NE/Prabhupada 0730 - सिद्धान्त बोलिया चित्ते-कृष्णलाई बुझ्न अल्छि नहोऊ

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


Lecture on SB 7.9.32 -- Mayapur, March 10, 1976


प्रभुपाद : भगवान सधै राम्रो हुनुहुन्छ | तर हाम्रो गणना अनुसार, सीमित गणना . यदि हामीले देख्छौ कि उसले कुनै पाप काम गर्दै छ , त्यो पाप हुदैन , त्यो सुद्धिकरण हो | उही उदाहरण : तेजीयसां न दोषाय​ | ( श्री भ १०|३३|२९) | यदि उहाँको पवित्र नाम लिएर हामी पाप मुक्त हुन्छौ भने, कसरी भगवान पापी हुनसक्नुहुन्छ | यो सम्भव छैन | यो व्यावहारिक बुद्धि हो | यदि उहाँको शुद्ध नाम जप गर्ने हो भने, हरे कृष्ण, हरे कृष्ण.....

भक्त : कृष्ण कृष्ण हरे हरे / हरे राम हरे राम राम राम हरे हरे |

प्रभुपाद :.... त्यसरी हाम्रो शुद्धिकरण हुन्छ, कसरी कृष्ण अशुद्ध हुन सक्नु हुन्छ | यो सम्भव छैन | पवित्रं परमं भवान् | कृष्णलाई बुझ्ने प्रयत्न गर्नुहोस् | यहाँ यसको व्याख्या गरिएको छ, त्यो स्थितो न तु तमो न गुणांश च युङक्षे | उहाँ कृष्ण हुनुहुन्छ | उहाँ विष्णु , कृष्ण | कहिले पनि नसोच....... त्यहाँ कुनै समूह छ जो भन्छन्, " हामी कृष्णको पुजा गर्छौ, बाल कृष्ण, केटो कृष्ण |" कहिले कहिँ उनीहरु त्यो तर्क दिन्छन् कि ......किन हुर्किनु भएको कृष्ण पुजा नगरेको ? उनीहरु भन्छन्," हुर्किनु भएको कृष्ण रास लिलाले गर्दा प्रदुषित हुनुभएको छ " हेर त त्यो मुर्ख बेकार ! त्यो हुदैन.....कृष्ण सधै कृष्ण नै हुनुहुन्छ | बाल्यकाल का कृष्ण युवक कृष्ण भन्दा शुद्ध हुनुहुन्छ, भनेको एक मुर्खता पूर्ण निस्कर्ष हो | त्यो एक झुटो अवधराना हो | कृष्ण..... जसरी कृष्ण तिन महिनाको हुनुहुन्थ्यो, उहाँले ठुलो विशाल राक्षसी पुतनाको बध गर्नुभयो | के तिन महिनाको बालकले त्यस्तो ठुलो कार्य गर्न सक्छ.....? होइन | कृष्ण सधै भगवान नै हुनुहुन्छ | चाहे उहाँ तिन महिना को हुनुहोस वा तिन सय वर्षको वा तिन हजार बर्सको, उहाँ एक हुनुहुन्छ | अद्व्ऐतम अच्युतम अनादिम अनन्त​ऋऊपम अद्यं पुराण पुरुषं नव​-य्औवनं च​ | ( ब्र स ५|३३) | त्यो कृष्ण हुनुहुन्छ | त्यसैले कृष्णलाई पढेर हामी मुक्त हुन्छौ | त्यसैले यी स्लोकाहरु ध्यान दिएर पद्न जरुरी छ, हरेक शब्द ध्यान दिएर बुज्नुपर्छ | तब तिमीले कृष्णलाई बुझ्छौ | कविराज गोस्चमी भन्नुहुन्छ, सिद्धान्त बोलिया चित्ते ना कर अलस​, इहा ह्ऐते कृष्ण लागे सुदृध मानस​ | सिद्धान्त, कृष्ण को हुनुहुन्छ, यदि तिमीले शास्त्रबाट अध्यन गरेउ भने , तब सिद्धान्त बोलिया चित्ते.....कृष्णलाई बुझ्न अल्छी नहोऊ, किनकि यदि तिमीले कृष्णलाई बुझ्ने कोसिस गरेउ भने - आधु-शास्त्र​-गुरु-वाक्यं चित्तेते करिय ऐक्य​, थ्रोउघ थे साधु, शास्त्र अन्द गुरु | तब तिमीले कृष्णलाई बुझ्छौ, उहाँको हुनुहुन्छ | तब तिमीले उहाँलाई साधारण व्यक्ति जसरी लिदैनौ, जसरी एक मुर्खले लिने गर्छ | अवजानन्ति मां मूढा मानुषीं तनुम आश्रित: ( भ गी ९|११) | मुढ , दुस्ट, कृष्णलाई हामी जस्तै सोच्छन् | तब तिमी एक मुढ हुदैनौ | तिमी बुद्धिमान हुन्छौ | अनि त्यसको असर के हुन्छ त ? कृष्ण व्यक्तिगत रुपमा भन्नुहुन्छ, जन्म कर्म च दिव्यं मे यो जानाति तत्त्वतः यदि तिमीले कृष्णलाई राम्ररी जानेको छौ भने......निस्चय नै, हामीले कृष्णलाई पूर्ण रुपले बुझ्न सक्दैनौ | उहाँ धेरै ठुलो हुनुहुन्छ र हामी धेरै सानो छौ, त्यो सम्भव छैन | त्यो सम्भव छैन | तर तिमीले कृष्णलाई उहाँले भागवत गीताबाटजति ब्याख्या गर्नुभयो त्यति मात्रै बुझ्न सक्छौ | त्यतिले तिमीलाई धेरै मद्धत गर्छ | तिमीले कृष्णलाई बुझ्न सक्दैनौ, त्यो सम्भव छैन | कृष्णले आफुलाई नै बुझ्न सक्नुहुन्न | त्यसैले उहाँ चैतन्यको रुपमा आफुलाई बुझ्न आउनुभयो | त्यसैले कृष्णलाई बुझ्न सम्भव छैन, तर कृष्णले यसको बारेमा दिनुभएको छ, आफ्नै बारेमा ज्ञान, जहाँसम्म हामीले बुझ्छौ | त्यो भागवत गीता हो | त्यसैले हामीले कृष्णलाई भगवादमा दिइएको अनुदेश अनुसार बुझ्न जरुरी छ | चैतन्य महाप्रभुले सिफारिश गर्नुभएको छ, आरे देख तारे कह ​-कृष्ण उपदेश ( च चै मध्ये ७|१२८) | यो मानब जीवन कृष्णलाई बुझ्नका लागि हो | त्यहाँ अरु कुनै कार्य हुनुहुदैन | यदि तिमी केवल यहि कार्यमा अडिग रहेउ भने, तिम्रो जीवन सफल हुन्छ | हाम्रो कृष्ण चेतना आन्दोलन त्यहि उदेश्यका लागि हो | हामीले धेरै केन्द्रहरु खोलेका छौ कि सबै दुनियाका मानिसहरु ले यसको लाव उठाउन सकुन र कृष्णलाई बुझेर आफ्नो जिन्दगी सफल पर्न सकुन |

धेरै धेरै धन्यवाद |

भक्तहरु : जय ! (समाप्त)