NE/Prabhupada 0614 - हामी धेरै सावधान हुनुपर्छ, पतन भनेको लाखौं वर्षको अन्तर



Lecture on SB 7.9.1 -- Mayapur, February 8, 1976


देवताहरुको सुची ब्रह्माजीबाट सुरु हुन्छ | उनी देवताहरुर अरु सब जीवका मूल पिता हुन् | उनलाई तसर्थ प्रजा-पति वा पिता-मह, हजुरबुवा भनिन्छ | उनी सबै कुराका श्रोत हुन् | डार्विनको सिद्धान्त, धिर्ट सिद्धान्त कि त्यहाँ जीवन थिएन, तर अवैदिक ज्ञान अनुसार त्यहाँ उत्तम जीवन थिए, ब्रह्मा | त्यहाँबाट जीवन सुरु हुन्छ र क्रमैले उनीहरु तुच्छ हुन्छन्, भौतिक प्रदुषण | यो होइन कि त्यहाँ कुनै जीवन थिएन | कोहि पनि निच किसिमको जीवन अवस्थाबाट उच्च-उच्चमा उठ्छ | त्यो गलत सिद्धान्त हो | वास्तविक सिद्धान्त भनेको जीवन सबभन्दा उच्च व्यक्ति, ब्रह्माजी, प्रजा-पतिबाट सुरु हुन्छ | त्यसैले कुनै शुभ कुराहरु अगाडी हुन्छन्, किनकि तपाई भगवान समक्ष तपाईको जीवनको निच अवस्थामा जान सक्नुहुन्न | तपाई देख्नुहुन्छ ? जीवनको निच अवस्था भनेको पापी प्रतिक्रिया | त्यो अवस्थामा तपाई भगवान समक्ष जान सक्नुहुन्न | परं ब्रह्म परं धाम पवित्रं परमं भवान् (भ गी १०|१२) | (संगै:) को बोल्दै छ ? पवित्रं परमं भवान् | कृष्ण परम शुद्ध हुनुहुन्छ, पवित्रं परमं | परमं भनेको चरम | त्यसैले कोहि पनि कृष्ण समक्ष ऊ अशुद्ध हुँदा जान सक्दैन | त्यो सम्भव छैन | जस्तै केहि धुर्तहरु; तिनीहरु भन्छन्, "यो मतलब हुँदैन तपाई के खन्दै हुनुहुन्छ, तपाई के गर्दै हुनुहुन्छ | तपाईको अध्यात्मिक विकासमा कुनै बाधा छैन |" यी धुर्तहरु, यी मुर्खहरु, सारा संसारलाई गलत बाटो देखाउँदै कि परम पुरुषलाई बुझ्ने कुरामा कोहि पनि निच-वर्गको मानिस जस्तो व्यवहार गर्न सक्छ | होइन | त्यो सम्भव छैन | परं ब्रह्म परं धाम पवित्रं परमं भवान् (भ गी १०|१२) | त्यसैले यदि तपाई परम शुद्ध समक्ष जानुपर्छ, तपाई शुद्ध हुनुपर्छ | अन्यथा सम्भावना छैन | आगो नबनी, तपाई आगोभित्र प्रवेश गर्न सक्नुहुन्न | तब तपाई जल्नुहुनेछ | त्यसैगरी, तपाई पनि ब्रह्म भए तापनि...... पर-ब्रह्मको अंश पनि ब्रह्म हो | अहं ब्रह्मास्मि | यो हाम्रो परिचय हो | तर कस्तो प्रकारको ब्रह्म ? ब्रह्म को सानो कण | जस्तै झिल्को र सम्पूर्ण आगो | दुवै आगो हुन्, तर झिल्को झिल्को हो, र ठुलो आगो ठुलो आगो हो | झिल्को आगो बन्न सक्दैन | यदि ऊ त्यस्तू बन्न चाहन्छ, तब ऊ तल झर्छ | तब जति पनि प्रकास थियो, आगो, त्यो निभ्छ | यदि झिल्को घमण्डले ठुलो आगो बन्ने प्रयास गर्छ, तब ऊ तल झर्छ | आरुह्य कृच्छ्रेण परं पदं ततः पतन्त्य् अधः (श्री भा १०|२|३२) | आरुह्य कृच्छ्रेण, कठिन तपस्याबाट, तपाई निराकार ब्रह्मसम्म उठ्न सक्नुहुन्छ, तर तपाई फेरी झर्नुहुनेछ | यो तथ्य हो | धेरै मानिसहरु, तिनीहरु परम ब्रह्मको अस्तित्वमा एक हुने प्रयास गर्दैछन्, तर