NE/Prabhupada 1008 - मेरो गुरु महाराजले मलाई आदेश दिनुभयो 'जाऊ र पाश्चात्य देशमा यो प्रचार गर': Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Nepali Pages - 207 Live Videos Category:Prabhupada 1008 - in all Languages Category:...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 9: | Line 9: | ||
[[Category:Nepali Language]] | [[Category:Nepali Language]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 1007 - जहाँसम्म कृष्ण भावनाको कुरा छ, हामी समान रुपमा वितरण गर्छौं|1007|NE/Prabhupada 1009-आध्यात्मिक गुरुलाई भगवान् समान सम्मान गरिन्छ भने उहाँलाई भगवान् समान सेवा गर्नुपर्छ|1009}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 17: | Line 20: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|UMgvVZ_IpsI| मेरो गुरु महाराजले मलाई आदेश दिनुभयो 'जाऊ र पाश्चात्य देशमा यो प्रचार गर' <br/>- Prabhupāda 1008}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK (from English page --> | <!-- BEGIN AUDIO LINK (from English page --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750713R2-PHILADELPHIA_clip8.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 21:51, 29 January 2021
750713 - Conversation B - Philadelphia
स्याण्डी निक्सन : कसरी नकारात्मक पक्ष सँग समुन्वय गर्ने ? बाहिरी संसारसँग .... भक्तहरु नकारात्मक पक्षसँग सधैँ जुध्नु पर्छ, मानिसहरु इच्छुक छैनन् | कसरी, बाहिरी संसार मात्रै होइन, तर कसरी उसले आफूभित्र त्यो परिस्थिति सामना गर्छ ? नकारात्मकसँग कसरी छुटकारा पाउने ?
प्रभुपाद : नकारात्मक भनेको ... जस्तै हामी भन्छौँ कि, "अवैध यौन नगर्ने |" हामी हाम्रो भक्तहरुलाई,"अवैध यौन सम्बन्ध नगर्न " भन्छौँ तिमिलाई लाग्छ कि यो नकारात्मक हो भनेर ? (छेउमा ) उसले के भन्न खोजेको हो ...?
जयतिर्थ : यो अवस्था कस्तो छ भने, अरु मानिसहरु सोच्छन् कि त्यो नकारात्मक हो भनेर, र तिनीहरु हामीप्रति नकारात्मक हुन्छन् | त्यसैले हामी तिनिहरुसँग कसरी व्योवहार गर्नुपर्छ |
स्याण्डी निक्सन : ठिक छ, तपाई .... तपाईं आफूभित्र कसरी त्यो परिस्थिति सामना गर्नुहुन्छ ?
रविन्द्र -स्वरुप : तपाईं के भन्न चाहनुहुन्छ, आफूभित्रको नकारात्मकको लागि ?
स्याण्डी निक्सन : होइन, होइन मात्रै कुरा काट्ने, तर ... यदि तपाईंले धेरै मान्छेहरु तपाईंको विपक्षमा बोलेको पाउनुभयो भने ... यहाँ तिमीलाई सकारात्मक मान्छेले घेरिरहेका छन् र तिनीहरुले तिमीलाई बलियो बनाउँछन् | तर जब तिमी बाहिरी संसारमा जान्छौ जहाँ तिमीलाई मानिसहरुले खुट्टा तान्छन् र तिम्रो शक्ति खोसिरहेका छन् , तिमी कसरी त्यो शक्ति परिपूर्ण गर्छौ ? कसरी ...
रविन्द्र-स्वरुप : हामी कसरी उभिन सक्छौँ' जब त्यहाँ हामी विरुद्ध धेरै मान्छेहरु छन् ?
प्रभुपाद : हँ ?
