NE/Prabhupada 0801 - प्रविधि ब्राह्मण, क्षत्रिय वा वैश्यको काम होइन

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


Lecture on SB 1.7.16 -- Vrndavana, September 14, 1976

यहाँ एउटा ब्रह्मबन्धु... अश्वत्थामा द्रोणाचार्य नामक ब्राह्मणका पुत्र थिए । तर उसले सुतिरहेका द्रौपदीका पाँच पुत्रहरूलाई अत्यन्त निन्दनीय तरिकाले मर्यो त्यसैले ब्राह्मणको त के कुरा, ऊ त क्षत्रीयभन्दा पनि तुच्छ छ । किनभने क्षत्रीयले पनि सुतिरहेको मानिसलाई मार्दैन । एउटा सच्चा क्षत्रीयले शत्रुलाई सर्वप्रथम चुनौति दिन्छ, त्यसपछि हतियार दिन्छ र बल्ल लडाईं गर्दछ, र अन्त्यमा दुईजनामध्ये एकको वध हुन्छ । यो... त्यसकारण, यहाँ उल्लेख गरिएको छः ब्रह्म–बन्धोहाततायिनः । आततायिनः भनेको आतंककारी हो । अन्य मानिसको श्रीमतीलाई अपहरण गर्ने मानिसलाई आतंककारी भनिन्छ । अन्य मानिसको घरमा आगो लगाउने मानिसलाई आतंककारी भनिन्छ । हतियार लिएर अरुको हत्या गर्न आउने मानिसलाई आतंककारी भनिन्छ । यसप्रकार, आतंकहरूको एउटा सूची छ । त्यसकारण, आतंककारीलाई तत्काल मार्न सकिन्छ । आतंककारीलाई मार्दा कुनै पाप लाग्दैन । अरुको घरमा आगो लगाउने, विष मिसाएर दिने, अकस्मात् घातक हतियारले आक्रमण गर्ने, धन–सम्पत्ति लुट्ने, अथवा खेतीयोग्य जमिन हडप्ने अथवा परस्त्रीलाई प्रलोभनमा फसाउने मानिसलाई आतकंकारी भनिन्छ । सबै कुरा...यो वैदिक ज्ञान हो । सबैको परिभाषा छ । त्यसकारण, अश्वत्थामा एउटा आतंककारी थियो । त्यसकारण, अर्जुनले उसलाई मार्ने निर्णय गर्नुभयो । साधारणतया, ब्राह्मण परिवारमा जन्म लिएको मानिस गुणद्वारा पनि ब्राह्मण बनोस् भन्ने आशा गरिएको हुन्छ । साधारणतया, ब्राह्मण परिवारमा जन्म लिएको मानिस गुणद्वारा पनि ब्राह्मण बनोस् भन्ने आशा गरिएको हुन्छ । यस्तो प्रशिक्षण दिइन्थ्यो । ब्रह्मचारी... साधारणतया, ब्राह्मण तथा क्षत्रयिका पुत्रहरू, विशेषगरी यी दुई वर्ण, तर शूद्रहरू यसमा अभिरुचि राख्दैनथे । तर शूद्रहरू यसमा अभिरुचि राख्दैनथे । सबैको लागि ब्रह्मचारी आश्रमको ढोका खुल्ला छ, तर तल्लो स्तरका मानिसहरू, ब्राह्मण र क्षत्रयिभन्दा बाहेक, तिनीहरू ब्रह्मचारी बन्न चाहँदैनन्, न त तिनीहरूका बाबुआमा नै चाहन्छन् । जस्तै, हामी यो ब्रह्मचारी पाठशाला अर्थात् आश्रम स्थापना गर्न गइरहेका छौँ । तर मलाई शंका लाग्छ, हामीले धेरै विद्यार्थीहरू पाउँछौँ कि पाउँदैनौँ । किनभने यो कलियुगमा मानिसहरू शूद्र बन्न इच्छुक हुन्छन् । कोही पनि