नतिजा भनेको तिनीहरु झर्दै छन् | तिनीहरु झर्नुपर्छ | यो सम्भव छैन | आरुह्य कृच्छ्रेण परं पदं ततः पतन्त्य् अधः अनादृत​-युष्मद्-अङ्घ्रयः (श्री भा १०|२|३२) | कृष्णको चरणकमलको आराधनाको ख्याल नगरी, तिनीहरु तल झर्दैछन् | त्यसैले हामी धेरै, धेरै सावधान हुनुपर्छ, कृष्ण समान वा उहाँभन्दा ठुलो हुनबाट | केहि धुर्तहरु छन्, तिनीहरु भन्छन् कि "यो-यो धुर्त कृष्णभन्दा ठुलो छ |" म तिनीहरुको नाम उल्लेख गर्न चाहन्न | ती धुर्तहरु, तिनीहरु भन्छन् कि "अरोबिन्दो कृष्ण भन्दा ठुलो छ |" तिनीहरु त्यस्तो भन्छन् | के तपाईलाई थाहा छ ? त्यसैले यो संसार धुर्त र मुर्खले पूर्ण छ | हामीले..... धेरै सावधानीपूर्वक र बुद्धिमानीपूर्वक हामीले अध्यात्मिक जीवनमा प्रगति गर्नुपर्छ | यसलाई धेरै तुच्छ रुपमा नलिनुहोस् | हामी धेरै सावधान हुनुपर्छ | अन्यथा पतन हुन्छ, र एकपटक पतन भनेको लाखौं वर्षको अन्तर | तपाईसँग कृष्ण भावना समापन गर्न यो मानव जीवन छ, तर यदि तपाई गम्भीर हुनुहुन्न, तब फेरी लाखौं वर्षको अन्तर हुन्छ | तसर्थ हाम्रो अर्तव्य भनेको ताङ्देर चरण सेवि, भक्त​-सने वास् | हामी भक्तसँग बस्नुपर्छ र आचार्यहरुको सेवामा संग्लग्न हुनुपर्छ | आचार्यं मां विजानीयान् नावमन्येत कर्हिचित् (श्री भा ११|१७|२७) | जसले पनि आचार्यलाई कृष्ण स्वयंको रुपमा बुझ्नुपर्छ | उहाँलाई उपेक्षा नगर्नुहोस् | यस्य देवे परा भक्तिर् यथा देवे तथा गुरौ (श्वे उ ६|२३) | यी बयानहरु छन् | त्यसैले हामी धेरै सावधान हुनुपर्छ | जस्तै यहाँ पनि | ब्रह्मादय, ठुला, ठुला देवताहरु, उनीहरुले भगवानलाई शान्त पार्न सकेनन् | उहाँ क्रोधित हुनुहुन्थ्यो | एवं सुरादयः सर्वे ब्रह्म​ऋउद्र​-पुरः सराः | ठुला, ठुला व्यक्तित्वहरु, रुद्र, न उपैतुम् | न उपैतुम् अशकन् मन्यु | उनीहरुले उहाँलाई शान्त पार्न सकेनन्, र संरम्भं सुदुरासदम् | सुदुरासदम्, धेरै, धेरै कठिन | जब हामी कृष्णद्वारा निन्दित हुन्छौं, फेरी माथि उठ्न धेरै, धेरै कठिन हुन्छ | मूढा जन्मनि जन्मनि (भ गी १६|२०) | जन्म जन्मान्तर हामी निन्दित हुनेछौं | त्यो हाम्रो सजाय हो | त्यसैले कुनै कार्य नगर्नुहोस् जसले कृष्णलाई अप्रसन्न बनाउनेछ | केवल आफुलाई भगवानको सेवामा संग्लग्न गराउनुहोस् | धेरै सजिलो कुरा | मन्-मना भव मद्-भक्तो मद्-याजी मां नमस्कुरु (भ गी १८|६५) | केवल सधै उहाँको बारेमा सोच्नुहोस् | अरु कोहि वा केहिको बारेमा नसोच्नुहोस् | सर्वोपाधि-विनिर्मुक्तम् (चै च मध्य १९।१७०) । अन्याभिलाषिता-शून्यम् (भ र सि १।१।११) । जेबल तपाईको कृष्णप्रतिको सेवा पालन गर्नुहोस् | चौबिस घण्टाको संग्लग्नता छ, र यसलाई पालन गर्ने प्रयास गर्नुहोस् | यसको उपेक्षा नगर्नुहोस् | यसले तपाईको जीवन सफल बनाउनेछ |

धेरै धेरै धन्यवाद |

भक्तहरु: जय श्रील प्रभुपाद | (अन्त्य)