NE/Prabhupada 0831 - हामी असाधु-मार्गको अनुयायी बन्न सक्दैनौं । हामी साधु-मार्गको अनुयायी बन्नुपर्दछ

Revision as of 05:48, 27 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0831 - in all Languages Category:NE-Quotes - 1972 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

The Nectar of Devotion -- Vrndavana, November 13, 1972


प्रद्युम्न: "अब यस साधना-भक्ति वा भक्तिमय सेवाको अभ्यासलाई पनि दुई भागमा विभाजन गर्न सकिन्छ । पहिलो भागलाई विधि–नियम भनिन्छ । मानिसले आफ्नो गुरुको आदेशअनुसार अथवा प्रामाणिक शास्त्रअनुसार यी विभिन्न विधि–नियमहरूको पालन गर्नुपर्दछ ।” प्रभुपादः हो । विधि–नियमहरू भनेको आफूले उत्पादन गरेको नियम होइन । विधि–नियम भनेको प्रामाणिक नियमहरू हुन् जसलाई प्रामाणिक शास्त्रहरूमा उल्लेख गरिएको हुन्छ, र गुरु महाराजले ती नियमहरू हामीलाई बताइदिनुहुन्छ । किनभने हामी जान्दैनौँ । जब गुरु महाराजले हामीलाई बताउनुहुन्छ तब त्यो ठीक हुन्छ । साधु गुरु, साधु–शास्त्र–गुरु–वाक्य, तिनेते करिया ऐक्य । नरोत्तमदास ठाकुर यही शिक्षा दिनुहुन्छ । पालन गरिने नियमहरूलाई साधु–मार्ग–अनुगमनम् भनिन्छ । हामी असाधु–मार्गको अनुयायी बन्न सक्दैनौँ । हामी साधु–मार्गको अनुयायी बन्नुपर्दछ । महाजनो येन गतः स पन्थाः (चै.च. मध्यलीला १७।१८६) । कुनै नयाँ भजन तथा नयाँ सिद्धान्तहरू प्रतिपादन गरेर हामी कुनै ठग गुरुको अनुयायी बन्न सक्दैनौँ । हामी त्यसको अनुयायी बन्न सक्दैनौँ । जुन प्रामाणिक भजन हो, त्यो मात्र हामी गाउनेछौँ । जुन प्रामाणिक मार्ग छ, हामी त्यही मार्गमा हिँड्नेछौँ । साधु–गुरु–शास्त्र–वाक्य । जुन प्रामाणिक मार्ग छ, हामी त्यही मार्गमा हिँड्नेछौँ । साधु–गुरु–शास्त्र–वाक्य । र शास्त्र भनेको साधु तथा गुरुको वाणी हो । त्यसकारण, साधु, गुरु तथा शास्त्र सबै समान हुन् । त्यसकारण, तिनीहरूको शिक्षा एउटै हुनुपर्दछ । यदि कुनै साधु शास्त्रविपरीत बोलिरहेको छ भने ऊ साधु होइन । यदि कुनै साधु शास्त्रविपरीत बोलिरहेको छ भने ऊ साधु होइन । र शास्त्र भनेको वास्तविक गुरु र साधु हो । शास्त्र भनेको के हो ? श्रीमद्भागवतमा भनिएको छ । श्रीमद्भागवतको अध्ययन गर्नु भनेको हामी सच्चा साधु तथा गुरुको चरित्रको अध्ययन गरिरहेका छौँ । जस्तै, प्रल्हाद महाराज, प्रल्हाद–चरित्र, धु्रव–चरित्र, अम्बरीष–चरित्र, पाण्डवहरू, भीष्म आदि । अतः भागवत भनेको भगवान् तथा भक्तहरूको महिमाको विवरण हो । यत्ति हो । यही नै भागवत हो । अतः साधु–गुरु–शास्त्र–वाक्य, तिनेते करिया ऐक्य । अतः यसलाई साधना–भक्ति भनिन्छ । हामीले गुरुबाट उपदेश लिनु अनिवार्य छ । आदौ गुर्वाश्रयम्, सद्–धर्म–पृच्छत् । कसलाई गुरुको आवश्यकता पर्दछ ? जो सद्–धर्मप्रति जिज्ञासु छ, असद्–धर्मप्रति होइन । सद्–धर्म–पृच्छत् । तस्मात् गुरुं प्रपद्येत जिज्ञासुः श्रेय उत्तमम् (श्रीमद्भागवत ११।३।२१) । जब कुनै मानिस दिव्य विषय–वस्तुबारे बुझ्न जिज्ञासु बन्दछ तब उसलाई एउटा गुरुको आवश्यकता पर्दछ । एउटा गुरु स्वीकार गर्नु भनेको कुनै फेशन होइन । जस्तै, हामी एउटा कुकुर पाल्दछौँ, त्यसैगरी, यदि हामी कुनै गुरु पाल्दछौँ यदि हामी आफ्ना सम्पूर्ण पापकर्महरूलाई रूजु गराउनका लागि गुरु पाल्दछौँ भने त्यसलाई गुरु स्वीकार गरेका भनिँदैन । आध्यात्मिक गुरु भनेको तत् विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया (भगवद्गीता ४।३४) हो । जब तिमी पूर्ण रूपमा शरणागत हुन सक्छौ तब मात्र तिमीले गुरु स्वीकार गर्नुपर्दछ, अनि उहाँको सेवा गर्नुपर्दछ । त्यसलाई गुरु भनिन्छ । साधु–मार्ग–अनुगमनम् । सत्–धर्म–पृच्छत् । अतः दिव्य विषयवस्तुप्रति जिज्ञासु बनेको मानिसलाई आध्यात्मिक गुरुको आवश्यकता पर्दछ । तत् विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया । तत् विज्ञानार्थं स गुरुमेव अभिगच्छेत् (मुण्डक उपनिषद १।२।१२) । तद्विज्ञान अर्थात् त्यो विज्ञान भनेको आध्यात्मिक जीवनको विज्ञान हो । जुन मानिस फेशनका रूपमा गुरु राख्ने होइन तर आध्यात्मिक जीवनको विज्ञानप्रति साँच्चै जिज्ञासु छ भने, ऊ गम्भीर हुनै पर्दछ । तस्मात् गुरुं प्रपद्येत जिज्ञासुः श्रेय उत्तमम् (श्रीमद्भागवत ११।३।२१) । सर्वप्रथम, मानिसले भौतिक अथवा आध्यात्मिक, कुन विषयवस्तुप्रति ऊ जिज्ञासु भएको हो, त्यो जान्नुपर्दछ । यदि ऊ साँच्चै नै आध्यात्मिक गुरूप्रति आकर्षित छ भने, उसले सुयोग्य तथा प्रामाणिक आध्यात्मिक गुरु खोज्नुपर्दछ । गुरुमेव अभिगच्छेत् । उसले पत्ता लगाउनैपर्दछ । यसको अरु कुनै विकल्प छैन । तिमीले गुरु खोज्नै पर्दछ । तिमीले यसलाई उपेक्षा गर्न सक्दैनौ । एउटा सुयोग्य गुरुबिना तिमी एक कदम पनि अघि बढ्न सक्दैनौ ।