NE/Prabhupada 1003 - मानिस भगवान् समक्ष जान्छ, भगवान् आध्यात्मिक हुनुहुन्छ, तर उसले भौतिक लाभ माग्छ

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


750713 - Conversation B - Philadelphia

स्याण्डी निक्सन : त्यहाँ धेरै बाटो छन् कि हामीले भगवान पाउन सक्छौँ ?

प्रभुपाद : छैन | त्यहाँ केहि फरक छैन |

स्याण्डी निक्सन : मैले भन्न खोजेको, के त्यहाँ अरु अध्यात्मिक मार्ग छ ...... के सबै अध्यात्मिक मार्गले एउटै मार्ग लैजान्छ ?

प्रभुपाद : अध्यात्मिक मार्ग चार भागमा विभाजित छ | अध्यात्मिक होइन | वास्तविक अध्यात्मिक, मिसिएको अध्यात्मिक | जस्तै कि, "हामीलाई हाम्रो दैनिक रोटि देउ |" यो मिसिएको अध्यात्मिक हो | जब कोहि भगवान समक्ष्य गएको छ, भगवान अध्यात्मिक हुनुहुन्छ, तर ऊ भौतिक लाभ मागीरहेछ | त्यसैले यो मिसिएको छ, भौतिक तत्व र अध्यात्मिक | त्यसैले यी चार श्रेणी हुन् | सामान्यतया कर्मी भन्ने गरिन्छ, फलको आशा राख्ने, तिनीहरु केहि भौतिक लाभ पाउनको लागि कार्य गर्छन् | तिनीहरुलाई कर्मी भनिन्छ | जस्तै सबै मान्छेहरु, तिनीहरु दिन रात काम गरिरहेछन्, तिनीहरुको ट्याक्सी चलाएर (ट्याक्सीको आवाज आउँछ ) यहाँ तिर त्यहाँ तिर | तिनीहरुको उदेश्य भनेको कसरी पैसा कमाउने भनेर | यो कर्मी हो | र ज्ञानी| ज्ञानी भनेको "म कठिनसँग काम गरिरहेको छु किन ?" चरा, चुरुंगी, जनावर, हात्ती, ठुलो ठुलो - ८० थुप्रै प्रजातिका - तिनीहरु भोकै छैनन् | तिनीहरुको केहि व्यापार छैन | तिनीहरु केहि काम गर्दैनन् | तिनीहरु कसरी खाईरहेछन् | त्यसैले किन म नचाहिने काम गरिरहने ? म बुझ्न चाहन्छु कि जीवनको समस्या के हो भनेर |" त्यसैले तिनीहरु बुझ्छन् कि जीवनको समस्या भनेको जन्म, मृत्यु, बुढ्यौली र रोग हो | र तिनीहरु त्यो समाधान गर्न चाहन्छन् , कसरी अमर रहने भनेर | त्यसैले तिनिहरुको निस्कर्ष भनेको "यदि म भगवानको अस्तित्वमा एकाकार भएँ भने," म अमर हुने थिएँ र जन्म, मृत्यु, रोग, बुढ्यौलीले मलाई छुदैन | यो ज्ञानी हो | र कोहि योगी हुन्छन् | तिनीहरु केहि अध्यात्मिक शक्ति प्राप्त गर्न खोज्छन् यो गर्नलाई कि कसरी अरुलाई जादु देखाउन सक्छ | एउटा योगी धेरै सानो पनि बन्न सक्छ | यदि तिमीले उसलाई कोठामा थुन्यौ भने, ऊ बाहिर आउँछ | तिमीले थुन्द्यौ | ऊ बाहिर आउँछ | यदि त्यहाँ थोरै ठाउँ छ भने ऊ बाहिर आउँछ | त्यस्लीई ,बुध्दी भनिन्छ | ऊ आकाशमा उड्न सक्छ, आकाशमा पौडिन सक्छ | यो लाघिमा हो | यसैगरी, यदि कोसैले जादु देखाउन सक्छ उसलाई तुरुन्तै राम्रो व्यक्ति स्वीकार गरिन्छ | त्यसैले योगीहरू, ... आधुनिक योगीहरु, तिनीहरु मात्र केहि कसरत देखाउँछन्, तर तिनीहरुसँग शक्ति हुदैन | त्यसैले म यो तेस्रो श्रेणी योगीको कुरा गर्दै छु | साँचो योगीसँग केहि शक्ति हुन्छ | त्यो भौतिक शक्ति हो | त्यसैले योगीलाई पनि यो शक्ति चाहिन्छ | र ज्ञानी पनि अनाआवश्यक कामबाट मुक्त हुन चाहन्छन्, गधा जस्तै - कर्मी | र कर्मीहरु भौतिक लाभ चाहन्छन् | त्यसैले तिनीहरु सबै चाहन्छन् | तर भक्तहरु केहि चाहँदैनन् | तिनीहरु मात्र भगवानलाई प्रेमद्वारा सेवा गर्न चाहन्छन् | जस्तै एउटा आमाले बच्चालाई प्रेम गरेको जस्तै | त्यहाँ भौतिक लाभको कुनै प्रश्न हुँदैन | धेरै भावसहित, उहाँले प्रेम गर्नुहुन्छ | त्यसैले जब तिमि त्यो स्तरसम्म आउँछौ, भगवानलाई प्रेम गर्ने, त्यो पूर्णता हो | त्यसैले यी धेरै तरिकाहरु, कर्मी, ज्ञानी, योगी र भक्त, यी चार तरिकाबाट, यदि तिमीलाई भगवान जान्न मन छ भने, तिमीले भक्ति स्विकारनु पर्छ | त्यो भगवत गीतामा उल्लेख छ, भक्त्या माम् अभिजानाति (भा गी १८|५५)| "मात्रै भक्तिद्वारा तिमीले मलाई बुझ्न सक्छौ, भगवानलाई " उहाँले कहिल्यै अरु तरिकाले भन्नुभएको छैन, छैन | मात्रै भक्तिबाट | त्यसैले यदि तिमीलाई भगवानलाई बुझ्न मन छ र उहाँलाई प्रेम गर्न मन छ भने, उसोभए तिमीले यो भक्तिमय तरिका अपनाउनुपर्छ | अरु कुनै तरिकाले तिमीलाई मदत गर्न सक्दैन |