NE/Prabhupada 0620 - गुण र कर्म अनुसार विशेष कर्तव्यमा संग्लग्न भइन्छ

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


Lecture on SB 1.7.36-37 -- Vrndavana, September 29, 1976


केबल कृष्णले तपाइको रक्षा गर्न सक्नुहुन्छ- अरु कोहि होइन | यदि तपाईलाई यो थाहा छ तब तपाई प्रमत्त हुनुहुन्न | र यदि तपाईलाई यो थाहा छैन, यदि तपाई धुर्त हुनुहुन्छ, तब तपाई प्रमत्त हुनुहुन्छ | केवल कृष्ण | तसर्थ कृष्णले भन्नुभयो, उहाँले आश्वासन दिनुहुन्छ, कि सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज (भ गी १८।६६) । सुहृदं सर्व​-भूतानाम् (भ गी ५।२९): "म सबैको मित्र हुँ | म तिमीलाई सुरक्षा दिन सक्छु |" अहं त्वां सर्व​-पापेभ्यो मोक्षयिष्यामि | त्यसैले तपाई कृष्णको आश्रय लिनुहोस्; अन्यथा तपाई प्रमत्त, धुर्त, मुढ: हुनुहुन्छ | कृष्णले सल्लाह दिंदै हुनुहुन्छ कि "यो गर |" तर हामी धुर्त, प्रमत्त छौं | हामी सोच्छौं कि "मेरो छोराले मलाई सुरक्षा दिनेछ, मेरी पत्नीले मलाई सुरक्षा दिनेछिन्, मेरो मित्रले मलाई सुरक्षा दिनेछ, मेरो सरकारले मलाई सुरक्षा दिनेछ |" यी सब बेकार हुन्, प्रमत्त | यो हो प्रमत्तको अर्थ | केवल बुझ्ने प्रयास गर्नुहोस् | प्रमत्त: तस्य निधनं पश्यन्न् अपि. (श्री भा २|१|४) अर्को प्रमत्त भनेको, जो इन्द्रियतृप्ति पछी पागल छन् | नूनं प्रमत्तः कुरुते विकर्म (श्री भा ५|५|४) | अर्को श्लोक छ नूनं प्रमत्तः | जो प्रमत्त छन्, जसको जीवनमा कुनै दायित्व छैन, कहिलेकाही अनावश्यक रुपले चोर्ने र केहि गलत काम गर्ने-विकर्म | किन ? अब प्रमत्त, ऊ पनि पागल छ | नूनं प्रमत्तः कुरुते विकर्म (श्री भा ५|५|४) | र उसले सजाय पाउने त्यस्तो जोखिम किन लिंदैछ ? मानौं एउटा मानिस चोर्दैछ | उसले सजाय पाउनेछ | राज्यको कानुनले वा प्रकृतिको कानुनले, वा भगवानको, ऊ दण्डित हुनेछ | ऊ राज्यको कानुनबाट बच्न सक्छ, तर ऊ प्रकृतिको वा भगवानको कानुनबाट बच्न सक्दैन | प्रकृतेः क्रियमाणानि गुण्ऐः कर्माणि (भ गी ३|२७) | यो सम्भव छैन | जस्तै प्रकृतिको नियम: यदि तपाई संक्रमित हुनुहुन्छ, तपाई दण्डित हुनुहुनेछ | तपाईलाई त्यो रोग लाग्छ | यो सजाय हो | तपाई बच्न सक्नुहुन्न | त्यसैगरी, जे तपाई गर्नुहुन्छ, कारणं गुण​-सङ्गो ऽस्य (भ गी १३|२२) | यदि तपाई बिरालो वा कुकुर जसरी बाँच्नुहुन्छ, त्यो संक्रमण हो, गुण, तमो गुण | तब तपाईको अर्को जीवनमा तपाई कुकुर बन्नुहुन्छ | तपाई दण्डित हुनुपर्छ | यो प्रकृतिको नियम हो | तसर्थ जसलाई यी सब नियम थाहा छैन, उसले धेरै पाप गर्छ, विकर्म | कर्म, विकर्म, अकर्म | कर्म भनेको जुन निर्देशित छ | गुण-कर्म | गुण-कर्म-विभागशः (भ गी ४|१३) | कर्म भनेको, जसरी शास्त्रमा भनिएको छ, तपाईले जस्तो किसिमको गुण विकास गर्नुभएको छ, तपाईको कर्म त्यो अनुरुप हुन्छ | ब्राह्मण​-कर्म​, क्षत्रिय​-कर्म​, व्ऐश्य​-कर्म | त्यसैले यदि तपाई पालन गर्नुहुन्छ...... त्यो अध्यात्मिक गुरु र शास्त्रको कर्तव्य हो, निर्देशन दिनु, जब ऊ ब्रह्मचारी हुन्छ, कि "तिमी यसरी कार्य गर |" "तिमी ब्राह्मण जसरी कार्य गर," "तिमी क्षत्रिय जसरी कार्य गर," "तिमी वैश्य जसरी कार्य गर," र अरु, "शुद्र |" त्यसैले यो विभाजन अध्यात्मिक गुरुद्वारा गरिन्छ | कसरी ? यस्य यल् लक्षणं प्रोक्तं वर्णाभिव्यञ्जकम् (श्री भा ७|११|३५) | अध्यात्मिक गुरुले भन्नुहुनेछ कि "तिमी यसरि कार्य गर |" त्यो निर्धारित हुनुपर्छ | त्यो हो कर्म, गुण-कर्म | अध्यात्मिक गुरुले हेर्छन् कि ऊसँग यी गुण छन् | त्यो प्राकृतिक हो | जस्तै विद्यालयमा, कलेजमा, कोहि वैज्ञानिकको रुपमा तालिमप्राप्त छ, कोहि इन्जिनियरको रुपमा तालिमप्राप्त छ, चिकित्सकको रुपमा, वकिलको रुपमा | झुकाव, विद्यार्थीको व्यवहारिक मनोविज्ञान अनुसार, उसलाई सल्लाह दिइन्छ कि "तिमि यो क्षेत्र लिऊ |" त्यसैगरी, समाजका यी चार विभाजन, यो धेरै वैज्ञानिक छ | त्यसैले गुरुको निर्देशनबाट, जब ऊ गुरुकुलमा हुन्छ, उसलाई विशेष किसिमको कर्तव्य दिइन्छ, र उसले इमान्दारीपूर्वक गर्छ..... स्व​-कर्मणा तम् अभ्यर्च्य (भ गी १८|४६) | वास्तविक प्रयोजन कृष्ण भावना हो | र उसको गुण र कर्म अनुसार ऊ विशेष कर्तव्यमा संग्लग्न हुन्छ | केहि नराम्रो हुँदैन जब सम्म त्यो कृष्णको सन्तुष्टिको लागि हुन्छ | अतः पुम्भिर् द्विज​-श्रेष्ठा वर्णाश्रम​-विभागशः (श्री भा १|२|१३) | वर्णाश्रम विभाग हुनुपर्छ | तर वर्णाश्रमको लक्ष्य के हो ? केवल ब्राह्मण बनेर ऊ सफल हुन्छ ? होइन | कोहि पनि तबसम्म सफल हुँदैन जबसम्म उसले कृष्णलाई सन्तुष्ट पार्दैन | त्यो वास्तविक सफलता हो |