NE/Prabhupada 0952 - भागवत चेतनाको लक्षण भनेको ऊ सबै भौतिक कार्यहरु प्रति प्रतिकुल रहन्छ

Revision as of 09:51, 21 September 2017 by Vanibot (talk | contribs) (Vanibot #0005 edit: add new navigation bars (prev/next))
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


740700 - Garden Conversation - New Vrindaban, USA

पाहुना: तपाइको शिष्य दोषीको कठघरामा हुँदा हामीले चिन्ता लिनु पर्दैन त्यसो भए, पर्छ र? हामीले चिन्ता लिनु पर्ने स्थति रहदैन | तपाईसंग राम्रो शिष्य छन् |

प्रभुपाद: हो |

पाहुना: यो समाज निक्कै राम्रो छ |

प्रभुपाद: हो |

पाहुना: राम्रो मानिस | (मौन)

प्रभुपाद: एउटा वकिलहरु प्रकाशित छन् | यदी ऊ वकिल हो भने जान्नु पर्छकि उसले कुनै जांच उतिर्ण गरेकोछ भन्ने थाहा हुनुपर्छ | त्यसैगरि, यदि कोहि वैष्णव छ भने उसले यो बुझ्नुपर्छ कि ऊ ब्राह्मण बनिसकेको छ| यो स्पष्ट छ? किन हामी तिमीहरुलाई जनै दिन्छौं? त्यो भनेको त्यहाँ ब्रम्हनिय स्तर छ| व्यक्ति ब्राह्मण नबनेसम्म,वैष्णव बन्न सक्दैन| जस्तै कोहि कानूनमा उतीर्ण भएको छैन भने,ऊ वकिल बन्न सक्दैन| एउटा वकिलको रूपमा ऊ विश्वविद्यालायाबाट उतीर्ण भैसकेको हुन्छ, त्यस्तै गरि वैष्णव भनेको ऊ ब्राह्मण भईसक्यो|

भक्त: त्यसैले वैष्णवहरु, उनीहरु सबै, उनीहरुमा अज्ञान र जुनुन भन्ने खोट हुदैन त्यसैले | उनीहरुको स्तरमा हुन...

प्रभुपाद: हो, वैष्णव भनेको, भक्ति भनेको,भक्तिः परेशानुभवो विरक्तिर् अन्यत्र स्यत् (श्री भा ११.२.४२). भक्ति भनेको भगवान बारे ज्ञान आर्जन गर्नु हो | र भगवानको चेतना भएको लक्क्ष्यन् भनेको भौतिक कार्यहरुमा निउना हुनुहो | उसमा कुनै रुची हुदैन |

भक्त: ब्राह्मणलाई कुनै पनि रुची हुदैन, माफ गर्नु होला, वैष्णवलाई कुनै रुची हुदैन | ब्राह्मण, क्षेत्रिय वैश्य अथवा शूद्र​, तर उनीहरु बिचमा वास्तविक काम हुन्छन...

प्रभुपाद: वास्तवमा, ऊ सबैभन्दा माथिल्लो स्तरमा छ | ऊसंग केही रुची हुदैन | तर जबसम्म ऊ पूर्ण हुदैन, उ संग रुची हुदैन | त्यसैले रुची मण्डित गर्न जरुरि छ अथवा त्यसलाई क् भन्छ, ब्राह्मण पद्दति अनुरुप समायोजित गरिन्छ, क्षेत्रिय....(मौन) ...किनभने, त्यतिबेला मानिसहरु चेतना हिन हुन्थे कि उनिहरुसंग भगवान के हो जाने क्ष्यमत हुदैन | त्यसकारण "पहिले उनीहरु पापमुक्त होस् " एक यस्तो दिन आउने छ, कि उसले भगवान बारे जान्न सक्छ | क्रिष्टले भन्नुभएको छ," काटमार निषेध छ " त्येतिबेलाका मानिसहरु कसईं थिए | नत्र किन उहाँले "काटमार निषेद छ " भन्न जरुरि छ | यो किन पहिलो आज्ञा? किनभने धेरै कसईहरु थिए | राम्रो समाज थिएन | यदी समाजमा लगातार काटमार हुन्छ भने, यो राम्रो समाज हुन सक्छ र ? त्यसैले, उहाँले पहिले काटमार गर्नुहुदैन भन्नुभयो, पहिले पापमक्ता होस्, त्यसपछि भगवानलाई बुझ्छ | यहाँ भागवत-गीतामा पुष्टि गरिएको छ कि:येषां त्व् अन्त​-गतं पापं (भा गी ७.२८) | जो पूर्णरुपले पापमुक्त हुन्छ | भागवत चेतना पापमुक्त वक्तिलाई बनाइएको हो | पापले भरेको बेला भागवत चेतना आउदैन | यो धोका हुनेछ | भागवत् चेतना भएको व्यक्तिमा कुनै पाप हुदैन | ऊ कुनै पनि पापकर्म क्षेत्रमा हुदैन | यो हो भागवत चेतना | तिमि भागवत चेतनामा पाप पूर्ण अवाथामा रहन सक्दैनौ | यो सम्भब छैन | हामी आफ्नो कार्यहरु हेरेर थाहा पुन सक्छौ कि हामी भागवत चेतनामा छौ अथवा छैनौ | एसको लागि बहिय प्रमाणपत्रको जरुरत छैन | हामी यी सिद्धान्तहरुमा रहेपनि:अवैध योन, मसाहर, जुवाताश नखेल्ने इत्त्यादी यदी कोइ इमान्दार छ भने उसले आफ्नो स्तर कस्तो छ भन्ने कुरा थाहाहुन्छ | जस्तै तिमि भोको छौ, यदी तिमीले केहि खाएको छौ भने तिमीले कुनै सन्तुष्ट र बाल प्राप्त गर्छौ | यसको लागि बहीय प्रमाणपत्रको जरुरत छैन | त्यसैगरी, भागवत चेतना भनेको तिमी पापपूर्ण कार्यबाट मुक्त हुन्छौ | त्यसपछि तिमि केहि बन्छौ | भागवत ज्ञान प्राप्त व्यक्ति कुनै पापकर्महरुमा अग्रसर हुदैन |