NE/Prabhupada 0861 - मेलबर्न शहरका सम्पूर्ण भोका मानिसहरू यहाँ आओ र टन्न भोजन गर

Revision as of 21:41, 29 January 2021 by Vanibot (talk | contribs) (Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


750521 - Conversation - Melbourne


हे मेलबर्न शहरका सम्पूर्ण भोका मानिसहरू ! यहाँ आओ र टन्न भोजन गर

निर्देशकः यदि कसैले यो ठाउँलाई आक्रमण गरेर लुट्ने प्रयास गर्यो भने...

अमोघः उहाँ भन्नुहुन्छ कि,“यदि कसैले हाम्रो भवनमा आक्रमण गरेर लु्ट्ने प्रयास गर्यो भने हामी कस्तो प्रतिक्रिया दिनेछौँ ?”

प्रभुपादः डकैती ?

अमोघः हजुर, चोर । यदि यहाँ कुनै चोर पस्यो भने हामीले के गर्ने ? अर्को शब्दमा भन्दा, हामी पनि आक्रामक पो हुने कि ?

प्रभुपादः यदि यहाँ चोर पस्यो भने हामी उसलाई दण्ड दिनेछौं|

निर्देशकः तपाईं आक्रामक हुनुपर्दछ ?

प्रभुपादः अवश्य । चोरलाई दण्ड दिनैपर्दछ ।

निर्देशकः हजुरले आफैँ उसलाई दण्ड दिनुहुनेछ ? हजुर के गर्नुहुन्छ ? के हजुर उसलाई आक्रमण गर्नुहुनेछ ?

प्रभुपादः होइन, हामी अथवा अरु कोही होस, चोरलाई दण्ड दिनैपर्दछ । चोरलाई दण्ड दिनैपर्दछ । हामीले दिए पनि तपाईंले दिए पनि, केही फरक पर्र्दैन । चोर चोर नै हो । उसलाई दण्ड दिनैपर्दछ ।

निर्देशकः यदि ऊ भोकाएको कारणले लुट्न आउँछ भने के गर्ने ?

प्रभुपादः को लुट्न आउँछ ?

अमोघः उहाँ भन्दै हुनुहुन्छ कि भोकाएको कारणले चोर लुट्न आउँछ भने के गर्ने ? यदि केही भोजन पाइन्छ कि भनेर ऊ चोरको रूपमा यहाँ पस्छ भने के गर्ने ?

प्रभुपादः हामी सबैलाई भनिरहेका छौँ, “यहाँ आऊ र भोजन गर ।” ऊ किन भोकभोकै बस्ने ? हामी सबैलाई निमन्त्रणा गरिरहेका छौँ, “यहाँ आऊ र निःशुल्क भोजन गर ।” हामी भोजनको शुल्क लिनेछैनौँ । ऊ किन भोकभोकै बस्नुपर्यो ? हामीले यो अभियानलाई विस्तार गर्नुपर्दछ । हे मेलबर्न शहरका सम्पूर्ण भोका मानिसहरू हो ! यहाँ आओ, र टन्न भोजन गर । हामीले निमन्त्रणा गरिरहेका छौँ, “यहाँ आओ ।” तिमी किन भोकभोकै बस्ने ?

निर्देशकः यदि कुनै मानिस जड्याहाँ छ र ऊ भोकाएको छ भने के गर्ने त ?

भक्तः यहाँ हामीकहाँ दुईजना जड्याहाँहरू आउँछन् र उनीहरूलाई हामीले प्रत्येक दिन भोजन दिइरहेका छौँ ।

निर्देशकः तपाईंहरूले दिनुहुन्छ ?

भक्तः हो, हामीले दिइरहेका छौँ ।

निर्देशकः ठीक गोर्दन घरजस्तै ।

भक्तः हो, तिनीहरू आउँछन् । जस्तै, हामीले प्रत्येक आइतबार भोजको आयोजना गर्दछौँ । तिनीहरू आउँछन् र हामी उनीहरूलाई भोजन दिन्छौँ ।

प्रभुपादः यसको अभ्यास गर्न केही समय लाग्नेछ । वास्तवमा, सुधारका लागि यो सबैजनाका लागि खुल्ला छ ।

निर्देशकः तर कतिजना मानिससम्मलाई तपाईंहरू भोजन गराउन सक्नुहुन्छ भन्ने कुनै सीमा त होला नि ।

प्रभुपादः हँ ?

अमोघ: उहाँ भन्नुहुन्छ कतिजना मानिसहरुलाई हामीले खुवाउन सक्ने भन्ने सिमा होला |

प्रभुपादः हामी असीमित रूपमा भोजन वितरण गर्न सक्दछौँ तर सरकारले हामीलाई सहायता गर्नुपर्नेछ ।

निर्देशकः तपाईंहरूले कुनै....तपाईंहरूले कुनै स्थान निर्माण गर्न सक्नुहुन्छ जहाँ गरिब मानिसहरू, आउन सक्छन् र निःशुल्क भोजन प्राप्त गर्न सक्छन् ।

प्रभुपादः अँ, हो, अँ, हो । सबैजना, हो सबैजनाका लागि यो खुल्ला छ । तपाईं आउनुहोस् र प्रसाद लिनुहोस् ।

निर्देशकः के सरकारले तपाईंहरूलाई प्रयोग....

