NE/Prabhupada 0711 - कृपया आफुले सुरु गरेको कार्यलाई नरोक- धेरै खुसीसाथ यसलाई निरन्तरता देऊ



Speech Excerpt -- Mayapur, January 15, 1976


प्रभुपाद: सबैभन्दा परमआनन्द भनेकै जुन भक्तिविनोद ठाकुरले प्रेरित गर्नुभएको छ कि यी सबै यूरोपेली, अमेरिकन, र इंडियाका मान्छेहरु संगै गौर हरि भनेर आनन्दसंग नाच्नेछन् | त्येसैले यो मायापुर चंद्रदयो मन्दिर नै दिव्य संयुक्तराष्ट्र हो | जुन कुरा संयुक्तराष्ट्र संघले दिन सकेको छैन, त्यो यहाँ पाइन्छ, चैतन्य महाप्रभुले दिनुभएको तरिकाद्वारा | पृथिवीते आछे यत नगरादि ग्राम सर्वत्र प्रचार ह्ऐबे मोर नाम (चै भा आन्त्य​-खण्ड ४|१२६) त्यसैले तिमीहरु सारा संसारबाट आउनुपर्छ र संगै यो मन्दिरमा बस्नु पर्छ | त्यसैले यी साना वच्चाहरुलाई सिकाउ | म एकदम खुसि हुन्छु यदि मैले यी साना साना बच्चा देखें भने सबै राष्ट्रहरुवाट, इन्डियन, बंगाली, सबै संगै, आफ्नो शारीरिक अवस्था भुलेर | शारीरिक अवस्था भुल्नु नै यो हरे कृष्ण आन्दोलनको ठुलो उपलब्धि हो | यहाँ कोहिले पनि "यूरोपियन","अमेरिकन","इन्डियन","हिन्दु","मुस्लिम","क्रिस्टेन" सोच्दैनन् | उनीहरु यो सबै कुराहरु बिर्सेर मात्र हरेकृष्ण जप्नमा खुसि र आनन्द छन् | त्यसैले एकदम बिनम्र भएर तिमीहरुले ज पाएका छौ, त्येसैलाई निरन्तरता देऊ, कहिलै नरोक| येसलाई खुसिसंग अगाडी लैजाउ | अनि चैतन्य महाप्रभु, जो स्वयं भगवान हुनुहुन्छ , उहाँ धेरै खुसि हुनुहुन्छ | अनि निश्चयनै तिमी आफ्नो घर जानेछौ, भगवान संग | एकदम धन्यवाद छ तापाईहरुलाई |