NE/Prabhupada 0900 - यदि इन्द्रियहरूलाई इन्द्रियतृप्तिका लागि प्रयोग गरिन्छ भने त्यो माया हो

Revision as of 07:51, 28 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Nepali Pages - 207 Live Videos Category:Prabhupada 0900 - in all Languages Category:...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

730415 - Lecture SB 01.08.23 - Los Angeles

म दाबी गरिरहेको छु कि “यो मेरो हात हो, यो मेरो गोडा हो, यो मेरो कान हो ।” बच्चाहरूले पनि भन्न सक्छन् । तिमी बच्चाहरूलाई सोध, “यो के हो ?” उसले भन्नेछ, “यो मेरो हात हो ।” हामीले दाबी गरौँला तर यो हाम्रो हात होइन । यो हात हामीलाई कसैले दिएको हो । किनभने मैले मेरो हातलाई अनेक तरिकाले प्रयोग गर्न इच्छा गरेँ, यो हात कृष्णले दिनुभएको हो ः“ठीक छ, तिमी यो हात प्राप्त गर र यसलाई प्रयोग गर ।” अतः यो कृष्णले हामीलाई दिनुभएको उपहार हो । अतः एउटा सज्जन मानिस सधैँ सचेत रहनुपर्दछ कि “मैले जति पनि वस्तुहरू प्राप्त गरेको छु, सर्वप्रथम मैले यो शरीर तथा इन्द्रियहरू प्राप्त गरेको छु, वास्तवमा यी मेरा होइनन् । यी सम्पूर्ण वस्तुहरू कृष्णले मलाई उपयोगका लागि प्रदान गर्नुभएको हो । अतः यदि अन्ततः सम्पूर्ण वस्तुहरू कृष्णकै हो भने त्यसलाई किन कृष्णकै लागि उपयोग नगर्ने ?” यही नै कृष्णभावनामृत हो । यही नै कृष्णभावनामृत हो । यही नै बुद्धिमानी हो । यदि यी सम्पूर्ण वस्तुहरू कृष्णले मलाई मेरो उपयोग अर्थात् मेरो इन्द्रियतृप्तिका लागि दिनुभएको हो भने, तर अन्ततः यो कृष्णकै हो...ममैवांशो जीवभूतः (भगवद्गीता १५।७) । सबैजना कृष्णकै अंश हुन्, अतः सबैका इन्द्रियहरू पनि कृष्णकै हुन् । त्यसकारण, जब इन्द्रियहरूलाई कृष्णको सेवामा उपयोग गरिन्छ त्यही नै जीवनको परमसिद्धि हो । र जब यी इन्द्रियहरूलाई आफ्नो इन्द्रियतृप्तिका लागि प्रयोग गरिन्छ, त्यो माया हो । अतः भक्ति भनेको हृषीकेन हृषीकेश सेवनं भक्तिरुच्यते (चै.च. मध्यलीला १९।१७०) । हृषीकेन भनेको इन्द्रियहरूद्वारा हो । यो हृषीकेश–सेवनम्.... जब तिमीले हृषीकेश अर्थात् इन्द्रियहरूका वास्तविक स्वामीको सेवा गर्दछौ, त्यसलाई भक्ति भनिन्छ । यो भक्तिको अत्यन्त सरल परिभाषा हो । यो भक्तिको अत्यन्त सरल परिभाषा हो । हृषीकेश–सेवनम् । हृषीक–सेवनम् होइन । हृषीक भनेको इन्द्रिय हो । त्यसकारण, जब इन्द्रियहरूलाई इन्द्रियतृप्तिका लागि प्रयोग गरिन्छ त्यो माया हो । र जब इन्द्रियहरूलाई इन्द्रियहरूका स्वामीको सन्तुष्टिका लागि उपयोग गरिन्छ भने त्यो भक्ति हो । यो भक्तिको अत्यन्त सरल परिभाषा हो । यसलाई जसले पनि बुझ्न सक्छ । साधारणतया, यो भौतिक संसारमा सबैजना आफ्ना इन्द्रियहरूलाई इन्द्रियतृप्तिका लागि दुरूपयोग गरिरहेका छन् । यत्ति हो । यही नै तिनीहरूको