NE/Prabhupada 0755 - समुद्र-पीडित

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


Lecture on SB 6.1.7 -- Honolulu, May 8, 1976


प्रभुपाद :तिमीहरुले भागवद गीता पढ्यौ, सर्व​-योनिषु : सबै जन्मको आधारबाट| सर्व​-योनिषु सम्भवन्ति मूर्तयो यः (भा गि १४|४)| त्यहाँ ८४ लाख प्रजातिका जीव छन् | तिनीहरु सबै जीव हुन्, तर कर्मको कारणले गर्दा, तिनीहरुले छुट्टै शरीर पाएका छन् | जस्तै की हामीले आफ्नो चाहना अनुसार लुगा सिलाउँछौ, त्यसैगरी, हामीले हाम्रो चाहना अनुसार वेग्लै शरीर पाउँछौ | यो बिहान हामीले पिडितहरुको कुरा गरिरहेका थियौँ... के भन्छ ? समुन्द्रबाट पिडित भएको व्यक्ति |

भक्त : सर्फर्स |

प्रभुपाद : सर्फ़र, हो (भक्तहरु हाँस्छन्) सर्फ़र | म "सफ्फरर ""समुन्द्र- सुफ्फेरेर "(हाँसछन्) समुन्द्र - सरफर, यो व्यावहारिक हो, किनकि हामीले परिस्थिति बनाउँदै छौँ | जसले गर्दा हामी आब माछा बन्दै छौँ |(हाँस्दै) हो | प्रदुषण .. यदि तिमी आफै कुनै रोगसंग प्रदुषित भयौ भने, तिमी त्यो रोगबाट ग्रसित हुनेछौ | कारणं गुण​-सङ्गो ऽस्य सद्-असद् जन्म​-योनिषु (भा गि १३|२२), भागवद्-गीतामा | किन त्यहाँ धेरै प्रजातिका जीवन छन् ? क हो त्यसको कारण ? त्यसको कारण हो कारणम | कृष्ण भागवद गीतामा भन्नुहुन्छ ... कारणं गुण​-सङ्गो ऽस्य सद्-असद् जन्म​-योनिषु | प्रकृतेः क्रियमाणानि (भा गि ३।२७)। प्रकृति-स्थो ऽपि पुरुषः भुञ्जन्ते तद्-गुणान् (भा गि १३।२२)। त्यसैले कारण यो हो कि .... जसरि हामी प्रदुषित छौँ... प्रकृतिको नियम यस्तो छ कि, यदि तिमी प्रदुषित भयौ भने, रोगि भयौ भने, केहि प्रदुषणले, तिमीले पिडा भोग्नु पर्छ | यो प्रकृतिको नियम हो निरन्तर चलीरहन्छ | कारणं गुण​-सङ्गो ऽस्य​ | त्यसैले त्यहाँ प्रकृतिको तिन गुणहरु छन्- सत्वगुण, रजोगुण, तमोगुण | त्यसैले जहिले सम्म हामी यो भौतिक शरीरमा हुन्छौँ, पुरुषः प्रकृति-स्थो ऽपि भुञ्जन्ते तद्-गुणान् | यदि हामी कुनै ठाउँमा रहिरह्यौँ भने हामीलाई त्यस ठाउँको गुणले प्रभाव पारिरहेको हुन्छ | त्यसैले त्यहाँ तिन गुण हुन्छ:सत्त्व​-गुण​, रजो-गुण​... हामीले कि त सत्वगुण को संग लिनुपर्छ, अथवा रजोगुण अथवा तमोगुण | र अहिले, तिन गुणान तिन, त्यो नौ हुन्छ, र नौ गुणान नौ, त्यो एकसी हुन्छ | त्यसैले मिसियो | रंग जस्तै | त्यहाँ निलो, रातो र पहेँलो रंग छन् | र अब जो रंग बनाउने कुरामा पोख्त छन्, कलाकार, तिनीहरु यी छुट्टा छुट्टै रंगलाई मिसाएर प्रस्तुत गर्छन् | त्यसरिगारी, गुणको प्रभावबाट, संग - कारणं गुण​-सङ्गो ऽस्य​ - हामीले धेरै प्रकारको शरीर पाउँछौ | त्यसैले हामीले धेरै तरिकाको शरीर देख्न सक्छौँ | कारणं गुण​-सङ्गो ऽस्य (भा गि १३|२२)| त्यसैले ऊ प्रकृतिको गुणसंग सम्बन्ध गर्छ त उसले अर्को जीवन माछाको शरीर पाउँछ | ऊ समुन्द्रमा खेल्न पाउँदा खुब खुसि हुन्छ |(हाँस्दै) र अब उसलाई हजारौँ हजार वर्ष लाग्छ, फेरी मानव शरीर पाउनको लागि | जलजा नव​ऌअक्षाणि स्थावरा लक्ष​-विंशति | उसलाई माछाको जीवन पार गर्नुपर्ने हुन्छ | त्यहाँ नौ लाख थुप्रै तरिकाको प्रजाति छ | र त्यसपछि फेरी तिमी जमिनमा आउँछौ -तिमी रुख, बिरुवा र त्यस्तै त्यस्तै .. तिमीहरुले १२ लाख प्रजाति पार गरेर जानुपर्ने हुन्छ | त्यो हो विकासवाद | डार्विनको विकासवाद सिद्धान्त, त्यहाँ राम्रोसँग वर्णन गरिएको छ | त्यो वैदिक ग्रन्थमा उल्लेख छ | त्यसैले ... रुख १० हजार वर्षसम्म उब्बीरहन्छ, हामीहरुलाई यो अवस्थाबाट पार हुनु छ | तर त्यहाँ पूर्णता छैन | हामी यो सोच्दैछौँकि अहिले हामी राम्रो अमेरिकन अथवा इन्डियन शरीर हौँ भनेर | होइन | यसको लागि धेरै वर्ष कुर्नु पर्नेहुन्छ | त्यसैले शास्त्र भन्छ लब्ध्वा सुदुर्लाभं इदं बहु-सम्भवान्ते (भा गि ११।९।२९): "तिमीहरुले यो मान्छेको शरीर धेरै जन्मान्तर पछि पाएका छौ |" त्यसैले यो खेर नाफाल | यो वैदिक सभ्यता हो, त्यसैले यसलाई खेर नाफाल |