NE/Prabhupada 0858 - हामी वकालत गर्दैछौं कि अवैध मैथुन सम्बन्ध पापपूर्ण हुन्छ: Difference between revisions

 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 8: Line 8:
[[Category:Nepali Language]]
[[Category:Nepali Language]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0857 - कृत्रिम अावरण हटाउनुपर्दछ । त्यसपछि, हामी कृष्ण भावनाभावित हुन्छौं|0857|NE/Prabhupada 0859 - पाश्चात्य सभ्यता को कमजोरी नै यहि हो । भक्स पोपुली, सर्वसाधारणको धारणा अनुसार चल्नु|0859}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 16: Line 19:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|Bk9RX-9okQI|हामी वकालत गर्दैछौं कि अवैध मैथुन सम्बन्ध पापपूर्ण हुन्छ<br />- Prabhupāda 0858}}
{{youtube_right|7IDb6_knOS4|हामी वकालत गर्दैछौं कि अवैध मैथुन सम्बन्ध पापपूर्ण हुन्छ<br />- Prabhupāda 0858}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>File:750521R1-MELBOURNE_clip1.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750521R1-MELBOURNE_clip1.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:41, 29 January 2021



750521 - Conversation - Melbourne


हामी प्रशिक्षण दिइरहेका छौँ, हामी वकालत गरिरहेका छौँ कि अवैध मैथुन सम्बन्ध पापपूर्ण हुन्छ

प्रभुपादः हामी प्रशिक्षण दिइरहेका छौँ, कहिलेकाहीँ मानिसहरू खिसी गर्दछन्, “यो के वाहियात हो ?” तिनीहरू निन्दा गर्दछन् । यी समाजका नेताहहरूले हामीलाई उत्साह दिँदैनन् । हिजो म एउटा पुजारीसँग कुराकानी गरिरहेको थिएँ । अवैध मैथुन सम्बन्धका बारेका उसले भन्यो “यसमा के खराबी छ र ? यसमा अपार आनन्द छ ।” हेर्नुहोस् त ? हामी प्रशिक्षण दिइरहेका छौँ, हामी वकालत गरिरहेका छौँ कि अवैध मैथुन सम्बन्ध पापपूर्ण हुन्छ । हाम्रो पहिलो शर्त हो कि मानिसले यी चार प्रकारका पापकर्महरू परित्याग गर्नुपर्दछः अवैध मैथुन सम्बन्ध, मांस–भक्षण, नशालु पदार्थको सेवन तथा जुवातास । कसैलाई ग्रहण गर्नुभन्दा अघि मेरो पहिलो शर्त यही हुन्छ । र तिनीहरू यसमा सहमत भएमा तिनीहरू मेरो शिष्य बन्दछन् ।

निर्देशकः हाम्रा मानिसहरूले त गर्ने काम नै यही हो ।

प्रभुपादः ए, हो ?

निर्देशकः हाम्रा ग्राहकहरूले गर्ने काम नै यिनै हुन् |

प्रभुपादः हो, तिनीहरू गर्दछन् । यदि सम्पूर्ण सुविधाहरूले युक्त भएर नियमित रूपमा हाम्रो संस्था चल्दछ भने.... यहाँ अनेकौँ भक्तहरू आउनेछन् । र केही समयपछि तिनहिरू समर्पित भक्त बन्नेछन् । यो प्रकृया लागू हुनैपर्दछ । यही नै... हाम्रो अभियान बढ्दै गइरहेको छः हाम्रो अभियान घटिरहेको छैन । जस्तै, हामीले यहाँ मन्दिर खोलेका छौँ । हामीसँग पहिला मन्दिर थिएन तर अब हामीले एउटा सुन्दर मन्दिर प्राप्त गरेका छौँ । यसप्रकार, सम्पूर्ण विश्वभरी नै हाम्रो अभियान बढ्दै गइरहेको छः यो घटेको छैन । म सन् १९६५मा भारतबाट एक्लै न्यूयोर्क आएको थिएँ । र एक वर्षसम्म मसँग कुनै निवासस्थान पनि थिएन र भोजन गर्ने समेत कुनै उपाय थिएन । व्यावहारिक रूपमा भन्दा, म यताउती घुमिरहने फिरन्ते थिएँ, म कहिले कुनै मित्रको घरमा बस्दथेँ त कहिले अर्को मित्रको घरमा । त्यसपछि, विस्तार विस्तारै यो अभियान विकसित हुँदै गयो र मानिसहरू आउन लागे । म न्यूयोर्कको एउटा चोकमा एक्लै पूरा तीन घण्टासम्म कीर्तन गर्दथेँ । त्यो चोकको नाम के हो, अँ टम्प्किन्सन स्क्वायर ? हो । तिमी न्यूयोर्क गएका छौ ? यसरी यो अभियान सुरु भएको थियो । त्यसपछि, क्रमशः मानिसहरू आउन लागे । (भक्तहरूलाई) तिमीहरू कुनै क्लबमा आबद्ध थियौ, त्यसको नाम के थियो रे ?

