NE/Prabhupada 0856 - जीवात्माको छुट्टै व्यक्तित्व हुन्छ र भगवानको पनि छुट्टै व्यक्तित्व हुन्छ

Revision as of 07:34, 27 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Nepali Pages - 207 Live Videos Category:Prabhupada 0856 - in all Languages Category:...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

740327 - Conversation - Bombay


जीवात्माको छुट्टै व्यक्तित्व हुन्छ र भगवान्को पनि छुट्टै व्यक्तित्व हुुन्छ

प्रभुपादः त्यसकारण, अनादिकालमा, सृष्टि हुनुभन्दा पनि अघि भगवान्को अस्तित्व थियो; र सृष्टि भएपछि जब अन्ततः प्रलय हुन्छ, त्यसपछि पनि उहाँको अस्तित्व रहिरहनेछ । यसलाई दिव्य स्थिति भनिन्छ ।

पञ्चद्रविडः तात्पर्यः भगवान्को स्वरूप सदा दिव्य हुन्छ, किनभने सृष्टिका लागि कारण तथा प्रभावजन्य शक्तिहरूको आवश्यक पर्दछ......(मौन)

प्रभुपाद:....यो कमिजको सृष्टि गर्नुपूर्व यो निराकार थियो । त्यो कपडाको कुनै हात थिएन, कुनै घाँटी थिएन र कुनै शरीर थिएन । यो त्यही कपडाको रूपमा थियो । तर दर्जीले मानिसको शरीरअनुसार त्यो कपडामा हातको आवरण निर्माण ग¥यो र यो हातजस्तै देखिन्छ । यो छातीको आवरण पनि छातीजस्तै देखिन्छ । त्यसकारण, निराकार भनेको भौतिक आवरण हो । नत्र जीवात्माको त छुट्टै व्यक्तित्व हुन्छ । जस्तै, तपाईं दर्जीकहाँ जानुहुन्छ र दर्जीले तपाईंको शरीरको नापअनुसार कोटको कपडा काट्नेछ । यो कोट, कोटका अवयवहरू र कपडा सबै निराकार हुन्छन् । तर दर्जीले त्यसबाट एउटा मानिसको आकारको आवरण निर्माण गर्दछ । अर्को शब्दमा भन्दा, जीवात्मा पनि व्यक्ति हो र भगवान् पनि व्यक्ति हुनुहुन्छ । निराकार भनेको आवरण हो । यसलाई बुझ्ने कोशिश गर । आवरण निराकार हुन्छ तर मानिस निराकार हुँदैन । ऊ आवरणद्वारा ढाकिएको छ । ऊ निराकार होइन । ऊ एउटा व्यक्ति हो । यो अत्यन्त सरल उदाहरण हो । कोट र कमिजको व्यक्तित्व छैन, तर त्यो कोट र कमिज लगाउने मानिसको व्यक्तित्व छ । ऊ एउटा व्यक्ति हो । त्यसोभए, भगवान् कसरी निराकार हुन सक्नुहुन्छ ? भौतिक शक्तिको व्यक्तित्व छैन । यसको वर्णन गरिएको छ..... ...भगवद्गीतामा यसको वर्णन गरिएको छः मया ततमिदं सर्वं जगदव्यक्त–मूर्तिना (भगवद्गीता ९।४) । यो जगत अव्यक्त अर्थात् निराकार छ । यो पनि कृष्णको एउटा शक्ति हो । त्यसकारण, कृष्ण भन्नुहुन्छ, “म अव्यक्त रूपमा विस्तारित छु ।” त्यो अव्यक्त गुण कृष्णकै शक्ति हो । त्यसकारण, भौतिक आवरण अव्यक्त छ, तर जीवात्मा अथवा परमात्मा व्यक्ति हुनुहुन्छ । यस विषयमा कसैको केही प्रश्न छ ? यो अत्यन्त जटील प्रश्न हो, कसैको केही प्रश्न छ ? यदि यो कुरा बुझ्न केही कठिनाई हुन्छ भने ? (मौन)

भव–भूतिः .... किनभने मैले यस्ता अनेकौँ तथाकथित योगीहरूका बारेमा सुनेको छु जसले गीता अथवा यस्तै अन्य विषयका बारेमा अँग्रेजी भाषामा लेखेका छन्, तर तिनीहरू गीताको यथार्थ वर्णन गर्न सक्दैनन्, तिनीहरूलाई यसको आभाष पनि हुँदैन....

प्रभुपादः अहँ, तिनीहरू कसरी यसको वर्णन गर्न सक्दछन् ?

भव–भूतिः तिनीहरूलाई यसको आभाष समेत छैन ।

प्रभुपादः तिनीहरू भगवद्गीतालाई स्पर्श समेत गर्न सक्दैनन् । तिनीहरूसँग कुनै योग्यता छैन । भव–भूतिः तिनीहरूसँग समझशक्ति छैन ।

प्रभुपादः तिनीहरूले भगवद्गीताको प्रवचन कृत्रिम छ ।

भव–भूतिः हो ।

प्रभुपादः तिनीहरू भगवद्गीताबारे बोल्न सक्दैनन् किनभने भगवद्गीतामै भगवान् कृष्ण भन्नुहुन्छ कि सही योग्यता भनेको भक्तोऽसि हो । ऊ सर्वप्रथम भक्त हुनै पर्दछ, त्यसपछि मात्र उसले भगवद्गीतालाई स्पर्श गर्न सक्दछ ।

भव–भूतिः मायापुरमा बस्दा समेत, जब हामी श्रीधर स्वामीको आश्रममा गएका थियौँ, र उसले अँग्रेजी भाषामा केही बोल्यो र अर्को मानिसले पनि अँग्रेजीमा केही बोल्यो । हे श्रील प्रभुपाद, तिनीहरू हजुरले जस्तो बोल्न सक्दैनन् । हजुर मात्र एक त्यस्तो मानिस हुनुहुन्छ जसले गीताको ज्ञानका बारेमा बोल्दा, हजुरको वाणी तत्काल कानभित्र प्रवेश गरेर हृदयमा पुग्दछ र हामीलाई त्यो तत्काल बोध हुन्छ ।

प्रभुपादः हुन सक्छ (हाँस्नुहुन्छ) ।

भारतीय नागरिकः जय ! (हिन्दी) ।

प्रभुपादः हरे कृष्ण ।