NE/Prabhupada 0724 - भक्तिको परीक्षा

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


Lecture on SB 7.9.15 -- Mayapur, February 22, 1976


त्यो भौतिक जगल भक्तहरुका लागि धेरै डरलाग्दो छ | उनीहरु योसँग धेरै धेरै डराउँछन् | यो नै भिन्नता हो | भौतिक मानिसहरु, उनीहरु सोच्छन् की ," यो दुनिया धेरै राम्रो छ |" हामी रमाइलो गर्दै छौ| खाने, पीउने, मगन हुने र रमाउने |" तर भक्तहरु, उनीहरु सोच्छन्," यो धेरै धेरै डरलाग्दो छ|" कति चाडो हामी यो बाट मुक्त हुन्छौ?" मेरो गुरु महाराज भने गर्नु हुन्त्यो," यो भौतिक दुनिया कुनै सज्जन व्यक्तिका लागी होइन|" उहाँभन्नु हुन्थ्यो| " कोहि सज्जन यहाँ बस्न सक्दैन|" त यी कुरा हरु अभक्तहरु ले बुज्न सक्दैनन्|" यो भौतिक दुनिया कति दुखदायी छ | दुखालय.... कृष्ण भन्नुहुन्छ यो दुह्खालायम असस्वतम ( भ गी ८|१५)| त्यो नै भक्त र अभक्त बिचको भिन्नता हो | यो दुखालायम, उनीहरु आफुले यहाँ कसरी सुखालायम बनाउन सक्छौ भनेर खोजिरहेकाछन् | जुन सम्भव छैन | त जबसम्म एक यो भौतिक दुनियामा बस्न रुचौदैनन्, यो बुझ्न सकिन्छ कि ऊ अझ सम्म नी अध्यात्मिक जिन्दगीमा प्रवेश गरेको छैन | भक्तिः परेसनुभावो विरक्तिर अन्यत्र स्याट (श्री भ ११|२|४२) यो भक्तिको परीक्षा हो | यदि एक भक्तिमय सेवाको प्रदेशमा प्रवेश गरेको छ भने, उसलाई यो भौतिक दुनिया स्वदमय हुदैन | विरक्ति | अब हुदैन | अर नारे बाप (?)| जग्गई मादाई, धेरै भौतिक थिए, स्त्री लम्पट, जड्याहा, मंसाहारी.... अब अहिले यो साधारण भइसक्यो | तर यो भक्तहरुका लाई धेरै डरलाग्दो छ | तसर्थ हामी भन्छौ," नशा नगर, अवैद सम्बन्द नराख ,मांमसाहर नगर |" यो धेरै डरलाग्दो छ | तर उनीहरुलाई थाहा छैन | मूढ: नाभिजानाति | उनीहरु लाई थाहा छैन | उनीहरु तृप्त छन् | यो पुरै दुनिया येही मंचमा हिडिरहेको छ | उसलाई थाहा छैन की उसले के बनिरहेको छ भनेर, धेरै डरलाग्दो परिस्थिति हो यस्ता पापमय कार्यमा संलग्न भएर | त यस्ता नराम्रा स्वभावबाट निस्किन धेरै गारो छ | तपसा ब्रह्मचर्येण शमेन दमेन वा त्यागेन श्औच​... यमेन नियमेन वा ( श्री भ ६|१|१३) यसलाई भक्ति जीवनको उन्नति भनिन्छ, तपस्या| पहिलो कुरा तपस्या हो, स्वेच्छा आरामदायी परिस्थितिलाई त्यागेर | यसलाई तपस्या भनिन्छ | तपस्या ब्रह्मचर्येण | अनि यो तपस्यालाई पूर्ण गर्न, पहिलो कुरा ब्रह्मचर्य हो | ब्रह्मचर्य भनेको अवैद सम्बन्धबाट टाढा बस्नु हो | यसलाई ब्रह्मचर्य भनिन्छ|