NE/Prabhupada 0745 - तिमी विश्वास गर वा नगर, कृष्णको वाणी झुटो हुन सक्दैन



Lecture on SB 7.9.54 -- Vrndavana, April 9, 1976


यदि, यदि तिमीले यो पुरै दुनियाको बारेमा अध्यन गर्यौं भने, उनीहरुले आत्मामा विश्वास गर्दैनन् | उनीहरु आत्माको एक शरीर देखि अर्को मा जानेमा विश्वास गर्दैनन् | ठुला ठुला शिक्षक, ठुला ठुला विद्वान, उनीहरुले विश्वासनै गर्दैनन् | तसर्थ तिमीले बुझ्न सक्छौ अहिले दुनियाका मानिसहरु कस्ता छन् भनेर - सबै दुस्टहरु | सबै दुस्टहरु | उनीहरुले साधारण सत्यको बारेमा बुझ्न सक्दैनन्, अनि उनीहरु आफुलाई महान विद्वान, महान वैज्ञानिक, महान राजनीतिज्ञ इत्यादी, तर सबैजना दुस्टहरु | त्यति हो | त्यो नै निष्कर्ष हो | कृष्ण भन्नुहुन्छ, धीरस तत्र न मुह्य​....... यो आत्माको एक शरीरबाट अर्कोमा जाने प्रक्रिया, कृष्ण भन्नुहुन्छ, धीरस तत्र न मुह्यति | र यहाँ पनि त्यहि कुरा छ, प्रीणन्ति ह्य अथ माम धीरः सर्व​-भावेन साधवः | अध्यात्मिक.......यदि तिमीले आत्मा के हो भनेर बुझ्दैनौ, तब अध्यात्मिक जीवनको प्रस्न कहाँ आउँछ र अध्यात्मिक प्रगति ? त्यहाँ कुनै प्रस्ननै आउदैन | त्यो नै अध्यात्मिक अस्तित्वको सुरुवात हो , शिक्षा "म यो शरिर होइन, म आत्मा हु |" अहम ब्रह्मास्मि | उनीहरुले बुझ्न सक्छौ | त यदि हामी ईमानदारी पुर्वक कृष्ण चेतनामा लाग्यौ भने, यदि हामीले कृष्ण माथी बिश्वास राख्यौ भने..... हामीले विश्वास गर्नु पर्छ | तिमी यसमा विश्वास गर या नगर, कृष्णको वाणी गलत हुदैन | त्यो तथ्य हो | तिमी दुस्ट हुन सक्छौ, तिमीले विश्वास गर्न सक्दैनौ, तर जो धिर छन्, उनीहरुले विश्वास गर्छन् | उनीहरु विश्वास गर्छन् | यदि तिमीले कृष्णलाई माया गर्न सक्यौ भने..... त्यहाँ प्रेमको प्रश्ननै आउँदैन | त्यो एक तथ्य हो | त एक हुनुपर्छ | यो नै जीवनको परम लक्ष्य हो , त एक धीर हुन जरुरी छ , कुकुर बिरालो जस्तो होइन, यहाँ त्यहाँ दौडिदै | त्यो मानव जीवन होइन | त्यो कुकुरको जीवन हुनेछ | यस्यात्मा-बुद्धि: कुणपे त्रि-धातुके स्व​-धी: कलत्रादिषु भ्औम​-इज्य​-धी | यत्-तीर्थ​-बुद्धि: सलिले न कर्हिचित जनेषु अभिज्ञेषु स एव गो-खर​:| ( श्री भ १०|८४|१३) यी श्रेणीका मानिसहरु, यस्य, जसको जीवन नै शारीरिक धारणामा बितेको छ | " म यो शरीर हु |" " म हिन्दु हु, " "म मुसल्मान हु, " "म ब्राह्मण हु, " " म भारतीय हु, " "म अमेरिकन हु, " " म हु......" पुरै दुनियाहरु नै यसका लागी झगडा गर्दै छन्, किनभने उनीहरु सबै पागल छन्, धिर छैनन् | यो अहिलेको समाज हो | यस्यात्म​-बुद्धि: कुणपे | यो हाड, मासु र रगतको झोला हो, र उनीहरु सोच्छन्, कि उनीहरु यो शरीर हुन् | यदि तिमी यो शरीर होऊ भने, यो प्राण शक्ति कहाँबाट आइरहेको छ त ? किनकि जब त्यो प्राण शक्ति जान्छ, त्यो शरीर बेकार हुन्छ, जड पदार्थ हो | त के तिमी यो सोच्छौकी यो जड पदार्थ हो ? तर उनीहरु धिर छैनन् | सबै दुच्टहरु, उनीहरु बुझ्ने सक्दैनन् | शब्द धेरै जरूरी छ | धीरस तत्र न मुह्यति | कसरी यो दुस्टहरुले बुझ्छन् ? तसर्थ यो कृष्ण चेतना आन्दोलन यी दुस्टहरुलाई शिक्षित गराउनु हो | सजिलो कुरा | हामीहरु सबैलाई चुनौती दिन्छौ " तिमी एक नम्बरको दुस्ट होऊ | कृष्णलाई बुझ्ने कोसिस गर | " यो हाम्रो चुनौती हो | अगाडी आऊ | हामी भन्छौ, हामी चुनौती दिन्छौ, " तिमी एक नम्बरको दुस्ट होऊ |" तिमीले कृष्ण चेतनाको शिक्षा लिऊ र आफ्नो जीवन पूर्ण बनाऊ |" यो नै कृष्ण चेतना हो | कोहि नि धिर छैनन् |