NE/Prabhupada 0605 - वासुदेवलाई प्रेम गरे भौतिक शरीरको सम्पर्कमा आउने कुनै मौका हुँदैन

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


Lecture on SB 5.5.6 -- Vrndavana, October 28, 1976


त्यसैले......, तर अन्तिम उद्देश्य वासुदेवे हो | प्रीतिर् न यावन् मयि वासुदेवे | यो अन्तिम लक्ष्य हो | तपाई यो स्तरमा आउनुभएको छ, वासुदेव सर्वम् इति, पूर्ण रुपले, दृढ रुपले विश्वस्त कि "बासुदेव मेरी जीवन हुनुहन्छ | वासुदेव मेरो सबै हुनुहुन्छ | कृष्ण मेरो जीवन हुनुहुन्छ |" र उच्चतम पूर्णता वृन्दावन वातावरणमा प्रकट हुन्छ, विशेषगरि गोपीहरुद्वारा | वृन्दावनमा सबजना, रुख र बिरुवा पनि, बालुवाको कण पनि, सबजना कृष्णसँग आशक्त हुन्छन् | त्यो हो वृन्दावन | त्यसैले अचानक हामीले वृन्दावन आशक्तिको जीवनको उच्चतम स्तर प्राप्त गर्छौं भन्ने होइन, तर पनि, जहाँ हामी बस्छौं, यदि हामी यो भक्ति-योगको अभ्यास गर्छौं, जसरी हामी प्रचार गर्दैछौं..... यो सफल हुँदैछ | मानिसहरु लिंदैछन् | तथाकथित म्लेच्छ र यवनहरु, तिनीहरु पनि वासुदेवलाई लिंदैछन् | उनीहरुको कृष्ण प्रतिको प्रेम बढ्दै छ | त्यो प्राकृतिक हो | चैतन्य-चरितामृतमा भनिएको छ, नित्य सिद्ध कृष्ण भक्ति | नित्य सिद्ध | जस्तै म, वा तपाई, हामी शाश्वत छौं | नित्यो शाश्वतो ऽयम् न हन्यते हन्यमाने शरीरे (भ गी २|२०) | हामी शरीरको विनाशले नाश हुँदैनौं | हामी रहन्छौं, निरन्तर रहन्छौं | त्यसैगरी, कृष्णप्रतिको हाम्रो भक्ति निरन्तर हुन्छ | यो केवल ढाकिएको छ | अविद्ययात्मान्य् उपाधियमाने | अविद्या | यो अविद्या हो | हामी कृष्णलाई बिर्सन्छौं, त्यो अविद्या हो | र जब हामीले कृष्णलाई आफ्नो जीवन र आत्मा जसरी लिन्छौं, त्यो विद्या हो | तपाईले गर्न सक्नुहुन्छ | कसले पनि सजिलै गर्न सक्छ | कृष्ण भन्नुहुन्छ, तसर्थ, सर्व धर्मान् परित्यज्य मम् एकम् शरणं (भ गी १८।६६) | किन ? अरु तथाकथित धार्मिक विधि, त्यो अविद्या हो- तपाईलाई अज्ञानतामा राख्छ | त्यहाँ कुनै प्रकास छैन | र वैदिक उपदेश यो छ कि "आफुलाई अज्ञानताको अन्धकारमा नराख्नुहोस् |" तमसि मा ज्योति गमः | त्यो ज्योतिल् भनेको कृष्णलाई प्रेम गर्नु | र कृष्णको प्रेममय गतिविधि अध्यात्मिक जगतमा हुन्छ | त्यो हो ज्योति:, ज्योतिर्माया धाम​, स्व-प्रकासित | यस्य प्रभा प्रभवतो जगद्-अण्ड​-कोटि (ब्र स ५|४०) | त्यहाँ अन्धकार हुँदैन | जस्तै सुर्यमा अन्धकारको कुनै प्रश्न हुँदैन | उदाहरणहरु यहाँ छन् | हामी बुझ्छौं ज्योति: के हो | हामी देख्नसक्छौं कि सुर्य ग्रहमा कुनै अन्धकार छैन | यो पुरा प्रज्वलित ज्योति हो | त्यसैगरी, अध्यात्मिक जगतमा कुनै अज्ञानता हुँदैन | सबजना शुद्ध-सत्त्व छन् | सत्त्व-गुणमात्र होइन तर शुद्ध-सत्त्व | सत्त्वं विशुद्धं वासुदेव​-शब्दितः | यहाँ, यस भौतिक जगतमा, तीन गुण छन्, सत्त्व-गुण, रजो-गुण, तमो-गुण | यी कुनै गुण शुद्ध छैनन् | त्यहाँ मिसावट छ | र किनकि त्यहाँ मिसावट छ, तसर्थ हामी यति धेरै विविधता देख्छौं | तर हामी सत्त्व-गुणको स्तरमा आउनुपर्छ | र त्यो प्रक्रिया श्रवण हो | यो उत्तम प्रक्रिया हो | शृण्वतां स्व​-कथाः कृष्णः पुण्य​-श्रवण​-कीर्तनः (श्री भा १|२|१७) | यदि तपाईले नियमित श्रीमद भागवतम श्रवण गर्नुहुन्छ.... हामी तसर्थ जोड दिंदैछौं: "सधैं श्रवण गर्नुहोस्, सधैं अध्ययन गर्नुहोस्, सधैं श्रवण गर्नुहोस् |" नित्यं भागवत​-सेवया (श्री भा १|२|१८) | नित्य | यदि तपाई नित्य रुपले, चौबिस घण्टा, यदि तपाई श्रवण गर्नुहुन्छ र जप्नुहुन्छ | श्रवण भनेको कसैले जप्छन् वा तपाई आफैं जप्नुहुन्छ वा श्रवण गर्नुहुन्छ, वा तपाईको कोहि मित्रले जप्न सक्छन्, तपाई श्रवण गर्नुहोस् | वा उनले श्रवण गर्न सक्छन्, तपाई जप्नुहोस् | यो प्रक्रिया चलिरहनु पर्छ | यो हो श्रावणं कीर्तनं विष्णोः | विष्णोः (श्री भा ७|५|२३) | त्यो हो भागवत | अरु कुनै बेकार कुरा होइन, फोस्रा गफ | केवल श्रवण गर्नुहोस् र जप्नुहोस् | तब शृण्वतां स्व​-कथाः कृष्ण​ | यदि तपाई गम्भिरतापूर्वक श्रवण गर्नुहुन्छ र जप्नुहुन्छ, "हो, यो जीवन म केवल वासुदेवप्रतिको प्रेम बढाउन संग्लग्न गराउँछु"- यदि तपाई दृढ हुनुहुन्छ, यो गर्न सकिन्छ | कुनै कठिनाइ छैन | र जब तपाईले यो गर्नुहुन्छ, तपाईले वासुदेवप्रति पूर्णत: आफ्नो प्रेम बढाउनुहुन्छ, तब भौतिक शरीरसँग सम्पर्क हुने कुनै मौका छैन | जन्म कर्म च दिव्यम् मे यो जनति तत्त्वतः त्यक्त्वा देहं पुनर् जन्म नैति... (भ गी ४।९) त्यो उही कुरा हो | र यदि तपाई कृष्णलाई बुझ्नुहुन्न, यदि तपाई कृष्णप्रतिको आफ्नो प्राकृतिक प्रेम बढाउनुहुन्न, तब न मुच्यते देह​-योगेन तावत् | कुनै मौका छैन | तिनीहरुको कुनै मौका छैन | तपाईले अर्को जन्ममा धेरै धनि परिवारमा जन्म लिन सक्नुहुन्छ, एउटा ब्राह्मण परिवारमा, योगो भ्रष्ट:, तर त्यो पनि मुक्ति होइन | फेरी तपाई तल झार्न सक्नुहुन्छ | जस्तै हामी देख्छौं त्यहाँ धेरै....... जस्तै तपाई अमेरिकीहरु, तपाईहरु धनि परिवार, धनि राष्ट्रमा जन्मनुभएको छ, तर तल झर्दै, हिप्पी बन्दै हुनुहुन्छ | तल झर्दै | त्यसैले त्यहाँ मौका छ | यो होइन कि यसमा आश्वस्त हुन सकिन्छ | "किनकि म धनि परिवार वा