NE/Prabhupada 0804 - हामीले आफ्नो गुरु महाराजबाट सिक्यौं कि प्रचार धेरै महत्वपूर्ण कुरा हो



Lecture on SB 1.7.19 -- Vrndavana, September 16, 1976

प्रभुपादः त्यसैले मन तुमि किसेर वैष्णव । उहाँ भन्नुहुन्छ, “तँ कस्तो किसिमको वैष्णव, बदमाश, होस् ?” निर्जनेर घरे प्रतिष्ठार तरेः “केवल सस्तो मान–प्रतिष्ठाका लागि तँ एकान्त स्थानमा बसिरहेको छस् ।” तव हरिनाम केवल कैतवः “ तेरो हरे कृष्ण मन्त्रको तथाकथित जप केवल ढोंग मात्र हो । उहाँले यही भन्नुभएको छ । मानिस अत्यन्त सशक्त भएर तयार हुनैपर्दछ । यही नै श्रीचैतन्य महाप्रभुको आदेश हो । श्रीचैतन्य महाप्रभुले कहिल्यै पनि भन्नुभएन कि “केवल जप मात्र गर ।” हो, निश्चय नै उहाँले हामीलाई जप गर भन्नुभएको छ, तर जहाँसम्म उहाँको अभियानको प्रसंग छ, उहाँले भन्नुभएको छ कि “तिमीहरू सबै गुरु बन्नुपर्दछ ।” आमार आज्ञाय गुरु है्या तार एइ देश (चै च मध्य ७।१२८) । अनि प्रचार गर, मानिसहरूको उद्धार गर ताकि मानिसहरूले कृष्णलाई जानुन् ।

अामर अज्ञाय गुरु हना तार एइ देश
यारे देख तारे कह कृष्ण उपदेश
(चै च मध्य ७।१२८)

पृथ्वीते आचे यथा नगरादि ग्राम । यो उहाँको अभियान हो । यस्तो होइन कि “महान् वैष्णव बनेर कहीँ बस र हरिदास ठाकुरको नक्कल गर ।” यो सबै बदमाशी हो । यस्तो व्यर्थ कुराको नक्कल गर्नुहुँदैन । त्यसकारण, हामी चाहिँ तपाईंलाई यस्तो सल्लाह दिन सक्दैनौँ । हामीले हाम्रा गुरु महाराजबाट सिकेका छौँ कि प्रचार अत्यन्त, अत्यन्त महत्वपूर्ण सेवा हो । र जब मानिस वास्तवमै अनुभवी प्रचारक बन्दछ, तब ऊ अपराधरहित भई हरे कृष्ण महामन्त्रको जप गर्न सक्दछ । त्यसभन्दा अघि, यो हरे कृष्ण महामन्त्रको तथाकथित जप, तपाईंले कुनै पनि अपराधबिना हरे कृष्ण महामन्त्रको जप गर्ने अभ्यास गर्न सक्नुहुन्छ.... र अन्य सम्पूर्ण दायित्वहरू त्यागेर महान् वैष्णव भएको नाटक गर्न सक्नुहुन्छ । यसको आवश्यकता छैन ।

धेरै धेरै धन्यवाद ।

भक्तहरूः जय प्रभुपाद !