NE/Prabhupada 0622 - कृष्ण भावनामा संग्लग्न व्यक्तिको सङ्गमा रहनुपर्छ

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


Lecture on SB 7.6.17-18 -- New Vrindaban, July 1, 1976


तपाईसँग यो भौतिक जगतमा आनन्द लिने इच्छा भए पनि, तपाई कृष्ण भावना लिनुहोस् | कृष्णले तपाईलाई सन्तुष्ट पार्नुहुनेछ | उहाँले तपाईलाई दिनुहुनेछ | तपाईको भौतिक आनन्दको लागि अरु केहि गर्ने जरुरत छैन | यदि तपाई चाहनुहुन्छ..... किनकि हामी भौतिक आनन्द त्याग्न सक्दैनौँ | हामी अथाह समयदेखि यसमा अभ्यस्त छौं, धेरै जन्म-जन्मान्तर, केवल इन्द्रियतृप्तिको लागि | यो विचार त्याग्न त्यति सजिलो छैन | तसर्थ शास्त्रमा भनिएको छ कि तपाईसँग इन्द्रियतृप्तिको विचार भए पनि तपाई कृष्ण भावना लिनुहोस् | अन्यथा प्रयास नगर्नुहोस् | जस्तै देवताहरु | उनीहरुसँग सम्पूर्ण इन्द्रियतृप्तिको सुविधा छ | इन्द्रियतृप्ति भनेको उदर-उपस्थ-जिह्वा (उ १), जिह्वा, यो जिब्रो र पेट र जनेन्द्रिय | यी इन्द्रियतृप्तिका प्रमुख श्रोत हुन् | धेरै मिठो भोजन, पेट सम्भव भएसम्म भर्ने र मैथुनको आनन्द लिने | यो भौतिक हो | अध्यात्मिक जगतमा यी कुराहरु अनुपस्थित हुन्छन् | भौतिक जगतमा यी कुराहरु प्रधान छन् | त्यसैले प्रह्लाद महाराजले आफ्ना मित्रहरुलाई चेतावनी दिनुहुन्छ कि यदि हामी यो इन्द्रियतृप्तिप्रति आशक्त हुन्छौ, तब विमोचितुं काम​-दृशां विहार​-क्रीडा-मृगो यन्-निगडो विसर्गः. (श्री भा ७|६|१७-१८) निगड भनेको जरा, भौतिक शारिर स्वीकार्नुको मूल कारण | यी कुराहरु इन्द्रियतृप्ति हुन् | ततो विदूरात्: टाढा स्थानबाट | ततो विदूरात् परिहृत्य दैत्या. (श्री भा ७|६|१७-१८) "मेरा प्रिय मित्रहरु, तिमीहरु दैत्य परिवारमा जन्मिएका भए तापनि, म पनि जन्मिएको हुँ" - उनका पिता पनि दैत्य हुन् | दैत्येषु सङ्गं विषयात्मकेषु: "त्याग्देउ उनीहरुको..." असत्-सङ्ग​-त्याग एइ वैष्णव आचार (चै च मध्य २२|८७) | उही कुरा | चैतन्य महाप्रभुले पनि भन्नुभयो | त्यसैले को वैष्णव हो ? वश्नव, उनको व्याख्या तत्काल भएको छ, कि वैष्णवको कर्तव्य के हो ? केहि भक्तले चैतन्य महाप्रभुलाई सोधे,"प्रभु, वैष्णव को कर्तव्य के हो ?" उहाँले तत्काल दुई पंक्तिमा जवाफ दिनुभयो, असत्-सङ्ग​-त्याग एइ वैष्णव आचार​: "भौतिकवादी मानिसहरुको सङ्ग त्याग्नु |" तब अर्को प्रश्न हुन सक्छ,"भौतिकवादी को हो ?" असत् एक ऽस्त्री-सङ्गी: "जो स्त्रीप्रति आशक्त छ, ऊ असत् हो |" र कृष्ण-भक्त आर,"र जो कृष्णको भक्त छैन |" त्यसैले हामीले त्याग्नुपर्छ | तसर्थ नियमहरु छन् | कम्तिमा, अवैध सम्बन्ध नराख्ने | विवाह गर्नुहोस्, एक सज्जनको रुपमा बाँच्नुहोस्, दायित्व लिनुहोस्, तब क्रमैले तपाई यो यौन इच्छा त्याग्न सक्षम हुनुहुनेछ | जबसम्म हामीले यो यौन इच्छा त्याग्दैनौं, पूर्णत: उत्तेजना बिना, यो भौतिक जन्म रोक्ने कुनै सम्भावना छैन- जन्म, मृत्यु, बुढ्यौली र रोग | त्यो सम्भव छैन | तसर्थ प्रह्लाद महाराजले सल्लाह दिनुहुन्छ, दैत्येषु सङ्गं विषयात्मकेषु: "सङ्ग नगर...." असत्-सङ्ग, उही कुरा, चैतन्य महाप्रभुले पनि...... असत्-सङ्ग​-त्याग एइ वैष्णव आचार​ | यो वैष्णवको कार्य हो | असत्, जो भौतिक रुपले आशक्त छन्, उनीहरुबाट कुनै अवसर नलिनुहोस् | यो धेरै कठिन सङ्ग हो | तब यो सम्भव छ, उपेत नारायणम् आदि-देवं स मुक्त​-सङ्गैर् इषितो ऽपवर्गः (श्री भा ७|६|१७-१८) | तसर्थ सङ्ग धेरै..... सज्जति सिद्धाशये | जो कृष्ण भावना, भक्तिमा संग्लग्न छन्, उनीहरुसँग सङ्ग गर्नुहोस् | तसर्थ हामी विभिन्न केन्द्र खोल्दैछौं, सबैलाई भक्तको सङ्ग लिने मौका दिन | सम्भव भएसम्म, हामी आश्रय दिंदैछौं, हामी प्रसादम् दिंदैछौं, हामी उपदेश दिंदैछौं, हामी कृष्णको आराधना गर्ने अवसर दिंदैछौं | किन ? किनकि मानिसले सङ्ग, नारायणको फाइदा लिन सकुन् | नारायणम् आदि-देवम्, उनीहरुले नारायणसँग सङ्ग गर्न सकुन् | नारायण र नारायणको सेवामा सम्पन्न भएको जे पनि- नारायण, कृष्ण, विश्न्य, उही वर्ग..... नारायण परो ऽव्यक्त्यात् | नारायण भनेको जो...... जसको अवस्था दिव्य छ, नारायण | त्यसैले जब तपाई नारायणको सम्पर्कमा आउनुहुन्छ, लक्ष्मी त्यहाँ हुनुहुन्छ, भाग्यकि देवी त्यहाँ हुनुहुन्छ | हामी उत्पादित दरिद्र नारायणको सेवा गरिरहेका छैनौं, होइन |