ब्राह्मण बन्न चाहँदैन । प्रविधि । प्रविधि भनेको शूद्रको काम हो । प्रविधिको प्रयोग गर्नु ब्राह्मण, क्षत्रीय अथवा वैश्यको काम होइन । होइन । जस्तै कामी, सुनार, सिकर्मी, शिल्पकार । यी सबै प्रविधिहरू हुन् । यी सबै शूद्रहरूका लागि हुन् । ब्राह्मणहरूलाई सत्यवादी हुन प्रशिक्षण दिनुपर्दछ । इन्द्रियहरूलाई नियन्त्रण गर्ने प्रशिक्षण दिनुपर्दछ । सरल तथा सहनशील बन्ने प्रशिक्षण दिनुपर्दछ । यसप्रकार । क्षत्रीयलाई — कसरी बलवान्, दृढ तथा साहसी बन्ने, प्रशिक्षण दिनुपर्दछ । कसैले चुनौति दिँदा नभाग्ने, युद्धबाट नभाग्ने, जग्गा–जमिनहरू जोड्ने, शासन गर्ने, ईश्वरभावश्च तथा दान दिने । यी सबै क्षत्रीयका गुणहरू हुन् । दानहरू सबै क्षत्रीयहरूले दिने गर्दथे । यो देशमा मुस्लिमहरूले शासन गरेको समेत इतिहास छ, तिनीहरूलले समेत वृन्दावनमा धन, जग्गा–जमिन तथा मन्दिरहरू दान दिने गर्दथे । यसका धेरै इतिहासहरू छन् । औरांगजेबले अलिकति जमिन दिए, जहाँगिरले अलिकति जमिन दिए । जहाँगिरले निर्माण गरेको एउटा मन्दिर अझै पनि छ, साथै यमुना नदीको पारीपट्टि जहाँगिर–पुर नामक एउटा गाउँ छ । मन्दिरको व्यवस्थापन सम्हाल्नका लागि त्यो गाउँ ब्राह्मणहरूलाई प्रदान गरिएको थियो । त्यसैले, दान दिनु क्षत्रीयको दायित्व हो र यज्ञको अनुष्ठान गर्नु, दान दिनु, शासन गर्नु, युद्धबाट नभाग्नु, चुनौति दिनु, अत्यन्त बलवान्, मोटोघाटो शरीर — यी सबै क्षत्रीयका गुणहरू हुन् । र वैश्यको गुण हो — कृषि । कृषि–गोरक्ष, तथा गाईको सुरक्षा । कृषि–गोरक्ष–वाणिज्यम् । र यदि आफूलाई आवश्यक पर्नेभन्दा धेरै उत्पादन भएमा वाणिज्य अर्थात् व्यापार गर्दछन् । नत्र व्यापारको कुनै प्रश्न उठ्दैन । र वैश्य...र शूद्र, परिचर्यात्मकम् (भ गी १८।४४) केही तलबका लागि काम गर्नु शूद्रको काम हो । लोहार, सुनार, जुलाहाहरू शूद्र वर्गमा पर्दछन् । तपाईं ऊबाट केही काम लिनुहुन्छ र त्यसबापत उसलाई केही तलब दिनुहुन्छ, उसको पालनपोषण गर्नुहुन्छ । त्यसैले, ऊ शूद्र वर्गमा पर्दछ । अनि शास्त्रमा उल्लेख गरिएको छ, कलौ शूद्र–सम्भवः । कलियुगमा लगभग सबैजना शूद्र हुन् । तपाईंले देख्नुहुनेछ, आजभोलि सबैजना कुनै नोकरी स्वीकार गर्न खोजिरहेका हुन्छन् । एउटा ब्राह्मण परिवारमा जन्मिएको मानिस समेत कुनै राम्रो जागिरको खोजिमा हुन्छ । यो शूद्रको मानसिकता हो । ब्राह्मणहरूले कसैको सेवा गर्न चाहँदैनन्, न त क्षत्रीय न त वैश्य कसैले पनि । केवल शूद्रहरूले मात्र कसैको सेवा गर्न चाहन्छन् ।