NE/Prabhupada 0040 - यहाँ एक सर्वोच्च व्यक्ति हुनुहुन्छ



Lecture on BG 16.8 -- Tokyo, January 28, 1975


जीवहरू अरबौं-खरबौं छन् र प्रत्येकको हृदयमा भगवान् विराजमान हुनुहुन्छ । सर्वस्य चाहं हृदि सन्निविष्टो मत्तः स्मृतिर् ज्ञानम् अपोहनं च​ (भ गी १५।१५) | भगवानले यसरी प्रबन्ध गर्नुहुन्छ। यदि हामीले भगवानलाई हामी जस्तै नियन्त्रक हुनुहुन्छ भनेर सोच्छौं भने त्यो हाम्रो गलत धारणा हुनेछ। उहाँ नियन्त्रक हुनुहुन्छ। उहाँले आफ्नो असिमीत ज्ञान र असिमीत सहायकहरू, असिमीत शक्तिकासाथ सञ्चालन गर्दै हुनुहुन्छ ।

यी निराकारवादीहरुले सोच्न सक्दैनन् कि एक व्यक्ति पनि असिमीत रुपमा शक्तिशाली हुनुहुन्छ | तसर्थ तिनीहरु निराकारवादी बन्दछन् | तिनीहरु सोच्न सक्दैनन् | निराकारवादीहरुले कल्पना गर्न सक्दैनन्..... तिनीहरु सोच्छन्,"जब कोहि व्यक्ति हुन्छ, ऊ म जस्तै व्यक्ति हुन्छ | मैले यसो गर्न सक्दिनँ | तसर्थ उहाँले पनि गर्न सक्नुहुन्न |" तिनीहरु मुढ हुन् | अवजानन्ति मां मूढाः (भ गी ९।११) | तिनीहरुले कृष्णलाई आफुसँग तुलना गर्छन् । ऊ एक व्यक्ति भए जस्तै कृष्ण एक व्यक्ति हुनुहुन्छ। उसलाई त्यो थाहा हुँदैन ।

वेदमा सुचित गरिएको छ कि "यद्यपि उहाँ एक व्यक्ति हुनुहुन्छ, तर पनि उहाँले सम्पूर्ण असिमित व्यक्तिहरूको पालन गर्नुहुन्छ ।" यो तिनीहरुलाई थाहा छैन | एको यो बहूनां विदधाति कामान् | ती एक व्यक्तिले लाखौं, करोडौं व्यक्तिहरुको पालन गर्दै हुनुहुन्छ | हामीहरु सबै व्यक्ति हौँ | म व्यक्ति हुँ | तिमी व्यक्ति हौ | कमीलो पनि व्यक्ति हो। बिरालो पनि व्यक्ति हो। कुकुर पनि व्यक्ति हो र किरा पनि व्यक्ति हो । रुखहरु व्यक्ति हुन् | सबजना व्यक्ति हुन् | र एक अर्का व्यक्ति हुनुहुन्छ | ती भगवान् कृष्ण हुनुहुन्छ | ती एक व्यक्तिले लाखौं-करोडौं व्यक्तिहरुको पालन गर्नुहुन्छ | एको यो बहूनां विदधाति कामान्, नित्यो नित्यानां चेतनश् चेतनानाम् (कठ उपनिषद् २।२।१३) । यो सहि जानकारी हो |

कृष्णले पनि भगवद् गीतामा भन्नुहुन्छ, अहं सर्वस्य प्रभवो मत्तः सर्वं प्रवर्तते इति मत्वा भजन्ते मां... (भ गी १०।८) तसर्थ एक भक्तले जब बुझ्छ कि "यहाँ एक सर्वोच्च व्यक्ति हुनुहुन्छ, जो अगुवा हुनुहुन्छ, जो नियन्त्रक हुनुहुन्छ, जो सबै कुराको पालनकर्ता हुनुहुन्छ", तब ऊ उहाँमा शरणागत हुन्छ र उहाँको भक्त बन्छ |