NE/Prabhupada 1047 - ऊ केहि गलत कर्तव्यमा लागेको छ र त्यसको लागि धेरै मेहेनत गर्दैछ, त्यसैले ऊ एउटा गधा हो: Difference between revisions

 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 9: Line 9:
[[Category:Nepali Language]]
[[Category:Nepali Language]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 1046 - कृष्णसँगै नाच्न , बोल्न र खेल्न सक्ने शरीर पाउने निर्णय लिऊ|1046|NE/Prabhupada 1048 - तिमी कहिल्यै खुसी हुन सक्दैनौ - पूर्ण निर्देशन- जबसम्म तिमी भगवद्-धाम फर्कदैनौं|1048}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 17: Line 20:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|dVNuY_UeDiE|ऊ केहि गलत कर्तव्यमा लागेको छ र त्यसको लागि धेरै मेहेनत गर्दैछ, त्यसैले ऊ एउटा गधा हो<br/>- Prabhupāda 1047}}
{{youtube_right|BypCE_Y9sqg|ऊ केहि गलत कर्तव्यमा लागेको छ र त्यसको लागि धेरै मेहेनत गर्दैछ, त्यसैले ऊ एउटा गधा हो<br/>- Prabhupāda 1047}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>File:750712SB-PHILADELPHIA_clip2.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750712SB-PHILADELPHIA_clip2.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:57, 29 January 2021



750712 - Lecture SB 06.01.26-27 - Philadelphia


त हामीले निर्णय गर्नुपर्छ, यो मनुष्य जीवन | तर तिमीलाई कुनै जानकारी छैन कि " मैले अर्को जीवनमा कस्तो शरीर पाउँछु," यदि तिमीले विश्वास गर्दैनौ... तिमीले विश्वास गरे वा नगरे पनि, यसले फरक पर्दैन, प्रकृतिको नियम चलिरहन्छ | यदि तिमि भन्छौ, " म अर्को जीवनमा विश्वास गर्दिन, " तिमीले त्यस्तो भन्न सक्छौ, तर प्रकृतिको नियमले कार्य गर्छ | कर्मणा दैव​​-नेत्रेण​ ( श्री भ ३|३१|१) | जसरी तिमीले अभिनय गर्दै छौ, त्यसको अनुसार, तिमीले आफ्नो अर्को शरीरको तयारी गर्दैछौ | त मृत्यु पछि - मृत्यु पछि भनेको जब यो शरीरको अन्त्य हुन्छ - त्यसपछि तिमीले अर्को शरीर तुरुन्तै पाउँछौ, किनकि तिमीले पहिले नै आफ्नो कार्यक्षेत्र बनाईसक्यौ, तिमीले कस्तो शरीर पाउँछौ | त यो मानिस, अजामिल आफ्नो छोराको रक्षा गर्न संलग्न थियो, र उसको पूर्ण मन त्यो बच्चामा लीन भएको थियो | त.... ( कसैले टिप्पणी गर्छन् ) (भित्र :) हल्ला नगर | तसर्थ उसलाई मुढ भनेर वर्णन गरिएको छ | यहाँ भनिएको छ, भोजयन पाययन मूढ:​ | हामीले बिर्सिएका छौ कि त्यो दिन आउँदै छ | त्यो अघाडी छ | त्यसलाई मृत्यु भनिन्छ, मृत्यु | हामीले त्यो बिर्सिन्छौ | त्यो हाम्रो अपूर्णता हो | त यो मानिसले बिर्सियो कि ऊ धेरै स्नेही पिता वा स्नेही पति भएर धेरै व्यस्त थियो | वा केहि कुरा | मसँग धेरै सम्बन्ध छन् | एक स्नेही साथी वा ईष्र्यालु शत्रु , हामीसँग केहि सम्बन्ध हुन्छ | सबैजना, यो दुनियामा, हामीसँग केहि स्नेह वा इर्ष्य हुन्छ, यसले फरक पर्दैन | त यो तरिकामा हामी जिउँदै छौ मृत्यु अघाडी छ | तसर्थ हामी मुढ हौ | मुढ भनेको दुस्ट, गधा, जसले आफ्नो वास्तविक रुचिको बारेमा थाहा हुदैन | गधा जस्तै | गधा,....मुढ भनेको गधा | गधालाई आफ्नो रुचिको बारेमा थाहा हुदैन | हामीले देख्न सक्छौ धोबीले गधालाई तिन टन कपडाको भारि बोकाउँछ , र ऊ हिड्न सक्दैन, तर उसले त्यो गर्ने पर्छ | र उसलाई थाहा छैन " मेरो पछाडी धेरै टन कपडाको भारी छ, तर मलाई यसमा के रुचि छ ? एउटा पनि कपडा मेरो होइन |" त गधासँग त्यस्तो समझ हुदैन | गधा भनेको उसको त्यस्तो समझ हुदैन | सोच्छ," यो मेरो कर्तव्य हो | मेरो माथि त्यस्तो धेरै कपडाको भारी राखिएको छ, यो मेरो कर्तव्य हो |" यो कर्तव्य के हो ? अब, " किनकि धोबीले मलाई घाँस दिन्छन् |" तर उसँग यो समाज हुदैन " घाँस मैले जहाँ पनि पाउँन सक्छौ | मैले यो कर्तव्यमा संलग्न किन छु ?" त्यो.....सबैजना आफ्नो कर्तव्यको बारेमा चिन्तित छन् | कोहि राजनीतिज्ञ छन्, कोहि गृहस्थ छन्, कोहि केहि अरु नै छन् | तर किनकि उ अरु केहि झुटो कर्तव्यमा संलग्न छ र उ त्यसको लागी धेरै मिहेनत गर्छन् भने, ऊ एक गधा हो | उसले आफ्नो वास्तविक कार्य हो | वास्तविक कार्य भनेको मृत्यु आउँछ | यसले मलाई छोड्दैन | सबैजना भन्छन्, " मृत्यु जस्तै निश्चित |" अब, मृत्युभन्दा अघाडी, मैले यसरी कार्य गर्नु पर्छ कि मेरो वैकुण्ठमा कुनै स्थान छ , वृन्दावनमा, र मेरो कृष्णसँग बस्ने स्थायी जीवन पाउँने छु | यो हाम्रो वास्तविक कर्तव्य हो | तर हामीलाई त्यो थाहा छैन | न ते विदु: स्वार्थ​-गतिं हि विष्णुम ( श्री भ ७|५|३१) |