NE/Prabhupada 0959 - भगवानसँग पनि यो भेद छ । नराम्रा तत्त्वहरु पनि छन्

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


750624 - Conversation - Los Angeles


प्रभुपाद: शुकदेव गोस्वामीले सिफारिश गर्नुभएको छ कि "मैले कलि युगको धेरै दोषहरु वर्णन गरिसकें तर यो युगमा एउटा महान लाभ छ |" त्यो के हो ? "केवल हरे कृष्ण जपेर सम्पूर्ण भौतिक बन्धनबाट मुक्त हुन सकिन्छ |" यस युगको विशेष फाइदा यहि हो |

डा: वोल्फ: के यसलाई हाम्रो समयको वास्तविक योग भन्न सकिन्छ ?

प्रभुपाद: हँ | सकिन्छ | यो भक्ति योग हो | भक्ति-योग जपबाट सुरु हुन्छ | श्रवणं कीर्तनं विष्णोः (श्री भा ७|५|२३) | र जति धेरै तिमीले जप्छौ र सुन्छौ, तिमी त्यति नै शुद्ध हुन्छौ | मलाई लाग्छ कि तिम्रा देशका नेताहरुले यस अभियानई धेरै गम्भिरतापूर्वक लिनुपर्छ र यसलाई स्वीकार्नुपर्छ | यो त्यति कठिन छैन | जप | तिमीले विद्यालयमा जप्न सक्छौ; तिमीले कलेजमा जप्न सक्छौ; तिमीले उद्योगमा जप्न सक्छौ; तिमीले सडकमा जप्न सक्छौ | यसलाई कुनै विशेष योग्यता चाहिंदैन | तर यदि हामीले यो कीर्तन दिन्छौं भने सबजनालाई महान फाइदा हुनेछ | यसमा कुनै हानि छैन तर ठुलो लाभ छ |

डा. वोल्फ: श्रील प्रभुपाद, हजुरलाई थाहा छ कि तिनीहरु कीर्तनको विरुद्धमा सम्मोहनको तर्क दिन्छन् | मनोवैज्ञानिकहरुले त्यसो गर्छन् |

प्रभुपाद: त्यो राम्रो हो | यदि तिमीले सम्मोहित पार्न सक्छौ भने...... डा. जुदाहले भन्दै थिए कि दुर्व्यसनी हिप्पीहरुलाई सम्मोहित पार्न सकिन्छ र उनीहरुलाई कृष्ण महान उपलब्धि हुनुहुन्छ भन्ने बुझाउन सकिन्छ | (हाँसो) हो |

डा. वोल्फ: अवश्य पनि, त्यो सम्मोहन होइन |

प्रभुपाद: यो जे पनि हुन सक्छ | डा. जुदाहले स्वीकारेका छन् | यदि सम्मोहन राम्रोको लागि प्रयोग हुन्छ भने यसलाई किन नस्वीकार्ने ? यदि यो नराम्रोको लागि प्रयोग हुन्छ भने त्यो अर्को कुरा हो | यदि राम्रोको लागि प्रयोग हुन्छ भने यसलाई किन नस्वीकार्ने ? हँ ? तिमीलाई के लाग्छ, प्राध्यापकज्यु ?

डा. ओर: मलाई जवाफ कसरी दिने थाहा छैन | मलाई लाग्छ म हजुरसँग सहमत छु | (हाँसो)

प्रभुपाद: यदि यो राम्रो हुन्छ..... हरेक राम्रो कुरा स्वीकार्नुपर्छ |

डा. ओर: एउटा समस्या..... म सोच्ने गर्छु कि हामी कसरी पक्का हुन सक्छौं कि के राम्रो हुन्छ, विशेषगरी जब युद्धको कुरा हुन्छ | म थोरै चिन्तित हुन्छु, मलाई लाग्छ कि......

प्रभुपाद: के युद्ध ?

डा. ओर: हजुरले भन्दै हुनुहुन्ठ्यो कि कहिलेकाही युद्ध आवश्यक छ | मलाई लाग्छ कि यो जान्नु महत्वपूर्ण छ कि कसरी निधो गर्ने कि.....

प्रभुपाद: होइन, होइन, आवश्यक भएको तिमीले यो भौतिक जगतमा सब सन्त पुरुष छन् भन्ने आशा गर्न सक्दैनौ | यहाँ नराम्रा तत्त्व पनि छन् | त्यसैले यदि कुनै नराम्रो तत्त्वले तिमीलाई आक्रमण गर्न आउँछ भने के युद्ध गरेर आफुलाई बचाउनु तिम्रो कर्तव्य होइन ?

डा. ओर: तर कहिलेकाही नराम्रो तत्त्व ममा हुन सक्छ र मैले सोच्छु कि अरु मानिसहरु नराम्रा तत्त्व हुन् |

प्रभुपाद: होइन | भगवानसँग पनि यो भेद छ | उहाँले भन्नुहुन्छ, परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् (भ गी ४|८) | नराम्रा तत्त्वहरु पनि छ | त्यसैले यदि भगवानको मन राम्रा तत्त्वमा छन् भने, नराम्रा तत्त्व.... हामी भगवानका अंश हौँ | हाम्रो भावना पनि उही हुनुपर्छ | हामीले यो नकार्न सक्दैनौं |

जयतीर्थ: आजकल उनान्सय प्रतिशत नराम्रा छन् | त्यसैले युद्ध केवल दुई नराम्रा तत्त्वबीच छ |

प्रभुपाद: हो |

जयतीर्थ: त्यसैले अहिले भिन्न कुरा छ |

प्रभुपाद: तिमीले नराम्रा तत्त्वबीचको युद्ध रोक्न सक्दैनौ | तिनीहरुलाई राम्रो बनाउ | तब तिमीले रोक्न सक्छौ | तिमीले कुकुरहरुबीचको युद्ध रोक्न सक्दैनौ | (हाँसो) त्यो सम्भव छैन | यदि तिमीले कुकुरहरुको झगडा रोक्न सक्छौ भने यो सम्भव छैन | के यो सम्भव छ ? तब यो बेकार प्रयास हुन्छ | तिमीले मानवलाई कुकुर जसरी राखेका छौ र तिमी यिद्ध रोक्न चाहन्छौ | त्यो सम्भव छैन | अव्यवहारिक |