NE/Prabhupada 0860 - सम्पूर्ण भारतीय वस्तुहरूलाई अस्वीकार गर्नु बेलायती सरकारको नीति थियो

Revision as of 07:46, 27 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Nepali Pages - 207 Live Videos Category:Prabhupada 0860 - in all Languages Category:...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

750521 - Conversation - Melbourne


सम्पूर्ण भारतीय वस्तुहरूलाई अस्वीकार गर्नु बेलायती सरकारको नीति थियो ।

निर्देशकः के तपाईं सोच्नुहुन्न कि किसानहरूको पनि आफ्नै बुद्धि हुन्छ ?

प्रभुपादः तिनीहरूसँग बुद्धि त हुन्छ तर तल्लो स्तरको बुद्धि हुन्छ । पागल मानिसजस्तै, तिनीहरूको बुद्धि त हुन्छ तर त्यस्तो बुद्धिको के मूल्य ? तपाईं कुनै पागल मानिसले दिएको सल्लाह स्वीकार गर्नुहुन्न । उसँग बुद्धि त हुनसक्छ तर ऊ पागल मानिस हो । मूढ । माययापहृतज्ञान (भगवद्गीता ७।१५) । उसको ज्ञान हरण भएको छ । उसको बुद्धि अस्वाभाविक अवस्थामा भएको कारणले उसको सल्लाहको कुनै मूल्य हुँदैन । निर्देशकः तर यदि ती ब्राह्मणहरूले विश्वलाई आफ्नै इच्छाअनुसार शासन गर्न सुरु गरे भने के गर्ने त ?

प्रभुपादः हँ ?भक्तः उहाँ भन्नुहुन्छ कि यदि ब्राह्मणहरू आफैँले आफ्नै नियन्त्रणअनुसार विश्वमा शासन गर्न सुरु गरे भने के गर्ने ?

प्रभुपादः अहँ, त्यस्तो हुँदैन ।निर्देशकः तर पूँजीवादी अथवा अरु कोहीले त गर्न सक्छन्...

प्रभुपादः अहँ, त्यस्तो हुँदैन । त्यो आफ्नो नियन्त्रणअनुसारको शासन होइन । यो कुनै नियन्त्रण गर्ने प्रयास होइन, यो त आचरण हो, समजस्तै । सम भनेको के हो, शान्त । यो त आचरण हो, समजस्तै । सम भनेको के हो, शान्त । प्रभुपादः अहँ, यस्तो हुँदैन । किनभने तिनीहरू इमानदार हुन्छन्, यो (अस्पष्ट) को वचन होः तिनीहरूले त्यसो गर्ने छैनन् ।

निर्देशकः तिनीहरू शास्त्रअनुसार चल्नु अनिवार्य छ ।

प्रभुपादः हो । इमानदार भनेको व्यक्तिगत स्वार्थअनुसार चल्नु होइन, सबैको स्वार्थअनुसार चल्नु हो । इमानदारी भनेको यो हो ।

निर्देशकः तर यदि ऊ भ्रमित छ भने ?

प्रभुपादः हँ ? निर्देशकः संसार परिवर्तनशील हुन्छ र त्यो शास्त्र...

प्रभुपादः किनभने तिनीहरूले शास्त्रको निर्देशनको पालन गरेनन् । जस्तै, भारतमा ब्राह्मणहरूको चरित्र यस्तो हुनुपर्ने हो । त्यसपछि, विगतको एक हजार वर्षदेखि यो संस्कृति क्रमशः लोप हुँदै गइरहेको छ । किनभने भारतलाई विदेशीहरूले कब्जा गरे । मुस्लिमहरूले आफ्नै किसिमको संंस्कृति प्रस्तुत गरे । त्यसपछि, यहाँ बेलायतीहरू आए र आफ्नो संस्कृति प्रस्तुत गरे...सबैजनाको केही न केही स्वार्थ हुन्छ । जब यहाँ बेलायती शासन चल्यो तब तिनीहरूका प्रमुख म्याकुलेको निजी प्रतिवेदन यस्तो थियो कि “यदि तिमीहरू तिनीहरूलाई भारतीय हिन्दुका रूपमा नै रहन दिन्छौ भने तिमीहरूले तिनीहरूमाथि शासन गर्न सक्नेछैनौ ।” अतः बेलायती सरकारको नीति नै सम्पूर्ण किसिमका भारतीय वस्तुहरूलाई बहिष्कार गर्नु थियो । निर्देशकः तर हजुरले अगाडि भन्नुभएको थियो कि बेलायतीहरूले भारतीयहरूलाई मदिरापान गर्ने अनुमति दिएका थिए ।

प्रभुपादः हँ ?

