NE/Prabhupada 0725 - कार्यहरु सजिलै सम्पन्न हुँदैनन् । माया धेरै, धेरै बलवान छिन्

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


Lecture on SB 7.9.22 -- Mayapur, February 29, 1976


यो एक मानव जन्म हो , जब एकले यो बुझ्छ.... पशुहरुलाई पीड़ाके हो थाहा हुदैन | कुकुर बिरालोहरु सोच्छन् उनीहरु धेरै खुसी छन् | तर मानव जीवनमा उनीहरु यो निस्कर्समा आउनु पर्छ कि, "वास्तवमा हामी खुसी छैनौ, हामीहरु समयको चक्रबाट धेरै ठक्कर खाएका छौ |" निष्पीड्यमानम् | जब यो चेतना औउछ, तब ऊ एक मानव हुन पुग्छ | अन्यथा ऊ एक पशु हो | यदि उसले सोच्दैछ की ऊ ठिक छ...... त्यो हो ९९.९ प्रतिशत मानिस सोच्छन् " म सहि छु |" अप्रिय स्तितीमा पनि ऊ, सुँगुर र कुकुर जस्तै' अझै ऊ सोच्छ," मा सहि छु|" जब सम्म यो अज्ञानता हुन्छ, ऊ केवल एउटा पशु रहन्छ | यस्यात्म​-बुद्धि: कुणपे त्रि-धातुके स्व​-धी: कलत्रादिषु भौम​-इज्य​-धी: ( श्री भ १०|८४|१३)| यो चलिरहेको छ | अत्म​-बुद्धि:, त्रि-धातुके | यो शरीर जुन कफ, पित्त, वायुले बनेको छ, सबैजना सोच्छन् " म यो शरीर हु |" सबै संसारनै चल्दै छ | केवल हामी, कृष्ण भावनाका केही सदस्यहरु, हामी घरदैलोमा गई गई उनीहरुलाई बुझाउने कोशिस गर्दैछु, " महासय तपाई यो शरीर हुनुहुन्न |" उनीहरुलाई यसको मतलब छैन | " म " "म यो शरीर हु, " म जोन हु," " म बेलायेती हु," "म अमेरिकन हु," "म भारतीय हु |" "तपाई भन्नुहुन्छ म यो शरीर हु|" धेरै गारो कार्य | कृष्ण भावनामृत धेरै धैर्यता, दृढ़ता, सहनशीलता | तर चैतन्य महाप्रभुको आज्ञा ,त्रिनद अपि सुनीचेन तरोर अपि सहिष्णुना | अमानिना मानदेन कीर्तनीय: सदा हरि: ( च चै आदि १७|३१) यसैले जोपनि यो कृष्ण भावनामृत प्रचारमा लागेका छन्, उनीहरुलाई थाहा हुनुपर्छ कि, परिस्थिति त्यति सजिलो हुनेवाला छैन, माया धेरै शक्तिशाली छ, धेरै शक्तिशाली| धेरै धेरै शक्तिशाली| तर पनि हामीले मायाको बिरुद्धमा लड्न जरुरी छ | हामीले मायासँग युद्धको घोसणा गर्नुपर्छ | मायाले जीवहरु लाई आफ्नो अधिनमा राखेको छ , अनि हामीले ती जीवहरुलाई मायाको साथबाट बचाउनु पर्छ....त्यो नै फरक हो | कालो वशी-कृत​-विसृज्य​-विसर्ग​-शक्ति: यो शक्ति, विशार्ग - शक्ति,धेरै धेरै शक्तिशाली छ , तर यो नियंत्रण मा छ | उ धेरै शक्तिशाली भए तापनि उनी कृष्णको अधिनमा छिन् | मयाध्यक्षेण प्रकृति: सूयते स​-चराचरम् ( भ गी ९|१०)| प्रकृति यस्तो अस्चार्यजनक तरिकाले कार्य गरिरहेको छ, धेरै धेरै, म भन्न चहन्छु कि, धेरै राम्रो तरिकाले उनीले आफ्नो कार्य गर्दै छिन् | कि अचानक बादल आउछ | अहिले कस्तो उज्यालो छ | एकपलमै एउटा ठुलो कालो बादल आएर सबै कुरा ध्वस्त गरिदिन्छ | यो सम्भव छ | मायाका अलौकिक कार्यहरु छन् | तर पनि , उनी भगवानको अधिन मा छिन् | हामी देख्छौ यो सुर्य कति ठुलो छ | पर्थ्वी भन्दा चौधसय गुना ठुलो , अनि तिमी देख्न सक्छौ बिहान कति चाडो उठ्छ, यतिकै, तुरुन्तै | त्यसको गति सोह्रहजार मिल प्रति सेकन्ड | यो कसरी हुदै छ त ? यस्याज्ञया भ्रमति संभृत​-काल​-चक्रो गोविन्दम आदि-पुरुषम तम अहम्... (ब्रा स ५|५२)| यो गोविन्दको आदेशमा सम्पन्न हुदैछ | त्यसैले उहा विभु हुनुहुन्छ | उहा महान हुनुहुन्छ | तर हामीलाई थाहा छैन उहा कति महान हुनुहुन्छ | त्यसैले हामी कुनै मुर्ख दावेदारलाई स्वीकार गर्छौ, कोहि ठगलाई भगवान ठान्छौ | हामीलाई भगवानको अर्थ थाहा छैन | तर यो चलिरहेको छ | हामी मुर्ख होऊ | अन्धा यथान्द्ऐर उपनीयमानास् | हामी सबै अन्धा छौ र अरुकोही अन्धाले हाम्रो नेतृत्व गर्दै छ | "म भगवान हु | तिमी भगवान होऊ, सबै भगवान हुन् |" तर भगवान त्यस्तो हुनुहुदैन | यहाँ भनिएको छ भगवान ऊ हो जो..... कालो वशी-कृत्​-विसृज्य​-विसर्ग​-शक्ति: " उहाँले सबै समय संदर्व र रचनात्मक ऊर्जा माथि नियन्त्रण राख्नु हुन्छ |" उहाँ भगवान हुनुहुन्छ |