NE/761009 - श्रील प्रभुपाद अलीगढमा आफ्नो अमृतवाणी व्यक्त गर्नुहुन्छ

NE/Nepali - श्रील प्रभुपादको अमृत वाणी
"त्यसैले कृष्णको लागि जे पनि गर्न सक्ने भनेको वैष्णव हो। त्यस्तो अल्छी व्यक्ति चाहिँ होइन जसले भन्छ, "म एक महान् वैष्णव बनिसके छु। सुतिर पनि मेरो हरे कृष्णको नाम जप सिद्ध हुन्छ।"। त्यो वैष्णव होइन। वैष्णव धेरै व्यस्त हुनुपर्छ, सधैँ आदेशको लागि तत्पर रहन्छ...आनुकूल्येन कृष्णानु-शीलनं (Vanisource: चैतन्य चरितामृत मध्य १९.१६७।चैतन्य चरितामृत मध्य १९.१६७) "कृष्णको आदेश के हो ? उहाँ के चाहनुहुन्छ?" र ऊ तयार रहन्छ। ठिक त्यसरी जसरी एक सेवक आफ्नो स्वामीको आदेश स्विकार्न हरदम तयार हुन्छ। त्यो हो विश्वासी सेवक। त्यो हो सक्कली सेवक, र रातमा सेवाको समयमा सुती रहने खाले होइन। होइन। त्यो विश्वासी सेवक होइन। विश्वासी सेवक भनेको जहिल्यै सतर्क हुनु र त्यो नै भक्ति हो। आनुकूल्येन कृष्णानु-शीलनं भक्तिर उत्तमा (Vanisource: चैतन्य चरितामृत मध्य १९.१६७।चैतन्य चरितामृत मध्य १९.१६७). केवल आनुकूल्येन पालन गर्नु पर्‍यो, अर्थात् कृष्ण जसले खुसी हुनुहुन्छ, त्यो गर्नु पर्‍यो। यो भक्ति हो। 
761009 - Arrival - अलीगढ