NE/Prabhupada 0845 - एउटा कुकुरलाई पनि थाहा हुन्छ कि कसरी मैथुन गर्ने । उसलाई फ्रायडको दर्शन चाहिंदैन

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


761217 - Lecture BG 03.25 - Hyderabad


सक्ताः कर्मण्य विद्वांसो यथा कुर्वन्ति भारत कुर्याद् विद्वांस्तथा सक्तः चिकीर्षुः लोकसंग्रहम् (भगवद्गीता ३।२५) । संसारमा दुई किसिमका मानिसहरू हुन्छन्ः विद्वान् तथा मूर्ख । अनपढ मानिस मूर्ख नहुन पनि सक्छ । मनुष्यहरू पशुपक्षीभन्दा निश्चय नै बुद्धिमान् हुन्छन् । तर मनुष्यहरूमध्ये पनि कोही धेरै बुद्धिमान् हुन्छन् भने कोही कम बुद्धिमान् हुन्छन् । तर समग्रमा भन्नुपर्दा, मनुष्यहरू पशुपक्षीभन्दा बढी बुद्धिमान् हुन्छन् । जहाँसम्म बुद्धिको प्रसंग छ, आहार, निद्रा, भय (आत्मरक्षा) तथा मैथुनअनुसार विचार गर्दा, पशुपक्षी तथा मनुष्यहरू दुवै समान छन् । आहार, निद्रा, भय र मैथुनका लागि कुनै शिक्षाको आवश्यकता पर्दैन । एउटा कुकुरलाई समेत थाहा हुन्छ कि कसरी मैथुन गर्ने भनेर । मैथुनका बारेमा जान्नका लागि उसले फ्रायडको दर्शनशास्त्र अध्ययन गरिरहनुपर्दैन । तर बदमाश मानव समाजले सोचिरहेको छ, कि “ओहो, फ्रायड महान् दार्शनिक हुन् । उनले मैथुनका बारेमा लेखिरहेका छन् ।” अहिले संसारमा यही चलिरहेको छ । आहार केवल आहार... संसारमा प्रशस्त जमिन छ । अलिकति परिश्रम गर्नुहोस्, तपाईंले अन्नबाली प्राप्त गर्नुहुनेछ, र तपाईंले प्रशस्त मात्रामा भोजन प्राप्त गर्नुहुनेछ । तर भोजनका लागि तपाईंले अत्याधुनिक कसाईखाना खोलेर ठूलाठूला गाईहरू ल्याउनु आवश्यक छैन र ती निमुखा प्राणीहरूको रगतको मूल्यमा शहरी जीवन बिताउनु जरुरी छैन यो बुद्धिको दुरूपयोग हो । यो सत्बुद्धि होइन । त्यसकारण, एउटा भक्त जो वास्तवमै बुद्धिमान् छ, उसले आफ्नो बुद्धिलाई कसरी सदुपयोग गर्ने हो, देखाउनुपर्दछ । यहाँ त्यसको वर्णन गरिएको छ, सक्ताः कर्मण्य विद्वांसः । अविद्वांसः भनेको मूर्ख तथा अल्पज्ञानी मानिसहरू हुन्, तिनीहरूले अनेक किसिमका गतिविधिहरू आविष्कार गरेका छन्ः यो केवल मूर्खता हो । त्यसकारण, आधुनिक सभ्यता, सभ्यताको तथाकथित प्रगति, मेरो मतलब, अविद्वांसः ले योजना गरेका हुन् । अर्थात् अल्पज्ञानी मानिसहरूले । यो कुनै सभ्यताको प्रगति होइन । त्यसकारण, तिनीहरू आत्माको देहान्तरणमा विश्वास गर्दैनन् । तिनीहरू विश्वास गर्दैनन्, तिनीहरू मानव जीवनको प्रमुख उद्देश्यबाट भाग्न चाहन्छन् । र तिनीहरू यो जीवनमा पचास अथवा साठी वर्ष बाँच्ने योजना बनाउँछन्, उनीहरू सक्ताः अर्थात् भौतिक रूपमा आसक्त भएर ठूलाठूला योजनाहरू बनाउँछन् । सक्ताः कर्मणि र उनीहरू व्यस्त हुनका लागि नयाँ–नयाँ उपायहरूको आविष्कार गरिरहन्छन् । अविद्वांसः । तिनीहरू आफ्नो मस्तिष्क तथा बुद्धिलाई कसरी सदुपयोग गर्ने हो, जान्दैनन् । त्यसका बारेमा हामीले अघिल्लो दिन बहस गरिसकेका छौँ कि प्रवृत्तिं च निवृत्तिं च न विदु आसुरा जनाः (भगवद्गीता १६।७) । आफ्नो मस्तिष्क तथा बुद्धिलाई कसरी सदुपयोग गर्नुपर्ने हो तिनीहरू जान्दैनन् । एउटा देवता तथा असुरबीच हुने भिन्नता यही नै हो । असुरहरूलाई यसको ज्ञान हुँदैन । असुरले विचार गर्दछ कि ऊ सदासर्वदा बाँच्नेछ, र उसलाई भौतिक सुख–सुविधाहरूका लागि ठूलाठूला योजनाहरू तयार गर्न देऊ । यो आसुरी सभ्यता हो । उसलाई यो संसारमा सधैँ बस्ने अनुमति छैन । दुःखालयं अशाश्वतम् (भगवद्गीता ८।१५) । यो दुःखकष्ट भोग्ने स्थान हो ताकि हामीले हाम्रो वास्तविक स्वरूपलाई बुझ्न सकौँ । तर यी मूर्खहरू यी दुःखकष्टहरूलाई विचारै गर्दैनन् । तिनीहरू अरु दुःख पाउनका लागि अनेक योजनाहरू बनाइरहेका छन् । यो मूर्ख सभ्यता हो । तिनीहरू सक्दैनन्....तथाकथित वैज्ञानिकहरू शब्दजाल बिच्छ्याएर प्रगति गरेको गफ गर्दछन् । र आज बिहान हामी बहस गरिरहेका थियौँ, कुनै पनि बुद्धिमान् मानिसले सोध्न सक्दछ, “तपाईंले कुन समस्याको समाधान गर्नुभएको छ ? तपाईंले जन्म, मृत्यु, वृद्धावस्था तथा रोगरूपी समस्याहरूको कुन समाधान निकाल्नुभएको छ ? तपाईंले यी समस्याहरूलाई समाधान गर्नुभएको छ ?” “हो, हामी प्रयास गरिरहेका छौँ, करोडौँ वर्षपछि यो सम्भव हुन सक्ला |” उनीहरू यो पनि भन्दछन्....“हुन सक्छ, हामी अमर पनि हुन सक्छौँ ।” तिनीहरू यस्तो बोल्दछन् । किनभने तिनीहरूको यो आश्वासनलाई पुष्टि गर्नका लागि अहिले को करोडौँ वर्ष बाँचेर त्यस्तो दिन देख्न सक्छ ? सबैजना पचास अथवा साठी वर्षपछि समाप्त हुनेछन् । तिमी पनि, हे बदमाश, तिमी पनि समाप्त हुनेछौ । र तपाईंको भविष्यवाणीलाई हेर्नका लागि को बाँचिरहनेछ ? अहिले यही चलिरहेको छ । त्यसकारण, आदर्श जीवनशैली प्रदर्शन गर्नु बुद्धिमान् मानिसको कर्तव्य हो ।