NE/Prabhupada 0023 - मृत्‍युभन्दा अघी कृष्ण भावनाभावित होऊ



Sri Isopanisad Invocation Lecture -- Los Angeles, April 28, 1970


त यहाँ बताइएको छ कि यो ब्रह्माण्डकाे अाफ्नै समय छ, जुन पूर्ण तत्त्वकाे शक्तिद्वारा निश्चित गरिएको छ । ब्रह्माण्ड पनि विशाल शरीर हाे , भैातिक शरीर । त्यति हो । जस्तै तपाईकाे शरीर; सबै कुरा सापेक्षिक छ । आधुनिक विज्ञान , सापेक्षताकाे नियम । एउटा अणु , एउटा सानाे कण , सानाे कमिला , उसको जीवन सापेक्षिक छ , तपाईको जीवन सापेक्षिक छ । त्यसैगरी याे विशाल शरीर, यो ब्रह्माण्ड लाखौं वर्षसम्म रहन सक्छ, तर सदाकाे लागि रहनेछैन । याे तथ्य हाे । याे निकै नै विशाल भएको कारण केही लाख वर्षसम्म रहन सक्छ, तर याे अन्त्य हुनेछ । याे प्रकृतिकाे नियम हाे । र जब त्याे समय समाप्त हुनेछ , याे अस्थायी अभिव्यक्तिकाे विनाश हुनेछ, पूर्ण तत्त्व, सर्वाेच्च पूर्ण तत्त्वकाे व्यवस्थाद्वारा ।

जब तपाईकाे समय सकिनेछ, महाेदय, याे शरीरमा अब रहन पाउनुहुन्न । कसैले पनि राेक्न सक्दैन । व्यवस्थापन निकै नै बलवान् छ । तपाईले भन्न सक्नुहुन्न, " मलाई बस्न दिनुहोस् ।" वास्तवमा याे हुने गर्छ । जब म भारतमा थिएँ , इलाहवादमा , हाम्रा एक परिचित मित्र, उनी निकै नै धनी थिए । उनी मरिरहेका थिए । उनी डाक्टरसँग अनुराेध गर्दै थिए , " के तपाई मलाई बाँच्नकाे लागि कम्तिमा चार वर्ष दिन सक्नुहुन्न ? मेरा केही याेजना छन् , हेर्नुहोस् । मैले पुरा गर्न सकिनँ ।" हेर्नुहोस् । अाशा पाश शतैर् बद्धाः (भ गी १६।१२)। याे अासुरी प्रवृत्ति हाे । सबैले साेच्छन् कि, "अाेहाे , मैले याे गर्नुछ । मैले त्याे गर्नु छ ।" हाेइन । डाक्टर वा डाक्टरका बुवा , कुनै वैज्ञानिकले पनि बचाउन सक्दैनन् । "अाेहाे , हुँदैन महोदय । चार वर्ष हाेइन । चार मिनेट पनि हुँदैन। तपाई तत्काल जानुपर्छ । " याे नियम हाे ।

त्याे क्षण अाउनुभन्दा पहिले नै, प्रत्येक व्यक्ति कृष्ण भावना अनुभव गर्न निकै निपुण हुनुपर्छ । तूर्णम् यतेत (श्री भा ११|९|२९)। तूर्णम् अर्थात् तेज गतिमा , निकै चाँडो तपाईसँग कृष्ण भावनाको अनुभूति हुनुपर्छ । अनु .... त्यसपछि , मृत्यु अगाडि तपाईले अाफ्ना सारा कार्य सक्नुपर्छ । याे बुद्धिमानी हाे । अन्यथा पराजय हुनेछ । धन्यवाद ।