NE/Prabhupada 0762 - धेरै कडा हुनुपर्छ, इमान्दारीपूर्वक जप्नुपर्छ । तब तिम्रो यो जीवन तथा अर्को जीवन जोगिन्छ

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


Lecture on SB 6.1.30 -- Honolulu, May 29, 1976


प्रभुपाद : त्यसैले हाम्रो कृष्णभावनामृत आन्दोलन भनेको मान्छेलाई ज्ञान दिनको लागि हो कि तिमी विश्वासगर य नगर, त्यसले केहि समस्या पार्दैन | त्यहाँ भगवान हुनुहुन्छ | त्यहाँ मालिक हुनुहुन्छ | तर उँहा आफै आएर भन्दै हुनुहुन्छ, भोक्तारं यज्ञ​-तपसां सर्व​ऌओक​-महेश्वरं सुहृदं सर्व​-भूतानाम् (भा गि ५।२९): "म नै मालिक हुँ, म नै भोक्ता हुँ, र म नै सबैको साथी हुँ |" यदि तिमीलाई यो भौतिक जीवनको पिडादायिक अवस्थाबाट मुक्त हुनु मन छ भने, म तिम्रो प्रिय साथी हुनेछु | "सुहृदं सर्व​-भूतानाम् | कृष्ण |किनकि उँहा पिता हुनुहुन्छ | अहं बीज​-प्रदः (भा गि १४|४)... यो भन्दा ठुलो साथी अरुको हुन सक्छ?? पिता जहिले "मेरो छोरो खुसी होस् भन्ने चाहनुहुन्छ |" त्यो प्राकृतिक हो | त्यहाँ माग्ने कुरा छैन, "पिताजी, मेरो लागि दया गर्दिनुस |" होइन | पिताजी पहिलेनै दयावान हुनुहुन्छ | तर यदि पिताको बिरोध गर्यौ भने तिमीले दुख पाउनेछौ | त्यसैगरी प्राकृतिकरुपमा भगवान हाम्रो पिता हुनुहुन्छ, भगवान हाम्रो साथी हुनुहुन्छ | अनि उहाँ भन्नुहुन्छ सुहृदं सर्व​-भूतानाम्, अहं बीज​-प्रदः पिता (भा गी १४|४): "म बिजप्रदायक पिता हुँ ..." मानिसको मात्र हैन - सबै प्रजातिको जीवन , तिनिहरु जीव हुन् | त्यसोभए, उनीहरुको कर्म अनुसार, उनीहरुले छुट्टै शरीर पाउँछन् | जस्तै हामीले यो भेटमा छुट्टै लुगा लगाएका छौँ | त्यसैले हामी सबैजना मानिस; लुगा फरक होला | त्यो अर्को कुरो हो | त्यसैले, जीवात्मा भगवानको अंश हो, तर कोहि मनिस बन्न पाए, कोहि बिरालो, कोहि रुख , कोहि किरा, कोहि देवता, कोहि ब्रम्हा, कोहि कमिला - यस्तै नानाथरि | किनकि उनीहरुलाई त्यस्तै बन्न मन छ, र भगवानले उनीहरुलाई त्यस्तै मौका दिनुहुन्छ | "ठिकै छ | तिमीलाई यस्तै बनेर जीवनको आनन्द लिन मन छ भने ? ठिक छ तिमी यस्तो बन |" त्यसैले यो हो बन्दोवस्त, कि भगवान त्यहाँ हुनुहुन्छ, र उँहा सबैको पिता हुनुहुन्छ | उँहा सबैको साथी हुनुहुन्छ | उँहा सधै तयार हुनुहुन्छ | उँहा आफै आएर भन्नुहुन्छ | उँहा धेरै दयामाया हुनुहुन्छ | मात्रै सुन, तुरुन्तै | निशम्य म्रियमाणस्य मुखतो हरि-कीर्तनम् भर्तुर् नाम महाराज पार्षदाः सहसापतन् (भा गी ६|१|३०) भगवानले धेरै दूतहरुलाई पठाउनु भैसक्यो | "मात्र हेर, यदि कोहि म तिर आयो भने | " हेर त | त्यसैले दूतहरु - तिनीहरु जहिँतहीँ जान्छन् - त्यसैले "यहाँ एउटा मान्छे छ, ऊ जप गर्दै छ 'नारायण' भन्दै | आऊ| उसलाई मानौँ |" हेर त | "यहाँ मान्छे छ, ऊ नारायण जप गर्दै छ | हो |" भूर्तुर् नाम महाराज निशंय​ | "ओहो, यो एकदम राम्रो हो | ऊ नारायण भनेर जप गर्दै छ |" तुरुन्तै | यमदूतहरु त्यहाँ थिए - "तिमी को होऊ, उसलाई वाधा गर्ने ? रोक | " त्यसैले यो जप गर्ने मौका को फाइदा लिऊ | हरेर् नाम हरेर् नाम हरेर् नाम एव केवलम् (चै च आदि १७|२१)| तिमी सधैँ सुरच्छित छौ | यमदूतहरु यमराजको आदेश पालक हुन्, तिमीलाई छुनपनि सक्दैनन् | यो एकदम राम्रो छ | त्यसैले यो मौका अपनाऊ, हरे कृष्ण जपेर | म खुसि छु कि, तिमीहरु यति पालन गरिरहेका छौ | तर कडासँग गर, इमान्दारीपुर्वक जप गर - तिम्रो जीवन सुरक्षित हुन्छ, तिम्रो अर्को जीवननि सुरक्षित हुन्छ, सबै ठिकै हुन्छ |

धेरै, धेरै धन्यवाद |

भक्तहरु: जय |