NE/Prabhupada 0897 - यदि तिमी कृष्णभावनामृतमा रहन्छौ भने तिम्रो कल्याण हुनेछ

Revision as of 07:47, 28 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Nepali Pages - 207 Live Videos Category:Prabhupada 0897 - in all Languages Category:...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

730417 - Lecture SB 01.08.25 - Los Angeles


एउटा दण्डजस्तै । कहिलेकाहीँ अदालतमा कुनै वरिष्ठ मानिस दोषी ठहरिन्छ । र यदि न्यायधीशले एक लाख डलर जरीवाना चाहन्छ भने उसले त्यो तत्काल तिर्न सक्छ । तर यदि न्यायधीशले उसलाई “तपाईं केवल एक सेन्ट मात्र दिनुहोस्” भन्छ । हुन त यो पनि दण्ड नै हो । तर दण्डलाई न्यूनीकरण गरिएको छ । त्यसैगरी, हामीले पनि हाम्रा विगतका कर्महरूको फल एकदिन भोग्नुपर्नेछ । यो सत्य हो । तिमी त्यसबाट बच्न सक्दैनौ । कर्माणि निर्दहति किन्तु च भक्तिभाजाम् (ब्रह्मसंहिता ५।५४) । तर जो भक्तिमय सेवामा संलग्न छन् अर्थात् जो कृष्णभावनामृतमा संलग्न छन्, तिनीहरूले भोग्नुपर्ने दुःखकष्टहरूलाई न्यूनीकरण गरिन्छ । जस्तै, मानौँ, कुनै मानिस मारिनुपर्ने थियो । तर मारिनुको बदलामा उसको एउटा औँलामा चक्कुले अलिकति चोट लाग्दछ । यसप्रकार, कर्माणि निर्दहति किन्तु च.... जो भक्तिमय सेवामा संलग्न छन् तिनीहरूका लागि कृष्ण भन्नुहुन्छः अहं त्वां सर्वपापेभ्योः मोक्षयिष्यामि भगवद्गीता १८।६६) । कृष्ण आश्वस्त पार्नुहुन्छ किः “म तिमीलाई पापकर्महरूको फलबाट सुरक्षा दिनेछु ।” कृष्ण आश्वस्त पार्नुहुन्छ किः “म तिमीलाई पापकर्महरूको फलबाट सुरक्षा दिनेछु ।” मृत्युदण्डको बदलामा उसलाई उसको आँैलामा चक्कुले अलिकति चोट लाग्न सक्छ । वास्तविकता यो हो । त्यसोभए हामी किन विपत्तिहरूबाट भयभीत हुने ? हामी केवल कृष्णभावनामृतमा निर्भर रहनुपर्दछ, किनभने यदि हामी कृष्णभावनामय जीवन बिताउँछौँ भने, कुनै पनि परिस्थितिमा, मलाई पुनः यो भौतिक संसारमा आइरहनुपर्दैन । अपुनर्भवदर्शनम् (श्रीमद्भागवत १।८।२५) । जब तिमी कृष्णको चिन्तन गर्दछौ अथवा जब तिमी कृष्णको दर्शन गर्दछौ, जब तिमी कृष्णकै बारेमा अध्ययन गर्दछौ अथवा तिमी कृष्णकै लागि कर्म गर्दछौ, अर्थात कुनै न कुनै प्रकारले यदि तिमी कृष्णभावनामृतमा रहन्छौ भने त्यो तिम्रो लागि अत्यन्त कल्याणकारी छ । र त्यसले तिमीलाई पुनः यो भौतिक संसारमा जन्म लिनबाट बचाउनेछ । यही नै वास्तविक लाभ हो । र यदि म अन्य तथाकथित कर्महरू गरेर आफूलाई सुविधासम्पन्न बनाउनतिर लाग्दछु भने, र यदि मैले कृष्णलाई भुल्दछु भने मैले पुनः अर्को जन्म लिनुपर्नेछ,