NE/Prabhupada 0828 - आफ्नो अधीनमा रहेका व्यक्तिहरुको संरक्षण गर्ने व्यक्तिलाई गुरु भनिन्छ

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


Lecture on SB 5.5.18 -- Vrndavana, November 6, 1976


प्रद्युम्नः अनुवादः “जसले आफ्ना आश्रित जनहरूलाई जन्म र मृत्युको चक्रबाट उद्धार गर्न सक्दैन त्यस्तो मानिस कहिल्यै पनि गुरु, पिता, पति, आमा अथवा आराध्य देवता बन्नुहुँदैन ।”

प्रभुपादः गुरुर्न स स्यात् स्वजनो न स स्यात् पिता न स स्यात् जननी न स स्यात् दैवं न तत् स्यात् न पतिश्च स स्यात् न मोचयेत् यः समुपेत–मृत्युम् (श्रीमद्भागवत ५।५।१८) अघिल्ला श्लोकहरूमा यसको वर्णन गरिएको छ, थत्कस्तं स्वयं तद्–अविज्ञोविपश्चिद् । अभिभावकहरू सबै अभिज्ञ र विपश्चित् अर्थात् विद्वान् हुनुपर्दछ । सरकार, पिता, गुरु, शिक्षक अथवा श्रीमान् समेत... किनभने हामी कसैद्वारा निर्देशित छौँ, सबैजना अरु कोहीबाट निर्देशित छन् । त्यसलाई समाज भनिन्छ । कुकुर र बिरालाको जमातलाई समाज भनिँदैन । जस्तै, कुकुर र बिरालाहरूले सन्तानोत्पत्ति गर्दछन् र त्यसपछि तिनीहरूको कुनै उत्तरदायित्व हुँदैन । कुकुरहरू सडकमा भौँतारिइरहेका हुन्छन्; कसैले पनि उनीहरूको हेरचाह गर्दैन । तर मानव समाज त्यस्तो हुनु हुँदैन । मानव समाजमा उत्तरदायी अभिभावकहरू हुनै पर्दछ । यहाँ केही उत्तरदायी अभिभावकहरूको वर्णन गरिन्छ । सर्वप्रथम, गुरु । या त तपाईं विद्यालय अथवा विश्वविद्यालयमा साधारण शिक्षक बन्नुहोस्, तिनीहरूलाई पनि गुरु भनिन्छ, तर सर्वश्रेष्ठ गुरुचाहीँ आध्यात्मिक गुरु हुनुहुन्छ । केवल गुरु मात्र होइन तर अर्को मानिस जसले अरुलाई सिकाउनका लागि गुरुको पद स्वीकार गरेको छ, ऊ अत्यन्त विद्वान्, अत्यन्त उत्तरदायी, विपश्चित तथा अभिज्ञ हुनुपर्दछ । अभिज्ञातः, यो भगवान्को योग्यता हो । श्रीमद्भागवतम्को शुभारम्भमै उल्लेख गरिएको छः अभिज्ञः । जन्माद्यस्य यतः अन्वयाद् इतरतश्च अर्थेषु अभिज्ञः (श्रीमद्भागवतम् १।१।१) । नियन्त्रण गर्ने मानिस अभिज्ञ बन्नैपर्दछ । यहाँ त्यही कुरा छ । निश्चय नै, हामी भगवान्जस्तो अभिज्ञ बन्न सक्दैनौँ – यो सम्भव पनि छैन – तर त्यो अभिज्ञातः को अलिकति परिमाण हुनै पर्दछ । नत्र, नियन्त्रक बन्नुको के प्रयोजन....? सर्वप्रथम, गुरुको बारेमा भनिएको छ कि, आफ्नो अधीनमा रहेका व्यक्तिहरूको संरक्षण गर्ने मानिसलाई गुरु भनिन्छ । पहिलो नियम यो हो कि तपाईं तबसम्म गुरु बन्नुहँुदैन जबसम्म तपाईं पूर्णतः सचेत बन्नुहुन्न । आफ्ना आश्रितजनहरूलाई कसरी जन्म र मृत्युको मार्गबाट बचाउने ? यो पहिलो प्रश्न हो । यो होइन कि “म तिम्रो गुरु हुँ । म तिम्रो पेटमा भइरहेको पीडाको उपचार गर्न सक्छु ।” तिनीहरू गुरुकहाँ त्यो उद्देश्य लिएर पनि जाने गर्दछन् । साधारणतया, मानिसहरू अर्थात् बदमाशहरू अर्को बदमाश गुरुकहाँ जाने गर्दछन् । त्यो के हो ? “महाशय, मलाई पीडा भइरहेको छ । मलाई केही आशीर्वाद दिनुहोस् ताकि मेरो पीडाको उपचार होस् ।” “तर तिमी किन यहाँ आएका हौ, बदमाश, तिमीहरू आफ्नो पेटमा भइरहेको पीडाको उपचार गर्न यहाँ आएका हौ ? त्यसका लागि तिमी कुनै चिकित्सककहाँ जान सक्दछौ, अथवा तिमी कुनै औषधी पनि खान सक्दछौ । गुरुलाई भेट्न आउनुको उद्देश्य यो हो र ?” तर साधारणतया तिनीहरू गुरुकहाँ आएर केही भौतिक लाभ हुने आशीर्वाद माग्दछन् । तिनीहरू बदमाश हुन्, त्यसकारण कृष्ण पनि उनीहरूका लागि बदमाश गुरु पठाइदिनुहुन्छ । तिनीहरू ठगिन चाहन्छन् । तिनीहरू गुरुलाई भेट्न जानुको उद्देश्य जान्दैनन् । तिनीहरूलाई थाहा छैन । तिनीहरूलाई थाहा छैन कि जीवनको समस्या के हो ? म किन गुरुकहाँ जानुप¥यो ? तिनीहरू जान्दैनन् । र तथाकथित गुरुहरू पनि जनताहरूको यस्तो अज्ञानताको गलत फाइदा उठाउँछन्, अनि तिनीहरू गुरु बन्न थाल्दछन् । अहिले संसारमा यही चलिरहेको छ । गुरुले पनि आफ्नो दायित्व जान्दैन र बदमाश जनताहरू, तिनीहरू पनि गुरुकहाँ किन जानुपर्दछ भन्ने जान्दैनन् । समस्या यही नै हो ।