NE/Prabhupada 0007 - कृष्णले पालन गर्नुहुनेछ



Lecture on SB 1.5.22 -- Vrndavana, August 3, 1974

ब्रह्मानन्द : ब्राह्मणले कुनै पनि राेजगार स्वीकार गर्नुहुँदैन ।

प्रभुपाद : हाेइन । ऊ भाेकले नै मर्ला तर उसले कुनै राेजगार स्वीकार गर्दैन। याे हाे ब्राह्मण । क्षत्रिय पनि त्यस्तै हाे , र वैष्य पनि । केवल शुद्र । एउटा वैष्यले कुनै व्यापार गर्नेछ । उसले कुनै व्यापार पाउनेछ ।

त एउटा सत्य-कथा छ । धेरै धेरै अघाडि कलकत्तामा श्री नन्दीजी थिए, उनी अाफ्नाे साथीलाई भेट्न गएर भने , " यदि तिमीले मलाई थाेरै पुँजी दिन्छाै भने, म कुनै व्यापार सुरू गर्न सक्छु । " त उनले भने , " तिमी वैष्य हाै ? व्यापारी हाै ? "

"हाे । "

"अाेहाे तिमी मसँग पुँजी मागिरहेका छाै ? पैसा त सडकमा छ । तिमीले त्यहीं लिन सक्छाै ।" त उनले भने , "म त भेटाउन सक्दिनँ । " " तिमी भेटाउन सक्दैनौ ? के हाे यस्ताे ? " " त्यहाँ , त्यहाँ मरेकाे मुसा छ । " " याे नै तिम्राे पुँजी हाे । "

हेर्नुहोस् । ती दिनमा कलकत्तामा प्लेग राेगकाे मारामारी थियाे । त्यसकारण नगरपालिकाकाे घाेषणा थियाे , जसले नगरपालिका कार्यलयमा मरेकाे मुसा ल्याउनेछ , उसलाई दुई अाना दिइनेछ । त मुसाकाे मृत शरीर बाेकेर नगरपालिका कार्यलयमा गए । उनलाई दुई अाना दिइयाे । त त्यही दुई अानाकाे सहयाेगले उनले थाेरै कुहिएकाे सुपारी किने , र त्यसलाई पखालेर , चार वा पाँच अानामा बेचे ।

यस प्रकारले फेरी , फेरी , फेरी गर्दै ती मान्छे निकै नै धनी भए । उनका परिवारका एक सदस्य हाम्रा गुरूभाई थिए। नन्दी परिवार । त्यस नन्दी परिवारले अहिले पनि , दैनिक रूपमा चार सय , पाँच सय मानिसलाई खाना खुवाउँछन् । एउटा ठूलाे , कुलिन परिवार । र उनीहरूकाे परिवारकाे एउटा नियम छ , जब एउटा छाेरा वा छाेरीकाे जन्म हुन्छ , पाँच हजार रूपैया बैंकमा जम्मा गरिन्छ , र अाफ्नाे विवाहकाे समयमा , ब्याजसहित त्यस ५ हजारलाई उसले लिन सक्छ । अन्यथा, अरू पुँजीमा कुनै भाग लाग्दैन । र त्यस परिवारमा जाे पनि निवास गर्दछ , उसले खाना तथा अाश्रय पाउँछ। याे उनीहरूकाे ... तर वास्तविक , मेराे तात्पर्य , यस परिवारका संस्थापक नन्दी , उनले अाफ्नाे व्यापार एउटा राताे, मृत मुसाबाट सुरू गरेका थिए |

वास्तवमा याे तथ्य हाे , वास्तविक तथ्य कि यदि कुनै व्यक्ति स्वतन्त्र रहन चाहन्छ ..... कलकत्तामा मैले देखेकाे छु । यहाँ सम्म कि गरीब वर्गका वैष्यहरू पनि, बिहान दाल बाेक्छन्, दालकाे थैलाे बाेकेर ढाेका ढाेकामा जान्छन् । दाल त सबैतिर चाहिन्छ । त बिहान उनीहरू दालकाे व्यापार गर्छन् र साँझ मट्टीतेल बाेकेर हिंड्छन् । त साँझ सबैलाई मट्टीतेल चाहिन्छ । अहिले पनि भारतमा तपाई देख्नुहुन्छ , उनीहरू .... कुनै पनि व्यक्तिले राेजगारीकाे माग गरीरहेकाे थिएन। ऊसँग जे छ , उसले थाेरै बदाम वा अरु बेच्दछ । उसले केही गरीरहेकाे हुन्छ।

जे भए पनि , कृष्णले प्रत्येक व्यक्तिकाे भरणपाेषण गर्नुहुन्छ । यस्ताे साेच्नु गलत हाे कि " याे मानिसले मेराे रेखदेख गरिरहेकाे छ |" हाेइन । शास्त्रमा भनिएको छ , एको यो बहूनां विदधाति कामान् | याे कृष्णप्रतिको विश्वास हाे कि " कृष्णले मलाई जीवन दिनुभएकाे छ , उहाँले मलाई यहाँ पठाउनुभएकाे छ । त्यसकारण उहाँले मेराे भरणपाेषण गर्नुहुनेछ । त्यसकारण मैले मेराे याेग्यता अनुसार केही गर्नुपर्छ , र त्यस स्राेतकाे माध्यमबाट कृष्णले हेरचाह गर्नुहुनेछ । "