NE/Prabhupada 0034 - सबैजनाले अधिकारीबाट ज्ञान प्राप्त गर्छन्



Lecture on BG 7.1 -- Durban, October 9, 1975

अध्याय सात, "परम ज्ञान ।"

वास्तवमा दुईवटा तत्त्वहरू छन्, पूर्ण र सापेक्षिक । यो संसार सापेक्षिक छ। यहाँ हामीहरूले एउटा वस्तुलाई अर्को वस्तुको सहायता बिना बुझ्न सक्दैनौं । जब हामीले "यहाँ पुत्र छ" भन्छौं, पिता हुनैपर्छ | जब हामीले "यहाँ श्रीमान छन्" भन्छौं, श्रीमती पनि हुनैपर्छ | जब हामीले "यहाँ दास छ" भन्छौं, मालिक पनि हुनैपर्छ | जब हामीले "यहाँ उज्यालो छ" भन्छौं, अन्धकार पनि हुनैपर्छ | यसलाई सापेक्षिक जगत् भनिन्छ | सापेक्षिक वस्तुको मदतले मात्र कुनै कुरा बुझ्न बुझिन्छ। तर अर्को जगत् छ जसलाई पूर्ण जगत् भनिन्छ । त्यहाँ मालिक र दास समान हुन्छन् | त्यहाँ कुनै भेद हुँदैन | यद्यपि त्यहाँ एक मालिक र अर्को दास छन्, तर स्थिति समान हुन्छ | यसै कारण भगवद् गीताको सातौं अध्यायमा पूर्ण जगत्, पूर्ण ज्ञानको केहि संकेत दिइएको छ। त्यो ज्ञान कसरी प्राप्त गरिन्छ भन्ने कुरा परम पुरुष कृष्णले बताउनुभएको छ | कृष्ण परम पुरुष हुनुहुन्छ।

ईश्वरः परमः कृष्णः सच्-चिद्-आनन्द​-विग्रहः
अनादिर् आदिर् गोविन्दः सर्व​-कारण​-कारणम्
(ब्र स ५|१)

ब्रह्माजीले आफ्नो आधिकारिक पुस्तक ब्रह्म संहितामा कृष्णको परिभाषा दिनुभएको छ | यो पुस्तक चैतन्य माहाप्रभुले दक्षिण भारतबाट संकलन गर्नुभएको थियो, र दक्षिण भारतको भ्रमणबाट फर्किएपछि उहाँले आफ्ना भक्तहरुलाई प्रस्तुत गर्नुभएको थियो । तसर्थ हामी ब्रह्म संहितालाई धेरै आधिकारिक मान्दछौं ।

यो हाम्रो ज्ञान प्राप्त गर्ने प्रक्रिया हो । हामी अधिकारीबाट ज्ञान प्राप्त गर्दछौं । सबैजनाले अधिकारीबाट ज्ञान प्राप्त गर्दछन्, तर साधारण अधिकारीबाट र हाम्रो अधिकारी स्वीकार्ने प्रक्रिया थोरै भिन्न छ | हाम्रो अधिकारी स्वीकार्ने प्रक्रिया भनेको उनले पनि आफ्ना पूर्वज अधिकारीलाई स्वीकार्छन् | कोहि पनि स्व-घोषित अधिकारी बन्न सक्दैन | त्यो सम्भव छन् | तब त्यो अपूर्ण हुन्छ | यो उद्धाहरण मैले धेरै पटक दिइसकेको छु कि बालकले आफ्नो पिता बाट सिक्छ। बालकले पितालाई सोध्छ, "बुवा, यो यन्त्र के हो ?" र पिताले भन्छन् "मेरो प्रिय बाबु, यसलाई माईक्रोफोन भनिन्छ |" यसरी बालकले आफ्नो पिताबाट ज्ञान पाउँछ,"यो माईक्रोफोन हो |" त्यसैगरी जब त्यस बालकले अरूलाई बताउँछ "यो माईक्रोफोन हो", तब यो सही हुन्छ ।

ऊ बालक भए तापनि उसले अधिकारीबाट ज्ञान पाएको कारण उसको भनाइ सहि हुन्छ। त्यसैगरी, यदि हामीले अधिकारीबाट ज्ञान प्राप्त गर्छौं भने म बालक भए तापनि मेरो भनाइ सहि हुन्छ | यो हाम्रो ज्ञानको प्रक्रिया हो | हामी ज्ञान उत्पादन गर्दैनौं। भगवद् गीताको चौथो अध्यायमा दिइएको प्रक्रिया यहि हो, एवं परम्परा प्राप्तम् इमं राजर्षयो विदुः (भ गी ४।२) | यो परम्परा प्रणाली.....

इमं विवस्वते योगं प्रोक्तवान् अहम् अव्ययम्
विवस्वान् मनवे प्राह मनुर् इक्ष्वाकवे ऽब्रवीत्
(भ गी ४।१) |

एवं परम्परा | हामीले जब परम स्रोतबाट सुनेर परम ज्ञान प्राप्त गर्न सकिन्छ | सापेक्षिक जगतको कुनै पनि मानिसले हामीलाई परम ज्ञानको बारेमा बताउन सक्दैन | त्यो सम्भव छैन | यहाँ हामीहरू परम जगत् सम्बन्धि बुझ्दैछौं, पूर्ण ज्ञान, परम पुरूष, पूर्ण पुरुषबाट। परम पुरूष अर्थात् अनादिर् आदिर् गोविन्दः (ब्र स ५|१) | उहाँ मूल पुरुष हुनुहुन्छ, तर उहाँको कुनै स्रोत छैन, तसर्थ पूर्ण | उहाँको अरु कुनै कारण छैन | ती भगवान् हुनुहुन्छ | तसर्थ यस अध्यायमा, श्री भगवान् उवाच, पूर्ण पुरुष भनिएको छ...... भगवान् अर्थात् पूर्ण पुरुष, जो अरु कसैमा निर्भर हुनुहुन्न |