बन्धन हो । त्यो माया अर्थात् भ्रम हो । र जब ऊ कृष्णभावनामृतमा आउँदछ र शुद्ध बन्दछ र जब उसले बुझ्दछ कि वास्तवमा यी इन्द्रियहरू कृष्णलाई सन्तुष्ट पार्नका लागि हुन्, त्यसपछि ऊ मुक्त पुरुष बन्दछ । मुक्तपुरुष । ईहा यस्य हरेर्दास्ये कर्मणा मनसा वाचा । जब मानिस यो स्थितिमा आउँदछ कि “मेरा इन्द्रियहरू इन्द्रियहरूका स्वामी हृषीकेशको सेवाका लागि हुन्....” इन्द्रियहरूका स्वामी तिम्रो हृदयभित्र विराजमान हुनुहुन्छ । भगवद्गीतामा भनिएको छ, सर्वस्य चाहं हृदि सन्निविष्टः “म सबै जनाको हृदयमा विराजमान छु ।” मत्तः स्मृतिज्र्ञानमपोहनं चः (भगवद्गीता १५।१५) । “मबाटै स्मरण, ज्ञान तथा विस्मृतिहरू आउँदछन् ।” किन यस्तो हुन्छ ? किनभने कृष्ण कृपालु हुनुहुन्छ.... यदि म मेरा इन्द्रियहरूलाई निश्चित रूपले प्रयोग गर्न चाहन्छु भने – यी मेरा इन्द्रियहरू होइनन्, यी कृष्णका हुन््, र कृष्णद्वारा दिइएका हुन् – र कृष्णले अवसर दिनुहुन्छः “ठीक छ, उपयोग गर ।” मानौँ, मसँग जिब्रो छ । यदि म चाहन्छु, “कृष्ण, म विष्ठा खान चाहन्छु । म विष्ठाको स्वाद लिन चाहन्छु” “हो”, कृष्णले भन्नुुहुनेछ । “ए, त्यसोभए सुँगुरको शरीर धारण गर र विष्ठा खाऊ ।” स्वामी कृष्ण त्यहीँ हुनुहुन्छ । अतः कृष्ण भन्नुहुन्छ, मत्तः स्मृतिज्र्ञानं अपोहनं च (भगवद्गीता १५।१५) । कृष्णले नै तपाईंलाई शरीर दिनुहुन्छ र याद दिलाउनुहुन्छ, “प्रिय जीवात्मा, तिमीले विष्ठा खाने इच्छा ग¥यौ ? अब तिमीले विष्ठा खानका लागि उपयुक्त शरीर प्राप्त गरेका छौ । अब यसको फाइदा उठाऊ । यहाँ विष्ठा पनि उपलब्ध छ ।” त्यसैगरी, यदि तिमी देवता बन्न चाहन्छौ भने कृष्णले तिमीलाई त्यो अवसर पनि प्रदान गर्नुहुनेछ । त्यसैगरी, यदि तिमी देवता बन्न चाहन्छौ भने कृष्णले तिमीलाई त्यो अवसर पनि प्रदान गर्नुहुनेछ । जुनसुकै किसिमको शरीरमा हुँदा पनि यदि तिमी आफ्ना इन्द्रियहरूलाई भोग गर्न चाहन्छौ भने, कृष्णले तिमीलाई अवसर दिनुहुनेछः “ठीक छ । तिम्रो लागि यहाँ शरीर छ । तिमी यसलाई प्राप्त गर ।” तर हामी इन्द्रियभोग गर्दागर्दै हताश बन्दछौँ । अन्ततः हामी पागल बन्दछौँ । अतः कृष्ण भन्नुहुन्छ, सर्वधर्मान् परित्यज्य मामेकं शरणम् (भगवद्गीता १८।६६) ः “तिमी यस्तो नगर । तिमीलाई तिम्रा इन्द्रियहरू मेरो सेवा गर्नका लागि प्राप्त भएका हुन् । र तिमी यसलाई दुरूपयोग गरिरहेका छौ । यसलाई दुरूपयोग गरेको कारणले तिमी विभिन्न किसिमका शरीरमा बद्ध भइरहेका छौः अतः यो कठिन सञ्जालबाट मुक्त हुनका लागि अर्थात् एउटा शरीर धारण गर्ने तथा परित्याग गर्ने अनि पुनः अर्को, पुनः अर्को... यो भौतिक जीवनलाई निरन्तरता दिनका लागि...यदि तिमीले इन्द्रियतृप्ति गर्ने कामलाई परित्याग गर्दछौ भने र मेरो शरण ग्रहण गर्दछौ भने तिमी बाँच्नेछौ ।” यही नै कृष्णभावनामृत हो ।