NE/690509 प्रवचन - श्रील प्रभुपाद कोलम्बसमा आफ्नो अमृतवाणी व्यक्त गर्नुहुन्छ

NE/Nepali - श्रील प्रभुपादको अमृत वाणी
"अद्वैत भनेको कृष्णले आफूलाई विस्तारित गर्नुहुन्छ। कृष्णले आफैलाई विस्तारित गर्न सक्नुहुन्छ। भगवान त्यस्तो हुनुहुन्छ । जसरी म यहाँ बसेको छु। तपाईँ पनि यहाँ बसिरहनु भएको छ। तर मानौँ घरमा तपाईँलाई कोही आफन्तले खोज्दै, 'के उहाँ यहाँ हुनुहुन्छ?" भनेर प्रश्न सोध्नु भयो भने, तब 'उहाँ घरमा हुनुहुन्न' भनेर उत्तर दिइन्छ। कृष्ण त्यस्तो हुनु हुनुहुँदैन। गोलोक एव निवसती अखिलात्म भूत: (ब्र.सं. ५.३७). उहाँ सर्वत्र उपस्थित हुनुहुन्छ। कृष्णले अर्जुनसँग कुरुक्षेत्रको युद्ध भूमिमा कुरा गरिरहनुभएको थियो भन्दैमा उहाँ गोलोक वा वैकुण्ठमा हुनु हुन् थिएन भन्ने होइन। गोलोक अथवा वैकुण्ठमा मात्र होइन, उहाँ सबै ठाउँमा हुनुहुन्थ्यो। तपाईँले भगवद गीता भनेको पाउनु हुन्छ कि कृष्ण यहाँ पनि हुनुहुन्छ, अहिले। ईश्वर: सर्व-भूतानाम ह्रद-देशे अर्जुन तिष्ठति (भ.गी. १८.६१)। सार पनि पाउनुहुनेछ, अब यहाँ पनि हुनुहुन्छ। ईश्वरः भूतानम् ह्रद-देशे अर्जुन तिष्ठति (भ गी १८।६१) कृष्ण सबैको हृदयमा हुनुहुन्छ। तपाईँको हृदयमा कृष्ण हुनुहुन्छ, मेरो हृदयमा कृष्ण हुनुहुन्छ।"

690509 - प्रवचन BG 04.01-2 - कोलम्बस