रविन्द्र-स्वरूप : ऊ बुझ्न खोज्दै छिन् कि हामी विरुद्ध व्यक्तिहरु उभिएपनि कसरी हामी अडिग रहन सक्छौँ | प्रभुपाद : त्यसैले कोहिपनि तिम्रो विरुद्ध छैनन् ? तिमी सोच्छौ कि तिमि विरुद्ध कोहि छैनन् ? म तिमिलाई सोध्दै छु |
स्याण्डी निक्सन : के म सोच्छु र मेरो विरुद्द कोहि छैनन् भनेर ? ओ, ठिक छ, मेरो पक्षमा मानिसहरु छन् , मानिसहरु मेरो विरुद्दमा छन्, मेरो बारेमा कुरा नगर्नु |
प्रभुपाद : त्यसैले तिनीहरु पक्ष र विपक्षमा छन् | तिमी किन विरुद्धको चिन्ता लिन्छौ ? जस्तै त्यहाँ हामी विरुद्धमा केहि मान्छेहरु छन्, त्यहाँ धेरै हाम्रो पक्षमा धेरै मान्छेहरु छन् | त्यसैले त्यो सबै कार्यफाँटको स्तर हो | त्यसैले यदि कोहि हामी विरुद्द छ भने , हामी किन त्यसको चिन्ता लिने ? हामीलाई हामी हाम्रो सकारात्मक कार्यसँग जाउँ |
स्याण्डी निक्सन : उदाहरणको लागि, यदि दिन अगाडी बढ्छ र भक्तहरु यस्ता बिपक्षी व्यक्तिहरु मात्र भेट्छन् भने, उसले नराम्रो सम्बन्ध बढाउँछ, र ऊ खाली महशुस गर्छ | कसरी ... ?
प्रभुपाद : हाम्रो भक्तहरु त्यस्तो परिवर्तनशिल छैन |(हाँस्दै) तिनीहरु, हामी विरुद्धमा रहेका व्यक्तिहरु समक्ष जान्छन् र तिनीहरुलाई पुस्तक लिन आग्रह गर्छन् | हामी सधैँ पुस्तक बेच्दै छौँ, धेरै मात्रामा | त्यसैले त्यहाँ हामी विरुद्ध भन्ने प्रश्न छैन | जो हामी विरुद्धमा छन् ,उनीहरुलाई पनि पुस्तक लिन आग्रह गरिन्छ | त्यसैले कसरी ऊ हामी विरुद्ध छ ? ऊ हाम्रो पुस्तक खरिद गर्दै छ | (छेउमा: ) हाम्रो हरेक दिनको बिक्रीको रकम के हो ?
जयतिर्थ : हामी २५ हजार पुस्तक र पत्रिका दैनिक बिक्रि गर्छौं |
प्रभुपाद : त्यसको मुल्य कति हो ? जयतिर्थ : पैसा ३५ हजारदेखि ४० हजार सम्म जम्मा हुन्छ |
प्रभुपाद : हामी ४० हजार डलर दैनिक जम्मा गर्ने गर्छौं | कसरी भन्न सक्छन् कि तिनीहरु हामीविरुद्द छन् ?
स्याण्डी निक्सन: तपाईं धेरै सकारात्मक हुनुहुन्छ | मलाई त्यो मन पर्यो |
प्रभुपाद : त्यहाँ कहाँ अरु संस्था छ जुनले दैनिक ४० हजरको पुस्तक बिक्रि गर्छ ? त्यसैले तिमी कसरी भन्न सक्छौ कि तिनीहरु हामीविरुद्ध छन् ?
स्याण्डी निक्सन : मेरो अन्तिम प्रश्न | तपाईंले हरेकृष्णको बारेमा केहि भन्न सक्नु हुन्छ, किन कि त्यो महत्वपुर्ण हो कृष्णभावना, र म तपाईंको शब्दमा सुन्न चाहन्छु ...
