NE/Prabhupada 0038 - ज्ञान वेदबाट लिइएको हो



Lecture on BG 7.1 -- Hong Kong, January 25, 1975


कृष्ण यहाँ हुनुहुन्छ। हामीसँग कृष्णको तस्वीर छ, कृष्णको चित्र छ, कृष्णको मन्दिर, कृष्णका धेरै वस्तु छन्। तिनीहरु झुटा होइनन्। तिनीहरू काल्पनिक होइनन्, जसरी मायावादी दार्शनिकले सोच्ने गर्छन् कि "तिमीले आफ्नै मनमा कल्पना गर्न सक्छौ" । होइन | भगवानको कल्पना गर्न सकिंदैन । त्यो अर्को मुर्खता हो। तिमीहरूले कसरी भगवानको बारेमा कल्पना गर्न सक्छौ ? यदि त्यसो हो भने त भगवान् तिमीहरूको कल्पनाको वस्तु हुनुहुन्छ । उहाँ ठोस हुनुहुन्न । ती भगवान् होइनन् । जे कल्पनिक गरिन्छ, ती भगवान् होइनन्। भगवान् तिमीहरूका सामु उपस्थित हुनुहुन्छ, कृष्ण। उहाँ यस लोकमा आउनुभएko थियो । तदात्मानं सृजाम्य् अहम्, सम्भवामि युगे युगे :(भ गी ४।८)।

जसले भगवानलाई देखेका छन्, उनीहरूबाट जानकारी लिनुपर्छ ।

तद् विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया
उपदेक्ष्यन्ति ते ज्ञानं ज्ञानिनस् तत्त्व​-दर्शिनः
(भ गी ४।३४)

तत्त्व​-दर्शिनः | जबसम्म तिमीहरुले देखेका छैनौ, अरूलाई सत्य जानकारी कसरी दिनसक्छौ? भगवानलाई देख्न सकिन्छ, इतीहासमामात्र होइन। इतीहासमा, जब कृष्ण यस लोकमा उपस्थित हुनुहुन्थ्यो, कुरुक्षेत्रको युद्वको समयमा, जहाँ यो भगवद् गीताको ज्ञान बताइएको थियो, त्यो एउटा ऐतिहासिक तथ्य हो । हामीले भगवान श्रीकृष्णलाई इतीहासबाट पनि देख्न सक्छौं र शास्त्रबाट पनि देख्न सक्छौं । शास्त्र- चक्षुसा। जस्तै वर्तमान समयमा, कृष्ण व्यक्तिगत रूपमा उपस्थित हुनुहुन्न, तर हामीले कृष्णका बारेमा शास्त्रबाट जान्न सक्दछौं । शास्त्र चक्षुसा। शास्त्र....... कि तिमीहरूले प्रत्यक्ष अनुभव गर, कि त शास्त्रबाट ज्ञान लिऊ..... प्रत्यक्ष अनुभवभन्दा शास्त्रबाट लिएको ज्ञान ठिक हुन्छ ।

यसरी हाम्रो ज्ञान, जसले वैदिक पद्धतिको अनुसरण गर्छन्, उनीहरुको ज्ञान वेदहरुबाट लिइएको हुन्छ । उनीहरूले आफैं ज्ञान निर्माण गर्दैनन् । यदि कुनै कुरा वैदिक प्रमाणद्वारा बुझिन्छ भने त्यो तथ्य हो | कृष्णलाई वेदहरूबाट बुझिन्छ | वेदैश् च सर्वैर् अहम् एव वेद्यः (भ गी १५।१५) | यो भगवद् गीतामा वर्णित छ | तिमीले कृष्णको बारेमा कल्पना गर्न सक्दैनौ | यदि कुनै धुर्तए "म कल्पना गर्दैछु" भन्छ भने त्यो धुर्तता हो | तिमीहरुले कृष्णलाई वेदको मध्यमबाट हेर्नुपर्छ | वेदैश् च सर्वैर् अहम् एव वेद्यः (भ गी १५।१५) | वेद पढ्नुको उद्देश्य यहि हो । तसर्थ वेदान्त भनिएको हो। कृष्ण सम्बन्धि ज्ञानलाई वेदान्त भनिन्छ।