NE/Prabhupada 0853 - हामी यो लोकमा मात्र आएका होइनौं । हामीले अन्य लोकहरुमा पनि यात्रा गरिसकेका छौं

Revision as of 07:25, 27 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Nepali Pages - 207 Live Videos Category:Prabhupada 0853 - in all Languages Category:...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

750306 - Lecture SB 02.02.06 - New York


अतः वास्तवमा यो सत्य हो । हामी सम्पूर्ण ब्रह्माण्डभरी नै यात्रा गरिरहेका छौँ । हामी यो लोकमा मात्र आएका होइनौँ । हामीले अन्य अनेक लोकहरूमा पनि यात्रा गरिसकेका छौँ । हामी यो लोकमा मात्र आएका होइनौँ । हामीले अन्य अनेक लोकहरूमा पनि यात्रा गरिसकेका छौँ । नत्र, कृष्णले कसरी भन्न सक्नुहुन्छ कि सम्पूर्ण जीवात्माहरू (सर्वभूतानि) भौँतारिइरहेका छन् (भ्रामयन्)ः या त उच्च लोकहरूमा या त यो पृथ्वीलोकमा ? र ऊ कसरी यात्रा गरिरहेको छ ? यन्त्रारूढानि । यो यन्त्र, यो शरीर । उसलाई शरीर प्रदान गरिन्छ । अब यदि तिमी चन्द्रलोक अथवा अन्य कुनै उच्चलोकमा जान चाहन्छौ भने तिमीले त्यो अवसर पनि पाउनेछौ । तर तिमी आफ्नो तथाकथित तुच्छ स्पुतनिकबाट त्यहाँ जान सक्दैनौ । अहँ । तिमीले कृष्णबाट एउटा यन्त्र, सवारी साधन अर्थात् यान प्राप्त गर्नुपर्दछ । यदि तिमी गम्भीर छौ र चाहन्छौ भने अर्थात् यदि तिमी चन्द्रलोकमा जान चाहन्छौ भने, तिमीले कृष्णसँग प्रार्थना गर्नुपर्दछ ः “मलाई एउटा यन्त्र दिनुहोस् जसद्वारा म चन्द्रलोकमा पुग्न सक्दछु ।” त्यसपछि मात्र तिमी जान सक्दछौ । नत्र, तिमीले अनावश्यक रूपमा धन मात्र खर्च गर्नेछौ, र कहीँ जाने प्रयास गरेर त्यहाँबाट केही धुलो लिएर आउनेछौ, अनि तिमीले भन्नेछौ, “अब हामी विजयी भयौँ ।” यत्ति हो । तर यदि तिमी गम्भीर रूपमा नै त्यहाँ जान चाहन्छौ भने तिमीले यो जीवनमा त्यहाँ जानका लागि तयारी गर्नुपर्दछ ।v परमेश्वरलाई प्रार्थना गर जसले यो सम्पूर्ण चन्द्रमा, सूर्य, पृथ्वी तथा अन्य लोकहरूको सृष्टि गर्नुभएको छ, र उहाँले नै तिमीलाई त्यहाँ जानका लागि योग्य अथवा उपयुक्त बनाइदिनुहुनेछ । तिमी सूर्यलोकमा जान सक्दैनौ । त्यहाँ अत्यन्त अत्यन्त तातो हुन्छ, त्यहाँ उच्च तापक्रम हुन्छ । त्यसैगरी, चन्द्रलोकमा अत्यन्त, अत्यन्त चिसो हुन्छ । त्यसकारण, तिमी यो शरीर लिएर त्यहाँ कसरी जान सक्दछौ ? यो शरीर भनेको एउटा यन्त्र हो । त्यहाँ जानका लागि तिमीले अर्को यन्त्र धारण गर्नुपर्दछ । यही नै प्रकृया हो । यही नै प्रकृया हो । कृष्णले भगवद्गीतामा यो उल्लेख गर्नुभएको छः यान्ति देवव्रता देवान् पितृन् यान्ति पितृव्रताः भूतेज्या यान्ति भूतानि मद्–याजिनोऽपि यान्ति माम् (भगवद्गीता ९।