निर्देशकः यो त केवल अहिले मात्र....हजुरले यस्तो भन्नुभएको होइन र ? प्रभुपादः हो, बेलायतीहरूले अनुमति दिएका थिए । बेलायतीहरूले अत्यन्त सावधानीपूर्वक, तिनीहरूले प्रत्यक्ष हस्तक्षेप गरेनन्, मेरो मतलब, तिनीहरूले भारतीय संस्कृतिमाथि प्रत्यक्ष हस्तक्षेप गरेनन् । तर भूमिगत रूपमा गरे । र जब भारतीयहरूले सिके तब अब तिनीहरूले खुल्लमखुल्ला हस्तक्षेप गरिरहेका छन् । तर यो सबै सिकाउने बेलायतीहरू नै हुन् । उनीहरूको यस्तो संस्कार सिकाए: भद्र–भलाद्मीहरूको समाजमा मदिरापान हुनैपर्दछ ।

निर्देशकः तर भारतीय समाजमा यो निषेधित छ ।

प्रभुपादः भारतीय समाजका मानिसहरूले त चिया समेत पिउन जान्दैनथे । हामी बाल्यकालमा हुँदा हामीले बेलायतीहरूले चिया–खेती सुरु गरेको देख्यौँ । बेलायतीहरू आउनुभन्दा अघि भारतमा चिया–खेती हुँदैनथ्यो । अत्यन्त सस्तोमा मजदुरहरू उपलब्ध हुने देखेपछि बेलायतीहरूले चिया–खेती सुरु गरेका हुन् । जसरी तिनीहरूले अफ्रिकामा पनि चिया र कफीका अनेक बगानहरू निर्माण गरेका छन् । यसप्रकार तिनीहरूले चियाखेती सुरु गरे र त्यो चियालाई अमेरिकामा निर्यात गरियो । तिनीहरू व्यापारको पछाडि लागेका थिए । त्यसकारण...अहिले प्रशस्त मात्रामा चिया छ, त्यसको उपभोक्ता खोई ? अनि सरकारले चियाको उपभोक्ता बढाउन एउटा समिति सुरु गर्यो । जसअनुसार, सम्पूर्ण चियाखेतीका मालिकहरूले सरकारलाई कर तिर्नुपर्नेछ । र बाटो–बाटोमा, सडक–सडकमा तिनीहरूको व्यापारको विज्ञापन हुन थाल्यो, अत्यन्त स्वादिलो र पिउनयोग्य चिया बनाउँदै, र तिनीहरूले यस्तो विज्ञापन गरिरहेका थिएः यदि तिमीले चिया पिउँदछौ भने तिमीलाई त्यति भोक लाग्नेछैन, अनि तिम्रो औँलो रोग पनि निको हुनेछ, यस्तै, यस्तै बिज्ञापनहरू । अनि जनताहरूले चिया पिउन सुरु गरे । “एक कप मीठो चिया ।” मैले देखेको छु । अब तिनीहरूलाई आदत भइसकेको छ । अब क्रमशः, झाडुवाला समेत एकाबिहानै, चियापसलमा चिया पिउनका लागि प्रतीक्षा गरिरहेको हुन्छ । हामी बाल्यकालमा हुँदा यदि कसैलाई खोकी लागेको छ भने मात्र कहिलेकाहीँ चिया पिउन दिइन्थ्यो । तर पछि गएर यो आदत बन्नपुग्यो । तर पहिला यो अज्ञात थियो । चिया पिउनु, मदिरापान गर्नु, धूम्रपान गर्नु, मांसभक्षण गर्नु — यी सबै अज्ञात थिए । वेश्यावृत्ति । त्यतिबेला पनि वेश्यावृत्ति थियो तर सबैजना वेश्या थिएनन् । अत्यन्त कडा नियम थियो । अतः यी कुराहरूमाथि ध्यान दिनु आवश्यक छ– अत्यन्त कडा नियम थियो । अतः यी कुराहरूमाथि ध्यान दिनु आवश्यक छ– र उनीहरूलाई प्रशिक्षण पनि दिँदै गर्नुपर्दछ, जस्तै हामीले दिइरहेका छौं ।सिकिरहेका छन् । जसरी तिनीहरूले अफ्रिकामा पनि चिया र कफीका अनेक बगानहरू निर्माण गरेका छन् । तिनै मानिसहरू जो मदिरापान, वेश्यावृत्ति तथा मांस–भक्षणको कुलतमा फसेका थिए, अब तिनीहरू सन्त बनिरहेका छन् । यो व्यावहारिक छ । तपाईं देख्न सक्नुहुन्छ, तिनीहरू इतिहास के थियो र अहिले तिनीहरू कस्तो भएका छन् ।

निर्देशकः तर हाम्रा चिकित्सकहरूले प्रोटिनका लागि मासु खानुपर्दछ भनेर भन्दछन्, अब यसलाई कसरी समाधान गर्ने ?

प्रभुपादः त्यो मूर्खता हो । हाम्रा भक्तहरूले विगतको दश वर्षदेखि मासु खाएका छैनन् । के तिमी तिनीहरूको स्वास्थ्य बिग्रको ठान्दछौ ? बरु यसको विपरीत मानिसहरू भनिरहेका छन् “चम्किला अनुहारहरू” । बोस्टनमा...मैले लस एन्जलसबाट हवाईतिर जाने क्रममा एकजना पादरीलाई भेटेँ । उनी सादा पोसाक लगाएका भद्र मानिस थिए, उनी पादरी हुन्, उनले भने, “स्वामीजी, तपाईंका शिष्यहरू कसरी यस्तो चम्किला भएका हुन् ?” अनि हामीले कहिलेकहिं "उज्यालो मुहार" भनेर प्रचार गर्छौ | बोस्टनमा अथवा कहीँकतै स्त्रीहरूले हामीलाई सोधिरहेका थिए, “के तपाईंहरू अमेरिकी हुनुहुन्छ ?”