प्रभुपाद : त्यो सजिलो छ | हरे भनेको "हे भगवानको शक्ति, " र कृष्ण भनेको "भगवान |" "हजुरहरु दुईजना मलाई हजुको सेवामा लगाउनुहोस् |" त्यत्ति हो | "दुवैजना, कृष्ण र उहाँको शक्ति ..." जस्तै यहाँ हामीले महिला र पुरुष भनेर फरक छुट्टयाएका छौँ, त्यसैगरी, मुलभूत रुपमा, भगवान र उहाँको शक्ति, भगवान पुरुष हुनुहुन्छ र शक्ति महिला, प्रकृति र पुरुष | यो महिला र पुरुषको विचार, जहाँबाट त्यो कहाँबाट आउँछ ? भगवानले धेरै महिला र पुरुष उत्पादन गर्नुहुन्छ | त्यसैले महिला र पुरुषको बिचार, कहाँ बाट आउँछ ? त्यो भगवानबाट आउँछ | उहाँ सबैको स्रोत हुनुहुन्छ | त्यसैले स्त्री, अथवा प्रकृति, अथवा भगवानको शक्ति, र भगवान आफै ....उहाँ पुरुष हुनुहुन्छ | त्यसैले हामी दुवै भगवान र उहाँको शक्तिलाई विन्ती गर्दै छौँ, एकसाथ हामीलाई उहाँको सेवामा संलग्न गराउनु भनेर | यो हरे कृष्ण हो | हरे भनेको "हे भगवानको शक्ति ," कृष्ण, "हे भगवान, हजुरहरु दुवै जना मेरो हेरचाह गरेर हजुको सेवामा संलग्न गराउनुहोस |" त्यत्ति हो | त्यो हो अर्थ |
स्याण्डी निक्सन : ठिक छ, धन्यवाद |
प्रभुपाद : धन्यवाद |
स्याण्डी निक्सन : जब म घर गएँ, त्यहाँ यी कुरा थिए .... मात्र पृथ्वीबाट बाहिर आएको थिएँ, र त्यो देख्नलाई सुन्दर देखिन्थ्यो |
प्रभुपाद : त्यसैले तिम्रो प्रश्नको उत्तर पनि पायौ ?
यान्नी ज्याक्सन : म तपाईंलाई केहि प्रश्न गर्न सक्छु ? के तपाईं हजुरको जीवनको बारेमा केहि भन्नसक्नु हुन्छ, र कसरी तपाईंले थाहा पाउनुभयो कि तपाईं अध्यात्मिक गुरु हुनुहुन्थ्यो भनेर ?
प्रभुपाद : मेरो जीवन सामान्य छ | म गृहस्थ थिएँ | म सँग अझै पनि श्रीमती, छोराछोरि, मेरा नातिहरु छन् | त्यसैले मेरो गुरुमहाराजले मलाई आदेश गर्नुभयो कि "यो प्रणाली पश्चिम देशमा प्रचार गर |" त्यसैले मैले आफ्नो गुरुमहाराजको आदेशमा सबै छोडेँ, र म त्यो आदेश पालना गर्न खोज्दै छु | त्यत्ति हो |
यान्नी ज्याक्सन : र यो तस्बिरमा हो त्यो मान्छे ?
प्रभुपाद : हो, उहाँ मेरो गुरुमहराज हुनुहुन्छ |
यान्नी ज्याक्सन : र उहाँ अहिले जिउँदो हुनुहुन्न |
प्रभुपाद : होइन |
यान्नी ज्याक्सन : उहाँले तपाईंलाई अध्यात्मिक रुपमा बोल्नुभयो ?
प्रभुपाद : त्यसैले यो मेरो (अस्पस्ट) | त्यत्ति हो |
यान्नी ज्याक्सन : त्यो समयमा उहाँले तपाईलाई यो गर्नु भन्नु भएको हो ? यो तपाइको जीवनमा धेरै ढिला भएको ... ?
प्रभुपाद : हो, जब म पच्चिस बर्षको थिए, मैले उहाँलाई भेटेको थिएँ | हाम्रो पहिलो भेटमै उहाँले मलाई यो आदेश गर्नुभएको थियो | त्यसैले त्यो समयमा म विवाहित थिएँ | मेरो दुई बच्चा थिए | त्यसैले मैले सोचेँ, "म यो पछि गर्नेछु |" तर म मेरो पारिवारिक जीवनबाट टाढा हुन चाहन्थ्ये | त्यसको लागि केहि समय चाहियो | तर म सकेसम्म उहाँको आदेश पालना गर्ने प्रयासमा थिएँ | १९४४ मा जब म गृहस्थ थिएँ, मैले एउटा पत्रिका, व्याक टु गडहेड, भन्ने प्रारम्भ गरेको थिएँ | अनि मैले १९५८, ५९ तिर पुस्तक लेख्न सुरु गरेँ | यसरी, १९५५ मा (१९६५) मा, म तिम्रो देश आएँ |