NE/Prabhupada 0811 - रुप गोस्वामीको निर्देशन छ - जसरी भएपनि तपाई कृष्णसँग आसक्त हुनुहोस्

Revision as of 21:33, 29 January 2021 by Vanibot (talk | contribs) (Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


761008 - Lecture SB 01.07.51-52 - Vrndavana


त्यसैले, कृष्ण यो संसारमा आउनुभयो भन्दैमा यो नसोच कि, कृष्ण वृन्दावनमा एउटा ग्वाला केटा रुपमा प्रकट हुनुभयो भन्दैमा यो नसोच.... हो, निश्चय नै, वृन्दावनवासीहरुलाई कृष्ण को हुनुहुन्छ भन्ने ज्ञान छैन । वृन्दावनवासीहरु गाउँवासी हुन् । तिनीहरुलाई कृष्णको बारेमा ज्ञान छैन । तर तिनीहरु कृष्णलाई भन्दा अधिक प्रेम कसैलाई पनि गर्दैनन् । यही नै तिनीहरुको योग्यता हो । तिनीहरु विष्णुलाई समेत चिन्दैनन् । जब गोपीहरुले विष्णु–मूर्तिको दर्शन पाए (कृष्णले विष्णु–मूर्तिको स्वरूप धारण गर्नुभएको थियो) गोपीहरु अगाडि बढिरहेका थिए – तब उनीहरुले भने, “ओहो, यहाँ विष्णु हुनुहुँदोरहेछ । ठीकै छ । नमस्कार ।” उनीहरु विष्णुप्रति समेत आकर्षित भएनन् । उनीहरु केवल कृष्णप्रति आकर्षित भएका थिए, हुन त तिनीहरुलाई कृष्ण स्वयं भगवान् हुनुहुन्छ भन्ने ज्ञान छैन । त्यसैगरी, कृष्ण को हुनुहुन्छ भन्ने नजानेतापनि, यदि तपाईं केवल कृष्णप्रति आसक्त हुनुहुन्छ भने तपाईंको जीवन सफल भयो । जसरी भएपनि तपाईं केवल कृष्णसँग आसक्त हुनुपर्दछ । ...ज्ञास्यसि तच्छृणु (भगवद्गीता ७।१) । केवल तपाईं कृष्णसँग आसक्त हुनुपर्दछ....यही नै कृष्णभावनामृत अभियान हो । जसरी भएपनि तपाईं कृष्णसँगको आसक्तिलाई वृद्धि गर्नुहोस् । जसरी भएपनि । येन केन प्रकारेण मनः कृष्णे निवेशयेत् (भक्तिरसामृत–सिन्धु १।२।४) । यो श्रील रूप गोस्वामीको उपदेश हो । कुनै पनि तरिकाले तपाईं कृष्णसँग आसक्त हुनुपर्दछ । त्यसपछि, तपाईंको जीवन सफल हुनेछ । त्यसैले, कृष्णभावनामृत अभियानले मानिसहरुलाई प्रेरणा दिने प्रयास गरिरहेको छ कसरी कृष्णप्रति आसक्त हुने । यसलाई भक्तियोग भनिन्छ । येन केन प्रकारेण मनः कृष्णे निवेशयेत् । त्यसपछि ? विधि–निषेधाः । भक्तियोगका लागि अनेकौँ विधि–नियमहरु छन् । हो, छन् । र रूप गोस्वामी भन्नुहुन्छ, सर्वे विधि–निषेधाः स्युरेतयोरेव किंकराः । (पद्म पुराण, बृहत–सहस्रनामस्तोत्र) जसरी भएपनि, तपाईं कृष्णसँग आसक्त हुनुहोस्, त्यसपछि सम्पूर्ण विधिहरु र विधि–नियम तथा साधनाहरु तपाईंका दास बन्नेछन् । तिनीहरु स्वतः पालन हुनेछन् । किनभने जब तपाईं कृष्णसँग आसक्त बन्नुहुन्छ, कृष्णले भन्नुभएको छः क्षिप्रं भवति धर्मात्मा । क्षिप्रं भवति धर्मात्मा शश्वच्छान्ति निगच्छति कौन्तेय प्रतिजानीहि न मे भक्तः प्रणश्यति । (भगवद्गीता ९।३१) क्षिप्रम्, अति शीघ्र । अपि चेत्सुदुराचारो भजते मां अनन्यभाक् । साधुरेव स मन्तव्यः (भगवद्गीता ९।३०) यो नसोच्नुहोस् कि यी यूरोपेली अथवा अमेरिकीहरु म्लेच्छ र यवनहरु हुन् । त्यो अपराध हो किनभने यिनीहरु साधु हुन् । तिनीहरुलाई थाहा छैन । तिनीहरुले कुनै पनि गलत बुझाईबिना कृष्णलाई स्वीकारेका छन् । कि “यो पनि राम्रो हो, यो पनि राम्रो हो, यो पनि राम्रो हो ।” तिनीहरु कठोरतापूर्वक आफ्नो गुरुका उपदेशहरु पालन गरिरहेका छन् । कृष्णस्तु भगवान् स्वयम् । (श्रीमद्भागवत १।३।२८) हाम्रो संगतमा रहेको सानो बालक समेत, जस्तै श्यामसुन्दरकी छोरी कोहीसँग बोल्न जाँदा – ऊ पाँच वर्षकी मात्र थिई – उसले सोधी “तपाईं कृष्णलाई चिन्नुहुन्छ ?” अनि त्यो मानिसले भन्यो,“ म चिन्दिनँ ।” “ओहो ! कृष्ण त भगवान् हुनुहुन्छ ।” ऊ यसरी प्रचार गर्दछे । यसप्रकार, तिनीहरु विश्वस्त हुन्छन्, कृष्णस्तु भगवान् स्वयम् । यो विश्वास नै प्राथमिक गुण हो । त्यसपछि, अरु कुराहरु आउनेछन् । सर्वे विधि–निषेधाः स्युरेतयोरेव किंकराः । त्यसैले, यदि कोही कृष्णस्तु भगवान् स्वयम् भन्ने वाणीमा पूर्ण विश्वस्त हुन्छ भने, अनि ऊ त्यसै गर्दछ, नियमहरु पालन गर्दछ, कृष्णैक–शरणम्, वर्णाश्रम धर्म । कृष्णैक–शरणम् । हामी यो चाहन्छौँ । मामेकं शरणं ब्रज । त्यसैले, कृष्णको शरण लिनुहोस् । यो सिद्धान्तमा दृढ बन्नुहोस् कि कृष्ण भगवान् हुनुहुन्छ, कृष्ण परतत्व, परमसत्य हुनुहुन्छ र कृष्ण सर्वव्यापक पनि हुनुहुन्छ । मया ततं इदं सर्वम् (भगवद्गीता ९।४) । कृष्ण सर्वत्र हुनुहुन्छ । जगदव्यक्त–मूर्तिना । यो अव्यक्त । कृष्णको शक्ति सर्वत्र व्याप्त छ ।