मधुद्विषः क्यालिफोर्निया |

प्रभुपादः हो ।

मधुद्विषः राञ्चमा ।

प्रभुपादः राञ्च ?

मधुद्विषः त्यो मर्निङस्टार ?

प्रभुपादः हा, हा, हा ।

मधुद्विषः (हाँस्दै) हो ।

प्रभुपादः (हाँस्दै) त्यो अर्को वेश्यालय थियो ।

मधुद्विषः हिप्पीको अखडा । हजुर त्यहाँ आउनुभयो |

प्रभुपादः हो, म त्यहाँ थिएँ...म त्यहाँ गएँ । त्यस ठाउँको साहु अर्थात् आयोजकले मलाई त्यहाँ लगेका थिए । त्यसैले म विचार गदछु कि यदि हामी.... यदि तपाईं गम्भीर हुनुहुन्छ भने हामी संयुक्त रूपले एउटा संस्था खोलौँ । जहाँ मानिसहरूलाई प्रथम दर्जाको व्यक्ति बन्ने प्र्रशिक्षण दिइन्छ । बालबच्चाहरूलाई पनि प्रशिक्षण दिनुपर्दछ । यसले नै सही समाधान निकाल्नेछ ।

निर्देशकः त्यसोभए त समाजलाई नै परिवर्तन गर्नुपर्ला ।

प्रभुपादः होइन, होइन । परिवर्तन गर्नुपर्दैन । समाज जस्ताको तस्तै रहन दिऊँ हामीले डल्लासमा केही बच्चाहरू तथा मानिसहरूलाई पनि प्रशिक्षण दिइरहेका छौँ । जसरी हामीले उनीहरूलाई प्रशिक्षण दिएका छौँ । यो सम्भव छ । यो एउटा व्यावहारिक उदाहरण हो । जस्तै, तिमीहरू मर्निङस्टार नामक गुफभित्र बस्दथ्यौ ।

निर्देशकः तपाईंहरूमध्येका कोही आफ्नो विगतको जीवनमा अपराधी पनि भएका थिए ?

मधुद्विषः अपराधी ?

निर्देशकः हो । के तपाईंहरू यो हरे कृष्ण अभियानमा आबद्ध हुनुअघि कानुनबिरोधी कर्महरूमा संलग्न हुनुहुन्थ्यो ?

मधुद्विषः ओहो, धेरै भक्तहरू संलग्न थिए ।

निर्देशकः हजुर पनि ?

मधुद्विषः अँ हो ।

निर्देशकः तपाईं कानुनी लफडामा पर्नुभएको थियो, होइन त ?

मधुद्विषः हो ।

भक्तः हामीसँग एउटा ठिटो छ जसले नौ महिनाको समय पेन्ट्रिज (अष्ट्रेलियाको भिक्टोरियास्थित जेल) मा बिताएको थियो ।

प्रभुपादः यो व्यावहारिक छ । हामी यसलाई रोक्न सक्छौँ । जस्तै, तिनीहरू अहिले सन्त बनेका छन् । सबैजना...भारतका मानिसहरूले आश्चर्यचकित भएर सोधे, “तपाईंले यी यूरोपेली तथा अमेरिकीहरूलाई कसरी यस्तो बनाइदिनुभयो ?” तिनीहरू आश्चर्यचकित भएका छन् । किनभने भारतमा ब्राह्मण तथा अन्य, तिनीहरू सबै यो धारणा राख्दथे कि “यी पश्चिमी मानिसहरूको आशा गर्नु व्यर्थ छ । तिनीहरू कहिल्यै पनि धर्म अथवा अध्यात्ममा उन्नत हुन सक्दैनन् ।” त्यसकारण, जब यस्ता भारतीय नागरिकहरूले भारतमा हाम्रा अनेक मन्दिरहरू देख्दछन्, र यी विदेशीहरूले अर्चाविग्रहको पूजा तथा मन्दिरको व्यवस्थापन, कीर्तन, नृत्य आदि गरेको देखेर तिनीहरू आश्चर्यचकित भएका छन् । मभन्दा अघि अनेक स्वामीहरू विदेश गएका थिए तर तिनीहरूले विदेशीहरूलाई परिवर्तन गर्न सकेनन् । तर यी विदेशीहरूलाई परिवर्तन गर्ने म होइन तर भक्तिको प्रकृया नै यति सुन्दर छ कि तिनीहरू सबै परिवर्तन भएका छन् ।