NE/Prabhupada 0750 - हामी आफ्नी मातालाई सम्मान प्रकट किन गर्छौं ?

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


Lecture on BG 9.10 -- Melbourne, April 26, 1976


मृत्यु-संसार​-वर्त्मनि भनेको क हो भनेर खोज्ने त्यहाँ कुनै विध्यालय, कलेज, अथवा कुनै संस्था छैन | हामीहरु एकदम खसेका छौँ कि, हामी त्यो प्रश्न नि गर्दैनौ | पशुहरुलाई कसाई खानामा लगिन्छ, सबैलाई थाहा छ | तर त्यो पशुलाई थाहा हुँदैन कि,"मलाई किन कसाई खानामा लगिँदै छ ?" ऊ सँग त्यो क्षमता हुँदैन | ऊ संग प्रतिकार गर्ने क्षमता हुदैन कि किन मलाई कसाई खानामा लगिँदैछ | मृत्यु-संसार​-वर्त्मनि | हामी सबै एकदिन, कसाई खानामा जानु छ | तर मनिस यदि उसलाई जबर्जस्ति कसाई खानामा लगियो भने, उसले प्रतिकार गर्न सक्छ, रुन्छ, "कि किन यो मान्छेले मलाई कसाई खानामा लाग्दै छ ?" तर जनवारलाई यो थाहा हुन्न ..... उसले महशुस गर्छ र, रुन्छ, तिनीहरुको आँखामा आँशु हुन्छ, कहिलेकाहिँ हामी देख्न सक्छौँ | तिनीहरुलाई थाहा छ कि "कुनै दोषबिना हामीहरुलाई अब कसाई खानामा लगिँदै छ " हामीले केहि गल्ति गरेका छैनौँ." जस्तै गाईहरु| तिनीहरु घाँस खाएर, वदलामा पोषिलो दुध दिन्छन् | तर हामी यस्तो निर्दयी र दुस्ट छौँ कि हामी ति गाईहरुलाई कसाई खानामा लाग्छौ | वेदिक सभ्यता अनुसार, गाईलाई आमा सरह मान्नुपर्छ | किन आमा होइन ? किनकि उसले दुध प्रदान गर्छिन | किन आमा यति आदर्शवान हुनुहुन्छ ? हामी किन हाम्रो आमालाई आदर गर्छौं ? किनकि जब तिमी व्यसहरा हुन्छौ, जब हामी केहि खान सक्दैनौ, त्यति खेर आमाले हामीलाई दुध पिलाउनु हुन्छ | आमा भनेको जसले हामीलाई खाना खुवाउनु हुन्छ | त्यसैले यदि त्यो गाईले खाना दियिरहेछ, दुध, - दुध एकदम पोषिलो हुन्छ, र भिटामिनयुक्त हुन्छ - त्यसैले ऊनी हाम्रो आमा हुन् | शास्त्रमा सात थरि आमाको वर्णन गरिएको छ, वैदिक सभ्यता अनुसार | सात आमा | एउटा आमा हाम्रो वास्तविक आमा हुन्, जसको गर्ववाट हामीले जन्म लियौँ | आद्औ माता | उँहा हाम्रो वास्तविक आमा हुनुहुन्छ | गुरु-पत्नी, आफ्नो अध्यात्मिक गुरुको पत्नी अथवा अध्यात्मिक गुरुआमा, उँहा आमा हुनुहुन्छ | आद्औ माता गुरु-पत्नी ब्राह्मणी | ब्राह्मणको आमा पनि आमानै मान्नुपर्छ | वस्तवमा, एक सभ्य मानिसले आफ्नो श्रीमती बह्येक सबैलाई आमा सरह देख्छ | सातओटा आठओटा मात्र होइन - सबैजना | मातृवत् पर​-दारेषु पर​-द्रव्येषु लोष्ट्रवत् (चाणक्य १०) एउटा पढेलेखेको मानिस भनेको त्यो होइन कि उसले कति डिग्री पायो | पढेलेखेको मान्छे भनेको उसले सबै स्त्रीजातिलाई आमाको दृस्टीकोणले हेर्न सक्छ | त्यसैले सबै स्त्रिजाती बह्येक, सातजनालाई आमासरह मान्नुपर्छ | आद्औ माता गुरु-पत्नी ब्राह्मणी. Bराह्मणी | राज​-पत्निका, एक रानी | रानी नि आमा सरह हुन्, राज-पत्नीका | धेनु, गाई, गाई भनेको आमा हुन् | र धर्ति, नर्स, उनीहरु आमा हुन् | धेनुर धात्री तथा पृथ्वी | र प्रिथ्वी, उँहाले हामीलाई धेरै प्रकार को खानेकुरा दिईराख्नुभएको छ | त्यसैले यो हो सिद्धन्त | त्यसैले हामीहरु गाई प्रति निकै दयामाया हुनुपर्छ | यदि कोहिलाई मासु खान मन छ भने उसले कुनै साना प्रजातिको पशु मार्न सक्छ जस्तै खसी, भेडा, सुँगुर, माछा | त्यहाँ अरु जानवार छन् | तर भागवाद गीतमा बिशेष भनिएको छ कि, कृषि-गोऋअक्ष्य​-वाणिज्यं व्ऐश्य​-कर्म स्वभाव​-जम् (भा गि १८|४४) गो रक्षा | यो समाजको लागि निकै महत्वपुर्ण कुरा हो | गाईहरुलाई सुरक्षा दिनको लागि | र विभिन्न परिकारको दुधवाट बनेको, घिउ, एकदम महत्वपुर्ण चिज | इंडिया मा अहिले पनि, सबै घरमा अधिक मात्रामा घिउको आवश्यक पर्छ | तर तिनीहरु मांशाहारी भने होइनन् | मांशाहारी घिउ सहन सक्दैनन् |