम्भव छैन | यहाँ जब सम्म तपाई भौतिक सङ्गमा हुनुहुन्छ, तब तपाईले शरीर परिवर्तन गर्नुपर्छ | प्रकृतेः क्रियमाणानि... (भ गी ३|२७) | प्रकृति-स्थो | त्यो श्लोक के हो ? पुरुष: प्रकृति-स्थो ऽपि...

हृदयानन्द​: भुञ्जते प्रकृति-जान् गुणान् |

प्रभुपाद: हो | भुञ्जते प्रकृति-जान् गुणान् |