NE/Prabhupada 0611 - जब सेवा-भाव गुम्नेछ, तब यो मन्दिर ठुलो बोझ हुनेछ

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


Lecture on SB 1.7.27 -- Vrndavana, September 24, 1976


त्यसैले कम्तिमा हामी भारतीयहरु, हामीहरु त्यसरी तालिमप्राप्त छौं | तालिमप्राप्त मात्र होइन, हामी भक्तको रुपमा जन्मेका छौं | जसले भारतमा जन्म लिएको छ, त्यो विशेष सुविधा हो | उनीहरुको अघिल्लो जन्ममा, उनीहरुले धेरै तपस्या गरेका थिए | देवताहरु पनि, उनीहरु यो मौका पाउन भारतमा जन्म पाउन चाहन्छन् | त्यसैले भारतमा..... नसोच्नुहोस्........ भारत भनेको यो ग्रह, भारतवर्ष | यहाँ राम्रो मौका छ | त्यसैले हामीले सोच्नुहुन्न- यदि हामी सोच्छौं कि "यहाँ एउटा ढुंगाको मुर्ति छ," तब यो धेरै दिन टिक्दैन | गलग्रह | विग्रह रहँदैन तर गलग्रह | मानौं मैले यो मन्दिर स्थापना गरेको छु | अब, मेरो निर्देशनमा, मेरा शिष्यहरु विग्रहको आराधना गर्दैछन् | विग्रह भनेको भगवानको रुप | तर यदि नियमहरुको पालना हुँदैन, तब मेरो मृत्यु पछी यो गलग्रह हुन्छ, एउटा बोझ, कि "हाम्रो धुर्त गुरु महाराजले यो मन्दिर स्थापना गरे, र हामीले आराधना गर्नुपर्छ, बिहान सबेरै, सबै झन्झट |" यो हुनेछ...... यसलाई भनिन्छ गलग्रह, एउटा बोझ,"उहाँले हामीलाई एउटा बुझ छोडेर जानुभयो |" यो जोखिम छ | तब यस्तो ठुलो मन्दिर अव्यवस्थित हुन्छ, तर तपाईले पाउनुहुनेछ कि "यो टुट्दै छ" र "यो फोहोर छ," र कुनै वास्ता हुँदैन | यो हुनेछ....... यसलाई भनिन्छ गलग्रह:"ती धुर्तले हामीलाई बुझ दिए |" त्यसैले यो धेरै कठिन छ | यदि हामी गुमाउँछौं......, यदि हामीले आफ्नो भावना गुमायौं कि "यहाँ कृष्ण हुनुहुन्छ | यहाँ उहाँलाई सेवा गर्ने मौका छ....." साक्षाद्-धरित्वेन समस्त​-शास्त्रै.... यो होइन | श्री विग्रहाराधन​-नित्य​-नाना-शृङ्गार​-तन्-मन्दिर​-मार्जनादौ | जब....... तसर्थ हामी धेरै जागरुक छौं,"किन तिमी यो गर्दैनौ ? किन....?" जब भक्तिमय सेवाको भावना गुम्छ, यो मन्दिर बोझ हुनेछ | यो तरिका हो | यो यति ठुलो मन्दिर हुनेछ; व्यवस्थापन गर्न, यो ठुलो बोझ हुनेछ | त्यसैले तिनीहरु बुझ महशुस गर्दैछन् | तसर्थ तिनीहरु वास्ता गर्दैनन् यदि कहिलेकाही केहि टुट्छ | "ठिक छ, जे पैसा हामीसँग छ, सर्वप्रथम हामी खाऔं |" यो स्थिति छ | विग्रह र गलग्रह | तपाईले बुझ्नुपर्छ | यदि हामी बिर्सन्छौं कि "यहाँ कृष्ण व्यक्तिगत रुपमा उपस्थित हुनुहुन्छ | हामीले उहाँको सत्कार राम्ररी गर्नुपर्छ | हामी उहाँलाई राम्रो भोजन, राम्रो वस्त्र दिनुपर्छ..." तब यो सेवा हुन्छ | र जब भावना आउँछ कि "यहाँ ढुंगाको मुर्ति छ"-तिनीहरु कहिलेकाही भन्छन "मुर्ति पुजा" - "र उहाँलाई पहिरन लगाउने हामीलाई उपदेश छ, उहाँलाई दिन....., सब झन्झट |" तब