NE/Prabhupada 0751 - केवल आफुलाई स्वस्थ राख्न खानुपर्छ

Revision as of 06:53, 26 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0751 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on SB 1.8.37 -- Los Angeles, April 29, 1973


प्रभुपाद : किन सबैजना खोक्दै छन् ? के कुराले गाह्रो बनायो ? हिजो नि मैले सुनेको थिए | के भो ?

भक्त : मलाई लाग्छ कि जाडो सुरु भएछ |

प्रभुपाद : ए ?

भक्त : मलाई लाग्छ कि जाडो सुरु भयेच्चा, धेरै मान्छेहरु |

प्रभुपाद : तर तिमिहरुसंग पर्याप्त तातो लुगा छैनन्, त्यसैले तिमीहरु पिडित भयौ ? त्यो तिमीहरुले बन्दोवस्त गर्नु पर्छ | तिमीहरुले आफ्नो स्वास्थ्यको ख्याल गर्नु पर्छ | युक्ताहार​-विहारस्य योगो भवति सिद्धि (भ गी ६|१७) ...भगवाद गीतामा भनिएको छ कि , युक्तहरा तिमीले खाना खानु पर्छ त केवल आफुलाई स्वास्थ्य बनाउनको लागि मात्र | त्यसैगरी, आरु शरीरको आवश्यकताहरु पनि हेरचार हुनुपर्छ | यदि तिमी रोगि भयौ भने कसरी कृष्णभावानामृत अगाडी बढौंछौँ ? जस्तै ब्रमानन्द आज जना सकेनन् | त्यसैले हामी एकदम होसियार हुनुपर्छ | हामीले धेरै नि खानु हुदैन थोरै नि खानु हुदैन | धेरै भन्दा थोरैनै खाएको राम्रो हो |तिमी थोरै खाएर मर्ने वाला छैनौ | तर तिमी धेरै खाएर मर्न सक्छौ | मानिसहारु धेरै खाएर मर्न सक्छन् थोरै भन्दा | यो सिद्धान्त हुनु पर्छ| मेडिकल विज्ञानले सधै भन्छकि आफुलाई चिहिएको भन्दा धेरै खानु हुँदैन | ज्यादा खानु नै सुगर हुनुको कारण हो, र चाहिँएकोभन्दा थोरै खानु नै क्षयरोगको कारण हो | यो मेडिकल विज्ञान हो | त्यसैले हामीले एकदम थोरै, अथवा धेरै खानु हुँदैन | बच्चाहरुले धेरै खाएर पश्चाताप गर्न सक्दैनन्, तर, जवानहरुले त्यो पश्चाताप गर्न सक्छन्, धेरै खाएको अवस्थामा | बच्चाहरु, उनीहरुले त्यो पचाउन सक्छन, किनकि दिउँसभरि उनीहरु खेल्छन् | त्यसैले, हामीले हाम्रो स्वास्थ्यको ख्याल गर्नु पर्छ | सनातन गोस्वामी, उँहा चिलाउने रोग बाट निकै पिडित हुनुहुन्थ्यो, र चैतन्य महाप्रभु उँहालाई अंकमाल गर्दै हुनुहुन्थ्यो| त्यसैले, त्यो चिलाउने रोग भिजेको थियो | त्यहाँ दुई थरिको चिलाई हुन्छ |भिजेको र सुक्खा | कहिले काँही चिलाएको भाग सुक्खा हुन्छ, र कहिलेकाँही भिजेको जस्तो | चिलाइसकेपाछि, सनातन गोस्वमिको शरीर पुरै सुक्खा चिलाउने वस्तुले भरिन्छ, र चैतन्य महाप्रभु उँहालाई अंकमाल गर्दै हुनुहुन्थ्यो | त्यसैले त्यो भिजेको भाग चैतन्य महाप्रभुको शरीरमा टाँसिएको थियो | त्यसैले उँहालाई धेरै नराम्रो लग्यो, कि "म चिलाउने रोगबाट पिडित छु, र चैतन्य महाप्रभु मलाई अंकमाल गर्दै हुनुहुन्छ, र यो भिजेको कुरा उँहाको शरीरभरि फैलिरहेछ | म कति सम्मको अभागी छु |" त्यसैले उँहाले सोच्नु भयो कि "भोलि म आत्महत्या गर्छु चैतन्य महाप्रभुलाई अंकमाल गराउनु भन्दा |" त्यसैले, अर्को दिन चैतन्य महाप्रभुले सोध्नु भयो "तिमी आत्मा हत्या गर्ने निर्णय गरेको | तिमीले के यो शरीर आफ्नो भनेर सोचेको ?" त्यसिले उँहा मौन रहनु भयो | चैतन्य महाप्रभुले भन्नुभयो "तिमीले यो शरीर मेरो लागि सुम्पिसक्यौ, कसरी मार्न सक्छौ ?" त्यसैगरी..त्यो दिन देखि, उसको चिलाउने निको हुन्छ ... तर यो हो निर्णय, कि यो शरीर, जो क्रिश्नाभावानामृत छ, जुन कृष्णको लागि कार्य गरिरहेक छन्, उनीहरु यो सोच्नु हुन्न कि यो शरीर मेरो हो भनेर | यो कृष्णको लागि सुम्पिसकियो | त्यसैले यो एकदम सावधानीपुर्वक राख्नुपर्छ, कुनै लापरवाही बिना | जस्तै तिमी यो मन्दिर स्याहार गर्दै छौ किनकि यो कृष्णको हो | त्यसगरी... हामीले धेरै स्याहार सुसारनि गर्न हुँदैन | तर केहि स्याहार चाहिँ हामीले गर्नु पर्छ जसले गर्दा हामी विरामी पर्दैनौ |