NE/Prabhupada 0857 - कृत्रिम अावरण हटाउनुपर्दछ । त्यसपछि, हामी कृष्ण भावनाभावित हुन्छौं

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


740327 - Conversation - Bombay


कृत्रिम आवरणलाई हटाउनुपर्दछ । त्यसपछि, हामी कृष्णभावनाभावित हुन्छौँ ।

प्रभुपादः जस्तै....मसँग चेतना छ, र म सुख र दुःख महशुश गर्दछु, त्यस्तै, तपाईं पनि सुख र दुःख महशुश गर्नुहुन्छ । (मौन) तर दुर्भाग्यवश, म ठानिरहेको छु कि यो अमेरिकी सुख र दुःख हो, अनि त्यो भारतीय सुख र दुःख हो.... सुख र दुःख वास्तवमा एउटै हुन्छ । यो न त अमेरिकी हो न त अफ्रिकी । सुख र दुःख एउटै हुन्छन् । त्यसैले, जब मैले म अमेरिकी सुख र दुःख महशुश गरिरहेको छु भन्ने ठान्दछु भने, जब यस्तो चेतना समाप्त हुन्छ तब मात्र हामी वास्तविक चेतना प्राप्त गर्दछौँ । किनभने चेतना अमेरिकी पनि हुँदैन र अफ्रिकी पनि हुँदैन । यदि मैले तपाईंलाई चिमोटेँ भने तपाईंले महशुश गर्ने पीडा त्यही हो जुन पीडा अफ्रिकीले महशुश गर्दछ । त्यसकारण, चेतना एउटै हुन्छ । कृत्रिम रूपमा हामी अमेरिकी चेतना र अफ्रिकी चेतना भनेर सोचिरहेका हुन्छौँ । वास्तवमा यो सत्य होइन । केवल यो गलत बुझाइलाई हटाउनुपर्दछ । त्यसलाई चेतोदर्पणमार्जनम् (चै.च. अन्त्यलीला २०।१२) । के यो सत्य होइन र ?

भव–भूतिः अँ हो, श्रील प्रभुपाद, यो सत्य हो ।

प्रभुपादः के सुख र दुःखको अनुभव गर्ने चेतना कहिल्यै अमेरिकी अथवा भारतीय हुन सक्छ र ?

भव–भूतिः सक्दैन ।

प्रभुपादः यो समान हुन्छ । कृत्रिम रूपले हामी यसलाई अमेरिकी दुःख अथवा भारतीय दुःख भन्ने सोचिरहेका छौँ । त्यो गलत हो । यो गलत आवरणलाई हटाउनुपर्दछ । त्यसपछि, हामी कृष्णभावनाभावित बन्दछौँ । अनुभव अर्थात् चेतना कहिल्यै पनि अमेरिकी, अफ्रिकी अथवा भारतीय हुन सक्दैन । चेतना एउटै हुन्छ । जब तपाईंलाई भोक लाग्छ, के अमेरिकीहरूले छुट्टै किसिमको भोक र अफ्रिकीहरूले छुट्टै किसिमको भोक अनुभव गर्छन र ? अतः भोक एउटै हुन्छ । अब यदि तपाईं यो अमेरिकी भोक हो र यो भारतीय भोक हो भन्नुहुन्छ भने त्यो गलत हो । त्यसकारण, जब तपाईं यो गलत धारणाबाट मुक्त हुनुहुन्छ तब तपाईं कृष्णभावनामृतलाई प्राप्त गर्नुहुन्छ । नारद–पञ्चरात्रमा यसको वर्णन गरिएको छ, सर्वोपाधि–विनिर्मुक्तं तत्परत्वेन निर्मलम् हृषीकेण हृषीकेश–सेवनं भक्तिरुच्यते (चै.च. मध्यलीला १९।१७०) । जब हामी यस्ता गलत उपाधिहरूबाट मुक्त हुन्छौँ.... अमेरिकी चेतना, भारतीय चेतना, अफ्रिकी चेतना, यस्तो हुँदैन, यो सबै गलत हो । पशुपक्षीहरूले समेत चेतना अर्थात् सुख र दुःखको महशुश गर्दछन् । जस्तै, चर्को घाम लाग्दा तपाईं केही पीडा भएको अनुभव गर्नुहुन्छ । के त्यो पीडा अमेरिकी, भारतीय अथवा अफ्रिकी हुन्छ ? चर्को घाम (हाँस्दै) को अनुभव.... यदि तपाईं भन्नुहुन्छ कि म अमेरिकी शैलीको घामको ताप अनुभव गरिरहेको छु....

प्रभुपाद (हिन्दीमा): तिमी के भन्दछौ ? के यो सम्भव हुन्छ ?

भारतीय महिलाः अहँ, यो सम्भव छैन ।

प्रभुपादः यो सबै गलत हो । र प्रत्येक वस्तु चेतनामा आधारित हुन्छ । प्रत्येक वस्तु चेतनामा आधारित हुन्छ । त्यसकारण, कृष्णभावनामृत नै वास्तविक र आदर्श चेतना हो ।