प्रभुपादः होइन, हामीलाई सरकारले प्रयोग गर्न सक्दैन । हामीले सरकारको प्रयोग गर्न सक्दछौं । सरकारले हामीलाई आदेश दिन सक्दैन । त्यसले हामीलाई सहायता गर्नेछैन ।

निर्देशकः एकैछिन् । एकैछिन् है । (अस्पष्ट) यो सत्य हो कि हामीसँग हेरचाह गर्नका लागि प्रशस्त गरिबहरू छन् र तपाईं ठान्नुहुन्छ कि तपाईंको धार्मिक व्यवस्थाले मानिसहरूलाई सहायता पु¥याउन सक्दछ । यदि सरकारले यी सेवाहरू गर्नका लागि तपाईंलाई अनुदान प्रदान ग¥यो भने...

प्रभुपादः त्यो हामी गर्न सक्दछौँ ।

निर्देशकः तपाईं त्यो गर्न सक्नुहुन्छ । जबसम्म तिनीहरू तपाईंको विरोध गर्दैनन्....

प्रभुपादः होइन । हाम्रो सिद्धान्त यो हो....

निर्देशकः मेरो मतलब, अनेक चर्चहरूले बालबच्चाहरू भर्ना गरिरहेका छन् र....

प्रभुपादः तपाईंले एकदिन देख्नुहुनेछ । यदि तपाईं कृपया एकदिन एकाबिहानै यहाँ आएर एकदिन बस्नुहुन्छ भने, तपाईं हाम्रा क्रियाकलापहरू हेर्नुहोस्, हामी कस्तो कुशलतापूर्वक काम गरिरहेका छौँ । अनि तपाईं बाँकी कामहरू गर्नुहोस् ।

निर्देशकः म यहाँ व्यक्तिगत रूपमा आएको होइन । मैले मेरो विभागको प्रतिनिधित्व गरिरहेको छु ।

प्रभुपादः होइन, जे भएतापनि....

निर्देशकः मलाई विश्वस्त पार्ने वा नपार्ने तपाईंको तर्क... समाजले....म यो मात्र भन्न सक्दछु कि हामी अत्यन्त गरीब मानिसहरूसँग व्यवहार गरिरहेका छौँ । तपाईं के गरिरहनुभएको छ, हामी उनीहरूलाई भन्नेछौँ र सायद त्यसपछि केही प्रगति हुन सक्ला । अथवा, म मन्त्रीलाई के निर्णय भयो भनेर बताउन सक्छु अनि त्यहाँबाट यो अघि बढ्नेछ । त्यसपछि, म मेरा अन्य गतिविधिहरूमा संलग्न हुन सक्दछु ।

प्रभुपादः त्यसपछि, तिनीहरू हामीलाई हाम्रो सुविधाका लागि केही पूँजी अनुदान सहयोग गर्न सक्नेछन् । त्यसपछि, हामी मानिसहरूलाई निमन्त्रणा गर्न सक्नेछौँ । अनि हामीले आवासगृहहरू पनि वृद्धि गर्न सक्नेछौँ । अहिले हामीहरू गरिरहेका छौँ । हाम्रो केही व्यवसाय छैन, कुनै आयस्रोत पनि छैन । हामी हाम्रा पुस्तकहरू वितरण गरिरहेका छौँ । त्यसकारण, हाम्रो आयस्रोत सीमित छ । तैपनि हामी सबैलाई यहाँ आउनुहोस् भनेर निमन्त्रणा गरिरहेका छौँ । तर यदि सरकारले हामीलाई उत्साह दिन्छ भने हामी हाम्रो कार्यक्रमलाई बृहत रूप दिन सक्छौं ।

निर्देशकः हो । (श्रव्य ध्वनि बज्दछ) निश्चय नै, यो एउटा राजनैतिक निर्णय हो । म केवल भन्न सक्दछु....

प्रभुपादः यो राजनीतिभन्दा माथि छ ।

निर्देशकः माफ गर्नुहोस् ?

प्रभुपादः यो राजनीतिभन्दा माथि छ ।

निर्देशकः हजुरको दृष्टिकोणअनुसार, तर हाम्रो विभागमा हामी सबै राजनैतिक निर्णयहरूमा भर पर्दछौँ ।

प्रभुपादः हो, विभाग भनेको तिनीहरू अर्को एउटा समूह...

निर्देशकः हो, त्यो केवल जनमत बुझ्ने एउटा माध्यम मात्र हो । हाम्रो समाजमा जनमतका आधारमा मन्त्रीको निर्वाचन गरिन्छ । प्रभुपादः तिनीहरूले तपाईंको जस्तै एउटा अलग विभागको निर्माण गरेका छन्....त्यो कुन विभाग हो ?

भक्तः समाज कल्याणको विभाग ।प्रभुपादः समाज कल्याण । त्यसोभए हामीले समाज कल्याण गरिरहेको पत्ता लगाएपछि तिनीहरूले हामीलाई किन सहायता नगर्ने ? तिनीहरू किन राजनीतिलाई प्रवेश गराइरहेका छन् ? यदि वास्तवमा हामीले समाज कल्याण गरिरहेका छौँ भने तिनीहरू हामीलाई किन सहायता गर्र्दैनन् ?

निर्देशकः हो, हजुरले ठीक भन्नुभयो । तर हाम्रो समाजमा कुनै निश्चित नीति–नियमहरू लागू गराउनका लागि मन्त्रीको निर्वाचन गरिन्छ: ऊ के चाहन्छ होइन कि मानिसहरूले उसलाई कुन प्रयोजनका लागि मतदान गरेका हुन्, त्यसका लागि । र त्यसलाई सहायता गर्नका लागि उनीहरूबाट कर असुली गरिन्छ ।

प्रभुपादः यदि हजुरको नीत समाज–सुधार हो भने... निर्देशकः समाज सुधार गर्नु हाम्रो नीति होइन ।