२५) । कृष्णले सबैकुरा स्पष्ट पार्नुभएको छ कि यदि तिमी स्वर्गीय लोकहरूमा जान चाहन्छौ भने अथवा उच्चलोकहरूमा जान चाहन्छौ भने ती लोकहरू तिम्रा अगाडि प्रस्तुत छन् । तिमी ती लोकहरूलाई देख्न सक्छौ, तिमी सूर्यलोकलाई देख्न सक्छौः तर तिमी त्यहाँ जान योग्य छैनौ । तर त्यहाँ पनि जीवन हुन्छ । यो कुनै काल्पनिक कुरा होइन । त्यहाँ पनि एउटा तापक्रम हुन्छ, शास्त्रले भन्दछ, यच्चक्षुरेष सविता सकल–ग्रहणाम् (ब्रह्म–संहिता ५।५२) । सविता भनेको सूर्य हो । सूर्य नै सम्पूर्ण लोकहरूका आँखा हुनुहुन्छ किनभने सूर्यको प्रकाशबिना तिमी केही पनि देख्न सक्दैनौ । तिमी आफ्ना आँखाको खुब घमण्ड गर्दछौ तर सूर्यको प्रकाश बन्द हुनासाथ तिमी अन्धो बन्न पुग्छौ । त्यसकारण, भनिएको छ, यच्चक्षुरेष सविता सकल–ग्रहाणाम् । सम्पूर्ण लोकहरूमा जबसम्म सूर्यको प्रकाश पुग्दैन तबसम्म तिमी केही पनि देख्न सक्दैनौ । र सूर्यलोक तिम्रै अगाडि विराजमान हुनुहुन्छ । प्रत्येक दिन बिहान तिमीले सूर्यको किरण प्राप्त गर्दछौ । तिमी किन त्यहाँ जाँदैनौ ? हँ ? जाऊ । तिमीसँग राम्रो ७४७ छ । (हाँसो चल्छ) तिमी यसरी त्यहाँ जान सक्दैनौ । त्यसका लागि तिमीले प्रार्थना गर्नुपर्दछ । ईश्वर, कृष्ण तिम्रो हृदयभित्र विराजमान हुनुहुन्छ र यदि तिमी व्यग्रतापूर्वक प्रार्थना गर्दछौ भने उहाँ अत्यन्त दयालु हुनुहुन्छ । त्यसकारण, उहाँ तिमीलाई विभिन्न किसिमका यन्त्रहरू दिन सक्नुहुन्छ । भ्रामयन् सर्वभूतानि यन्त्रारूढानि मायया (भगवद्गीता १८।६१) । भ्रामयन् भनेको उहाँ जीवात्माहरूलाई प्रत्येक लोकहरूमा प्रत्येक जीवयोनिहरूमा भ्रमण गराउनुहुन्छ । सर्वभूतानिः सम्पूर्ण जीवयोनिहरूमा । संसारमा विभिन्न प्रकारका पक्षीहरू, विभिन्न प्रकारका पशुहरू तथा विभिन्न प्रकारका मनुष्यहरू पाइन्छन् । यसलाई विचित्र अर्थात् विविधता भनिन्छ । भगवान्को सृष्टिमा अनेक विविधता छ । अतः यदि तिमी यो भौतिक जगतभित्र कहीँ जान चाहन्छौ अथवा यो भौतिक जगतभन्दा पर जान चाहन्छौ भनेः परस्तस्मात्तु भावोऽन्योऽव्यक्तोऽव्यक्तात् सनातनः (भगवद्गीता ८।२०) । कृष्ण तिमीलाई जानकारी दिनुहुन्छ कि अर्को पनि एउटा जगत छ । त्यसलाई आध्यात्मिक जगत भनिन्छ । जस्तै, हामीलाई यो अनुभव छ, हामी कहीँ पनि जान नसकेतापनि, हामीले भूगोलशास्त्रको अध्ययनद्वारा भौतिक जगतमा करोडौँ लोकहरू छन् भन्ने जान्न सक्दछौँ । त्यसैगरी, अर्को पनि एउटा जगत छ । अर्को पनि एउटा जगत छ । भौतिक जगतजस्तो होइनः त्यो जगत यो भौतिक जगतभन्दा तीन गुणा ठूलो छ । यो संसार त भगवान्को सृष्टिको एक अंश मात्र हो । एकांशेन स्थितो जगत् । यो संसार त भगवान्को सृष्टिको एक अंश मात्र हो । एकांशेन स्थितो जगत् । विष्टभ्याहमिदं कृत्स्नं एकांशेन स्थितो जगत् (भगवद्गीता १०।४२) ।