NE/Prabhupada 0802 - कृष्ण भावनामृत अभियान यति राम्रो छ कि अधीर पनि धीर बन्छ

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


Lecture on SB 1.7.18 -- Vrndavana, September 15, 1976

त्यसकारण, हामी धीर बन्नुपर्दछ । यसपछि, हामी मृत्युदेखि भयभीत हुनेछैनौँ । जबसम्म हामी धीर हुँदैनौँ... संसारमा दुई किसिमका मानिसहरू हुन्छन्ः धीर तथा अधीर । धीरको अर्थ हुन्छः जो विचलित पार्ने कारण हुँदाहुँदै पनि विचलित हुँदैन । जस्तै, अहिले वर्तमान समयमा हामी मृत्युदेखि भयभीत छैनौँ । जस्तै, अहिले वर्तमान समयमा हामी मृत्युदेखि भयभीत छैनौँ । तर जब भुकम्प आउँदछ, र हामी भयभीत हुन्छौँ यो महल भत्किन सक्दछ, अवरोधको कारण, तब हामी अत्यन्त विचलित हुन्छौँ—कहिलेकाहीँ हामी चिच्याउँछौँ । त्यसैले, जो विचलित हुने कारण हुँदाहुँदै पनि विचलित हुँदैन उसलाई धीर भनिन्छ । धीरस्तत्र न मुह्यति । यो भगवद्गीताको उद्घोष हो । हामी अधीरबाट धीर बन्नुपर्दछ । तर यो कृष्णभावनामृत अभियान यति उत्तम छ, कि अधीर पनि धीर बन्न सक्दछ । यो अभियानको एउटा राम्रो पक्ष यो पनि हो । कृष्णोत्कीर्तन–गान–नर्तन–परौ प्रेमामृताम्भोनिधी धीराधीर । कृष्णोत्कीर्तन–गान–नर्तन–परौ प्रेमामृताम्भोनिधी धीराधीर–जन–प्रियौ । यो कृष्णभावनामृत दुवै वर्ग (धीर तथा अधीर) का मानिसहरूका लागि प्रिय छ, यो कृष्णभावनामृत दुवै वर्ग (धीर तथा अधीर) का मानिसहरूका लागि प्रिय छ, धीराधीर–जन–प्रियौ प्रियकरौ निर्मत्सरौ पूजितौ । यो स्वयं श्रीचैतन्य महाप्रभुले प्रस्तुत गर्नुभएको थियो र षड्–गोस्वामीहरूले यसलाई पछ्याउनुभएको थियो । वन्दे रूप–सनातनौ रघु–युगौ श्रीजीव–गोपालकौ । त्यसकारण, यो अभियान भनेको अधीरलाई धीर बनाउने अभियान हो । सबैजना अधीर छन् । मृत्युदेखि को भयभीत छैन ? को भयभीत छैन...? निश्चय नै, तिनीहरू अति नै नास्तिक छन्, तिनीहरू भुलिहाल्दछन् । तर त्यहाँ कष्ट छ । हामी देख्न सक्दछौँ कि मानिसले मृत्युको समयमा कसरी कष्ट भोग्दछ । कोही मानिसहरू मरणासन्न स्थितिमा पुग्दछन्...आजभोलि यो अत्यन्त सामान्य भएको छ....(अचेत अवस्था) कोमा । कुनै मानिस हप्ता, दुई हप्तासम्म ओछ्यानमा पडिरहन्छ र रोइरहन्छः प्राण जान सकिरहेको छैन, तिनीहरू जो अत्यन्त, अत्यन्त पापी छन् । त्यसकारण, मृत्युको समयमा अत्यन्त ठूलो पीडा हुन्छ । जन्मको समयमा पनि अत्यन्त ठूलो पीडा हुन्छ, र रोगग्रस्त हँुदा पनि पीडा हुन्छ र वृद्ध हुँदा पनि अनेक पीडाहरू हुन्छन् । शरीर त्यति बलवान् छैन । हामी अनेक रुपले कष्ट भोगिरहन्छौँ, विशेष गरी वातरोग तथा अपच । त्यसपछि, उच्च रक्तचाप, टाउको दुख्नु, अनेक रोगहरू लाग्दछन् । त्यसकारण, मानिसले धीर बन्ने प्रशिक्षण लिनुपर्दछ । यी कुराहरू, विचलनहरूले हामीलाई अधीर बनाउँदछ र हामीले धीर बन्ने प्रशिक्षण लिनुपर्दछ । त्यो आध्यात्मिक शिक्षा हो । मानिसले यो जान्नुपर्दछ, मात्रास्पर्शास्तु कौन्तेय शीतोष्णसुखदुःखदाः (भ गी २।१४)। यी कष्टहरू, मात्रास्पर्शाः, तन्मात्र । इन्द्रियहरू, इन्द्रियगत अनुभूतिका आधारमा हामी कष्ट भोगिरहेका छौँ । र यी इन्द्रियहरू भौतिक प्रकृतिद्वारा बनेका छन् । त्यसकारण, मानिस भौतिक प्रकृतिभन्दा माथि उठ्नुपर्दछ, त्यसपछि ऊ धीर बन्न सक्दछ । नत्र, मानिस अधीर नै रहन पुग्दछ । धीराधीर–जन–प्रियौ प्रियकरौ ।