ब्राह्मण परिवारमा जन्मिएको छु, त्यसमा आश्वस्त हुन सक्छु |" आश्वस्त हुन सकिन्न | माया यति बलियो छिन् कि उनले तपाईई तान्ने प्रयास मात्र गर्दैछिन्- तपाईलाई तल तान्ने, तल तान्ने | धेरै प्रभावहरु | तसर्थ हामी कहिलेकाही देख्छौं कि यी अमेरिकीहरु, तिनीहरु यति भाग्यमानी छन्, तिनीहरु यस्तो देशमा जन्मिएका छन् जहाँ गरिबी छैन, कुनै कमी छैन | तर पनि, किनकि नेताहरु धुर्त छन्, तिनीहरुले व्यवस्थापन गरेका छन्, मांसभक्षण, अवैध सम्बन्ध, नशा र जुवाको लागि | विज्ञापन | नग्न स्त्री र, के भनिन्छ, गाई खाने र रक्सिको विज्ञापन | यो चल्दैछ | चुरोटको विज्ञापन, केवल तिनीहरुलाई तल टन्न | नर्क जान | पुनर् मूषिक भव​ | तिनीहरुलाई थाहा छैन कस्तो खतरनाक सभ्यतामा यसले तिनीहरुलाई तान्दैछ | तसर्थ कहिलेकाही केहि विचारशील वर्गका वृद्ध मकहाँ आउँछन्, तिनीहरु आफ्नो धन्यवाद ज्ञापन गर्छन् | "स्वामीजी, यो ठुलो भाग्यको कुरा हो कि तपाई हाम्रो राष्ट्र आउनुभयो |" उनीहरु आभारी प्रकट गर्छन् | हो, यो तथ्य हो | यो कृष्ण भावनामृत अभियान धेरै भाग्यमानी अभियान हो | र विशेषगरि पश्चिम देशहरुमा, यो तथ्य हो | त्यसैले जसले लिनुभएको छ, यसलाई गम्भीरतापूर्वक लिनुहोस् | कृष्णको लागि आफ्नो प्रेम बढाउनुहोस् | प्रीतिर् न यावन् मयि वासुदेवे न मुच्यते देह योगेन​.... तिनीहरुलाई थाहा छैन जीवनको वास्तविक समस्या के हो | जीवनको वास्तविक समस्या देह-योग हो, यो विदेशी शरीर | हामी एक पटक स्वीकार्छौं, भूत्वा भूत्वा प्रलीयते (भ गी ८।१९), एक प्रकारको शरीर स्वीकार्छौं | तसर्थ तिनीहरु, यी धुर्तहरु, युरोप र अमेरिकाका नेताहरु, तिनीहरुले निष्कर्ष निकालेका छन् कि जन्म हुँदैन | त्यति हो | किनकि यदि तिनीहरु स्विकार्छन् कि मृत्यु पछी जीवा न्हुन्छ, तब यो तिनीहरुको लागि भयानक हुन्छ | त्यसैले तिनीहरुले नकारेका छन्: " होइन, जन्म हुँदैन |" ठुला ठुला तथाकथित प्रोफेसरहरु, विद्वानहरु, तिनीहरु मुर्खातापुर्वक कुरा गर्छन्: "स्वामीजी, यो शरीर सकिएपछि, सबै कुरा सकिन्छ |" त्यो तिनीहरुको निष्कर्ष हो | र शरीर दुर्घटनाले आउँछ, किम् अन्यत् काम-हैतुकम् | असत्यम् अप्रतिष्ठं ते जगद् आहुर् अनीश्वरम् (भ गी १६|८) | त्यसैले, यस प्रकारको सभ्यता धेरै खतरनाक छ | धेरै, धेरै खतरनाक | त्यसैले कम्तिमा जो कृष्ण भावनामा आएका छन्, तिनीहरु यो खतरनाक किसिमको सभ्यताबाट धेरै, धेरै सावधान हुनुपर्छ | मानिस हरु पिडित छन् | खुसी हुनलाई कृष्ण भावनामृत अभियान लिनुहोस् र पूर्ण हुनुहोस् |

धेरै धेरै धन्यवाद |

भक्तहरु: जय प्रभुपाद | (अन्त्य)