NE/Prabhupada 0546 - सम्भव भएसम्म पुस्तक प्रकाशन गर र संसारभर वितरण गर

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


His Divine Grace Srila Bhaktisiddhanta Sarasvati Gosvami Prabhupada's Appearance Day, Lecture -- Mayapur, February 21, 1976


प्रभुपाद: जबसम्म जीव यस भौतिक जगतमा हुन्छ, उसले भौतिक प्रकृतिका विभिन्न गुणसँग सङ्ग ग्गर्नुपर्छ | उही उदाहरण | जस्तै आगोको झिल्को जमिनमा झर्छ | जमिन, त्यहाँ भिन्न परिस्थिति हुन्छ | एक परिस्थिति सुख्खा घाँस हो, एक परिस्थिति भिजेको घाँस हो, र एक परिस्थिति केवल जमिन हो | त्यसैगरी, तिन स्थिति छन्: सत्त्व-गुण, रजो-गुण, तमो गुण-गुण | त्यसैले सत्त्व-गुण भनेको यदि झिल्को सुख्खा घाँसमा झर्छ तब त्यसले घाँसमा आगो लगाउँछ | त्यसैले सत्त्व गुणमा, प्रकाश, यस प्रज्वलित गुणको प्रदर्शन हुन्छ | तर यसी यो पानिमा खस्छ, चिसो जमिन, तब यो तत्काल निभ्छ | तिन स्तर | त्यसैगरी, जब हामी यस भौतिक जगतमा आउँछ, यदि हामी सत्त्व-गुणसँग सङ्ग गर्छौं, तब त्यहाँ अध्यात्मिक जीवनको केहि आशा हुन्छ | र यदि हामी रजो गुणमा हुन्छौं कुनै आशा छैन, र तमो गुणमा, कुनै आशा छैन | रजस्-तम: | रजस्-तमो-भाव कामलोभादयश् च ये | रजस्-तम: | यदि हामी रजो-गुण र तमो-गुणसँग सङ्ग गर्छौं, तब हाम्रो इच्छा कामुक र लोभी हुन्छ | कामलोभादयश् च | ततो रजस्-तमो-भाव कामलोभादयश् च | र यदि हामी आफ्नो सत्त्व-गुण बढाउँछौं, तब यो कामलोभादय, यी दुई कुराहरुले हामीलाई छुने छैनन् | हामी कम-लोभबाट थोरै टाढा हुन सक्छौं | त्यसैले सत्त्व-गुणमा......यो श्रीमद भागवतममा भनिएको छ | शृण्वतां स्व​-कथाः कृष्णः पुण्य​-श्रवण​-कीर्तनः हृद्य् अन्तः-स्थो ह्य् अभद्राणि विधुनोति सुहृत्सताम् (श्री भा १।२।१७) त्यसैले हामी यी तिन गुणहरु पार गर्नुपर्छ, सत्त्व गुण, रजो गुण, तमो गुण, विशेषगरी रजो गुण, तमो गुण | यदि हामी त्यसो गर्ने प्रयास गर्दैनौं, तब अध्यात्मिक मुक्तिको कुनै आश छैन, वा भौतिक बन्धनबाट मोक्ष | तर कलि युगमा व्यवहारिक रुपले सत्त्व गुण छैन, केवल रजस्, रजो गुण, तमो गुण, विशेषगरी तमो गुण | जघन्य​-गुण​-वृत्ति-स्थः (भ गी १४|१८) | कलौ शूद्र​-सम्भवः | तसर्थ श्री चैतन्य महाप्रभुले यस कृष्ण भावानामृत अभियान फैलाउनुभयो, हरे कृष्ण मन्त्र जप्ने | त्यसैले यस स्थानबाट श्री चैतन्य महाप्रभुले यो अभियान सुरु गर्नुभयो, कृष्ण भावनामृत अभियान, सर भारतभरि, र उहाँले चाहनुभयो कि पृथिवीते आछे यत नगरादि ग्राम​: "जति धेरै शहर र गाउँ छन्, यस कृष्ण भावनामृत अभियान फैलनुपर्छ |" (चै भा अन्त्य-खण्ड ४|१२६) त्यसैले यो कृष्ण भावनामृत अभियान तपाईको हातमा छ | अवश्य पनि, १९६५ (१९२२)मा, भक्तिसिद्धान्त​ सरस्वति ठाकुर, उहाँले यस सम्बन्धमा मैले केहि गरेको चाहनुहुन्थ्यो | उहाले आफ्ना सबै शिष्यबाट चाहनुहुन्थ्यो | विशेषगरी उहाँले धेरै पटक जोड दिनुभयो कि "तिमि यो गर | तिमीले जे सिकेको छौ, तिमी अंग्रेजी भाषामा विस्तार गर्ने प्रयास गर |" र १९३३मा, जब उहाँ राधा-कुण्डमा, म त्यो समयमा मेरो व्यापार जीवनको सम्बन्धमा बम्बईमा थिएँ | त्यसैले म उहाँको दर्शन गर्न आएँ, र एक साथीले बम्बईमा केहि जमिन दिन चाहन्थे, बम्बई गौडीय मठ सुरु गर्न | उहाँ मेरो साथी हुनुहुन्थ्यो | त्यो लामो कथा हो, तर म यो भन्न चाहन्छु, भक्तिसिद्धान्त​ सरस्वति गोस्वामी मिसन | त्यस समयमा मेरा एक गुरुभाई पनि उपस्थित हुनुहुन्थ्यो | उहाँले मलाई मेरो साथीको दानबारे सम्झाउनुभयो, र भक्तिसिद्धान्त​ सरस्वति ठाकुर प्रभुपादले तत्काल जमिन लिनुभयो | उहाँले निरन्तरता दिनुभयो कि "धेरै मन्दिर स्थापना गर्ने कुनै जरुरत छैन | राम्रो यो हुन्छ कि हामी केहि पुस्तक प्रकाशन गरौँ |" उहाँले त्यसो भन्नुभयो | उहाँले भन्नुभयो कि "हामीले यस गौडीय मठ उल्तदंगमा सुरु गर्यौं | भाडा थोरै थियो, र यदि हामीले २ देखि २५० रुपैंया जम्मा गर्न सक्थ्यौं, त्यो धेरै राम्रो हुन्थ्यो, चल्दै थियो | तर जबदेखि जे.भी. दत्तले हामीलाई ढुंगा, मार्बल ठाकुरबरी दिए, हाम्रो शिष्यबीच प्रतिस्पर्धा बढेको छ, त्यसैले मलाई यो अब मन पर्दैन | यो भन्दा, म यस मार्बल ढुंगा निकालेर यसलाई बेच्न र केहि पुस्तक प्रकाशन गर्न चाहन्छु |" त्यसैले मैले त्यस कुरा लिएँ, र उहाँले पनि मलाई विशेषगरी सुझाव दिनुभयो कि "यदि तिमीले पैसा पाउँछौ, तिमि पुस्तक प्रकाशन गर्ने प्रयास गर |" त्यसैले उहाँको आशिर्वादले यो तपाईहरुको सहकार्यले यो धेरै सफल भएको छ | अहिले हाम्रो पुस्तक सर संसारभरि विक्री हुँदै छ, र यो धेरै सन्तोषजनक विक्री छ | त्यसैले भक्तिसिद्धान्त​ सरस्वति ठाकुरको आगमनको विशेष दिनमा, उहाँको वाणी स्मरण गर्ने प्रयास गर्नुहोस्, कि उहाँले चाहनुहुन्थ्यो कि हाम्रो दर्शनबारे धेरै पुस्तकहरु प्रकाशित हुन्, र यो अंग्रेजी-जान्ने सर्वसाधारणलाई विशेषगरी दिनुपर्छ, किनकि अंग्रेजी भाषा अहिले विश्व भाषा छ | हामी विश्वभरि घुम्दै छौं | जहाँ पनि हामी अंग्रेजी बोल्छौँ, यो बुझिन्छ, केहि स्थान बाहेक | त्यसैले यस दिनमा, विशेष, भक्तिसिद्धान्त​ सरस्वति ठाकुरको आगमनमा, म विशेषगरी मसँग सहकार्य गरिरहेका मेरा शिष्यहरुलाई अनुरोध गर्न चाहन्छु, कि सम्भव भएसम्म पुस्तक प्रकाशन गर्नुहोस् र सर संसारभरी वितरण गर्नुहोस् | त्यसले श्री चैतन्य महाप्रभुका साथै भक्तिसिद्धान्त​ सरस्वति ठाकुरलाई सन्तुष्ट पर्नेछ |

धेरै धेरै धन्यवाद |

भक्तहरु: जय श्रील प्रभुपाद |