सकियो | सकियो | त्यो सबतिर आएको छ | मैले नासिकमा धेरै, धेरै मन्दिरमा पुजारी छैनन्, र कुकुरहरु विष्टा छोड्दैछन् | त्यति मात्र होइन तिनीहरु तोड्दैछन् | पश्चिमी मुलुकमा चर्चहरु बन्द हुँदैछन् | ठुला, ठुला चर्चहरु, लन्डनमा मैले देखेको छु, धेरै ठुला, ठुला चर्चहरु, तर तिनीहरु बन्द छन् | जब आइतबार भेला हुन्छ, निगरानी गर्ने, दुई, तीन पुरुष र केहि वृद्धा, तिनीहरु आउँछन् | कोहि आउँदैनन् | र हामीहरु खरिद गर्दै छौं | हामीले धेरै चर्चहरु खरिद गरेका छौं | किनकि यो अहिले बेकार छ | यो बेकार छ | लस एन्जलसमा हामीले खरिद गर्यौं, र धेरै अरु | टोरोन्टोमा, हालसालै हामीले खरिद गरेका छौं | ठुला, ठुला चर्चहरु | तर तिनीहरु हामीलाई विक्री गर्दैनन् | एउटा चर्च, पुजारीले भने कि "म यो चर्चमा आगो लगाउनेछु, तर मैले भक्तिवेदान्त स्वामीलाई दिनेछैन |" (हाँसो) यो टोरोन्टो चर्च पनि त्यस्तै थियो | र मेलबर्नमा, परिस्थिति, विक्रीको परिस्थिति, तपाईले यो चर्च भवन भत्काउनुपर्छ | हामीले भन्यौं,"किन ?" उसले भन्यो "अहिले मन्दिरको रुपमा उपयोग गर, हामी तपाईलाई दिनेछैनौं |" तिनीहरुले अस्वीकृत गरे | तपाईलाई थाहा छ ? तिनीहरु रुचाउँदैनन् कि "यो कृष्ण भावनामृत अभियानले हमारी चर्चहरु खरिद गर्छन् र राधा-कृष्ण विग्रह स्थापना गर्छन् |" तिनीहरु यो रुचाउँदैनन् | तर यो चल्दैछैन | त्यसैले पश्चिमी राष्ट्रका चर्चहरु मात्र होइन; यहाँ पनि | जब हामी सेवाभाव गुमाउँछौं, यो मन्दी ठुलो भादार बन्नेछ, त्यति हो | मन्दिर रहँदैन | त्यसैले हामीले सेवा भाव कायम राख्नुपर्छ | तसर्थ हामी यति धेरै जोड दिन्छौं - किन त्यहाँ ताजा फुल छैन ?" यदि तपाई सोच्नुहुन्छ,"यहाँ ढुंगाको मुर्ति छ | ताजा फुल वा पुरानो फुलको के अर्थ ? हामीले केहि फुल दिनुपर्छ | त्यति हो |" तर कुनै भाव हुँदैन, कि "यहाँ कृष्ण हुनुहुन्छ | हामीले ताजा फुल दिनुपर्छ |" जस्तै म एक जीवित मानिस हुँ, यदि तपाई मलाई ताजा फुल दिनुहुन्छ, र यदि तपाई केहि फुल ल्याउनुहुन्छ, र यदि तपाई मलाई दिनुहुन्छ, के म खुसि हुनेछु ? के तपाईलाई लाग्छ ? त्यसैले यो भाव सुरुवातमा पनि गुम्दैछ कि "हामी यो मुर्तिलाई केहि नचाहिने, फोहोर फुलले सन्तुष्ट पार्नेछौं | उहाँले विरोध गर्नुहुनेछैन |" हो, उहाँले विरोध गर्नुहुनेछैन | तर तपाईको जीवन सकिनेछ | विरोध त्यसरी आउनेछ | जब तपाईले भावना गुमाउनुहुन्छ, भाव, बुधा भाव​-समन्विताः (भ गी १०|८)..... कसले कृष्णको आराधना गर्न सक्छ ? जब भाव हुन्छ, स्थायी भाव | यो भक्ति रसामृत सिन्धुमा छलफल गरिएको छ, भाव के हो | तर यदि तपाईसँग भाव छैन, तब तपाई भौतिक स्तरमा हुनुहुन्छ (अस्पष्ट), कनिष्ठ अधिकारी | केबल देखावट | एउटा देखावटीपन धेरै दिनसम्म चल्न सक्दैन | देखावटीपन चाँडै सकिनेछ |