NE/Prabhupada 0832 - सरसफाई भागवत स्तरको छेउमा हुन्छ

Revision as of 05:50, 27 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0832 - in all Languages Category:NE-Quotes - 1974 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on SB 3.25.16 -- Bombay, November 16, 1974


प्रक्रिया भनेको मनलाई सम्पूर्ण फोहोर कुराबाट सफा पार्नुपर्छ | सबजनाको मन मित्र पनि हो; शत्रु पनि हो | यदि यसलाई कल्मषमुक्त राखिन्छ भने यो साथी हुन्छ र यदि यो कल्मषयुक्त हुन्छ भने..... जस्तै यदि तिमीले आफुलाई फोहोर राख्छौ भने तिमीलाई रोग लाग्छ | र यदि तिमीलाई सफा राख्छौ भने तिमी निरोगी रहनेछौ | यदि तिमीले कार्य गर्छौ, बाँकी..... तसर्थ वैदिक सभ्यता अनुसार, मानिसले दैनिक तीन पटक- त्रि-सन्ध्या, आफ्नो शुद्धिकरण गर्नुपर्छ | बिहान सबेरै, अनि मध्य-दिनमा, अनि साँझमा | जसले ब्राह्मण नियमको कठोर अनुसरण गर्छन्..... वैष्णव पनि | वैशंव भनेको ऊ पहिल्यै ब्राह्मण हुन्छ | त्यसैले उसले नियम पालन...... सत्यं शमो दमस् तितिक्षा आर्जवं ज्ञानं विज्ञानम् आस्तिक्यम्... (भ गी १८|४२) | सरसफाई भागवत स्तरको छेउमा हुन्छ | वास्तवमा, हाम्रो भौतिक बद्ध जीवन भनेको मन फोहोरले ढाकिएको छ, सबै कल्मषले ढाकिएको छ | त्यो रोग हो | जब हामी तमो-गुण र रजो-गुणको निम्न-स्तरमा हुन्छौं, यी कल्मषहरु प्रमुख रुपमा हुन्छन् | तसर्थ हामी तमो-गुण र रजो-गुणको स्तरबाट सतो-गुणको स्तरमा उठ्नुपर्छ | यसरी मनको सफाई गर्ने प्रक्रिया सिफारिश गरिएको छ: शृण्वतां स्व​-कथाः कृष्णः पुण्य​-श्रवण​-कीर्तनः (श्री भा १|२|१७) | हामीले कृष्ण-कथाको श्रवण गर्नुपर्छ | कृष्ण सबैको हृदयभित्र विराजमान हुनुहुन्छ र जब उहाँले देख्नुहुन्छ कि एउटा बद्ध जीव....... हरेक जीव कृष्णको अंश भएको कारण कृष्ण चाहनुहुन्छ कि "हरेक जीव धुर्त भएर भौतिक आनदप्रति धेरै आसक्त छ, जुन उसको जन्म-मृत्यु, बुढ्यौली र रोगको बन्धनको कारण हो, र ऊ यति मुर्ख छ कि यसले सोच्दैन कि 'मैले जन्म, मृत्यु, बुढ्यौली र रोग किन भोग्नुपर्यो ?' "ऊ धेरै मुर्ख बनेको छ | मुढ | तसर्थ तिनीहरुलाई मुढ वा गधा भनिन्छ | जस्तै गधालाई थाहा हुँदैन कि उसलाई किन धेरै भारी बोकाइन्छ, धोबीको धेरै लुगाहरु बोकाइन्छ | केको लागि ? उसलाई कुनै लाभ छैन | कुनै पनि लुगा उसका होइनन् | धोबीले थोरै घाँस दिन्छ जुन सर्वत्र उपलब्ध हुन्छ | तर त्यो गधाले सोच्छ कि "मलाई धोबीले यति थोरै घाँस दिंदैछ | त्यसैले मैले उसको भारी बोक्नुपर्छ, जबकी कुनै पनि लुगा मेरो होइन |" यस्तो प्रवृत्ति कर्मीहरुको हुन्छ | ठुला-ठुला कर्मीहरु, ठुला-ठुला धनाढ्यहरु गधाजस्तै हुन् किनकि तिनीहरु धेरै मेहेनत गर्दैछन् | यी ठूलामात्र होइनन् तर साना पनि | दिन र रात | तर दुइटा चापाटि वा तीनवटा चापाटि व बढीमा चार चापाटि खान्छन् | तर उसले धेरै मेहेनत गर्छ | यीई तीन-चार चापाटि त गरिब मानिसले पनि प्राप्त गर्न सक्छ, तर उसले किन यति धेरै मेहेनत गर्छ ? किनकि उसले सोच्छ,"यति ठूलो परिवारको पोषण गर्नु मेरो जिम्मेवारी हो |" त्यसैगरी एउटा नेताले पनि त्यस्तै सोच्छ कि "मेरो अनुपस्थितिमा मेरा राष्ट्रका सम्पूर्ण जनताहरुको नाश हुनेछ | त्यसैले मैले दिन-रात कार्य गर्नुपर्छ | जबसम्म मेरो मृत्यु हुँदैन व जबसम्म मेरो हत्या हुँदैन, तबसम्म मैले धेरै मेहेनत गर्नुपर्छ |" यस्ता प्रवृत्तिलाई कल्मष भनिन्छ | अहं ममेति (श्री भा ५|५|८) | अहं ममेति | अहं ममाभिमानोत्थैः | यी कल्मषहरु....... व्यक्तिगत, सामाजिक, राजनैतिक, सामुदायिक वा राष्ट्रिय अवधारणा | जे भए पनि | यी दुई कुराहरु प्रधान छन् अहं ममेति (श्री भा ५|५|८) | "म यस परिवारसँग सम्बन्धित छु | म यस राष्ट्रसँग सम्बन्धित छु | म यस समाजसँग सम्बन्धित छु | मेरा कर्तव्य यस्ता छन् |" तर उसलाई थाहा छैन कि यी सब गलत उपाधि हुन् | त्यसलाई अज्ञानता भनिन्छ | तसर्थ चैतन्य महाप्रभुले उपदेश दिनुहुन्छ कि जीवेर स्वरूप हय नित्य​-कृष्ण​-दास (चै च मध्य २०|१०८-१०९) | वास्तविक अवस्था भनेको कृष्णको नित्य दास | त्यो वास्तविक अवस्था हो | तर उसले सोच्छ,"म यस परिवारको दास हुँ | म यस राष्ट्रको दास हुँ | म यस समुदायको दास हुँ......" धेरै | अहं ममेति (श्री भा ५|५|८) | अज्ञानताको कारण तमो-गुण हो | तमो गुण |